Saturday, May 3, 2014

मधेशमा के के हुदैछन ?


निर्वाचनपछि मधेशको वारेमा काठमाडौमा विभिन्न टिकाटिप्पणी चलीरहदा मधेशमा चाही अहिले के के भईरहेको छ ? मधेशमा यसो घुमघाम गर्दा काठमाडौमा खासै नसुनिने तर साह्ै महत्वपुर्ण सावित हुन सक्ने विभिन्न राजनिती गतिविधी अहिले आफनो ढंगले महत्वपुर्ण तरिकाले तीव्र रुपमा भईरहेको देखिन्छन । मधेशका जिल्लाहरुमा अहिले काग्रेस देखि माओवादीको  गतिविधीको चर्चा आआफनै ढंगले चलिरहेको छ भने जेपी गुप्ताको जिल्ला जिल्लामा भईरहेको प्रशिक्षण कार्यक्रम देखि अहिले सम्म खुल्ला रुपमा आफनो अभियानको वारेमा खासै नबोलेका सिके राउतको गतिवीधी पनि ह्वात्तै वढेको देखिन्छ ।

हालै स्थानिय निर्वाचनलाई लक्षित गरेर काग्रेसले गरेको प्रशिक्षण कार्यक्रम होस वा एमाओवादीको राष्टिय सम्मेलन मधेशका चौक चौकमा चर्चाका विषय अहिले हुन । मुलधारका मधेशी पार्टीहरुको नेतृत्वहरुको तीव्र नाकारात्मक टिकाटिप्पणीहरु सुनिन्छन । कागे्रसले स्थानिय निकायलाई लक्षित गरेर गरेको महत्वपुर्ण प्रशिक्षण कार्यक्रम आउने स्थानिय निकायको निर्वाचनमा फेरी महत्वपुर्ण सावित हुने कतिपयको आकंलन छ भने कतिपयले संघीयता नल्याउने प्रपन्चको रुपमा समेत व्याख्या गर्ने गरेको देखिन्छ । प्रचण्ड र माओवादी प्रति सहानुभुती पनि कतै कतै देखिन्छ भने बाबुराम प्रति वढी आशावादी कुराहरु ठाउठाउमा सुनेको पाइन्छ । चर्चाको क्रममा एमालेले वरु खासै स्थान पाएको देखिदैनन । मधेशी नेताहरु प्रति हुने नाकारात्मक टिकाटिप्पणीले मधेश राजनितीको अवस्था एकातिर देखाईरहेको छ । सिके राउत र जेपी गुप्ताको अभियानलाई मानिसहरु वडो सचेत रुपमा देखिरहेका छन । बजार तिर जेपी गुप्ताको अभियानको पर्चापम्लेट ठाउ ठाउमा देखिन थालेका छन । जसले मधेशी नागरिकको मत सत्ताको खेल नभएको र अब मधेशलाई निर्णयक आन्दोलनको आब्हन गरेको देखिन्छ ।

सिके राउतको गतिविधी अहिले आम मधेशी नागरिकको तह भन्दा पनि मधेशको बुद्धजीवी तप्कामै समित छ । तर स्थानिय बुद्धजिवीहरुका अनुसार अहिले खासै वाहिर चर्चामा नभएपनि भविष्यमा यो अत्यन्तै महत्वपुर्ण भएर प्रगट हुन सक्छ । जेपी गुप्ताको जिल्ला जिल्लाहरुमा भईरहेको प्रशिक्षणलाई नयां मधेशी पार्टीको सम्भावित उदयको रुपमा व्याख्या गरिन्छ ।

गुप्ताले गएको फागुन देखि सुरु गरेको जिल्ला स्तरीय प्रशिक्षणको क्रममा झापा, मोरड, सुनसरी, सप्तरी, रौतहट, बारा, पर्सा, कपिलवस्तू, बाके र बर्दीयामा जिल्ला स्तरीय संगठनहरु निर्माण गरिसकेका छन भने बाकी जिल्लाहरुमा समेत आउदो दुई महिना भित्र सम्पनन गरिसक्ने जनाएका छन । सिके राउतले आफनो अभियानको वारेमा अहिले सम्म खासै जानकारी गराएका छैन । तर ठाउ ठाउ तीव्ररुपमा प्रशिक्षणहरु भईरहेको देखिन्छ । त्यस्ता प्रशिक्षण कार्यक्रममा के कस्ता कुरामा छलफल भइरहेको, त्यो समेत सहभागीहरु खुलेर बताउन मान्दैनन ।

अर्को तीर सुनसरी मोरड तिर स्वाभिमान मधेश नामक युवा अभियानको समेत जिल्ला स्तरीय संगठनहरु निर्माण भईरहेको छ भने यही साता मात्रै सप्तरी, सिरहा, धनुषा, महोतरी लगायतका जिल्लाहरुमा समेत उक्त अभियानले आफनो संठगन विस्तार गरेको छ ।

यसरी मधेशका जिल्लाहरुमा एका तर्फ महन्ठ ठाकुर, उपेन्द् यादव, राजेन्द् महतो देखि विजय गच्छदार हुदै राजकिशोर यादव, अनिल झा लगायतका नेताहरु असफल हुने संकेतहरु चौक चौराहामा हुने गफहरुवाट देखिन्छ भने अर्को तर्फ विभिन्न नयां कामहरु समेत भईरहेका छन । नयां शक्तिको लागी मधेश नै  उपयुक्त ठाउ भएको भन्दै काठमाडौमा माओवादी नेता बाबुराम भटराई समेत एक चरणको छलफल गरिसकेका छन । अर्को तर्फ काग्रेस आफनै ढंगले सुनियोजित रुपमा काम गरिरहेको देखिन्छ । वास्तवमा भन्ने हो भने आज मधेश वडो गम्भिर र रोमान्चक मोडमा पुगेको देखिन्छ । त्यसैले कुनै कुनै चर्चाको क्रममा सुनिन्छन, कोन बनी हमार नाया नायक ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete