Thursday, May 1, 2014

संघीय संबिधान नबने सम्म सरकारमा जान्न - महेन्द्र यादव


 
तराई मधेश सदभावना पार्टी नेपालका अध्यक्ष महेन्द्र यादवले संघीय संबिधान नबने सम्म आफुहरु अब सरकारमा नजाने बताएका छन । यो वा त्यो कुनै वाहानामा मधेशी पार्टीहरु सरकारमा जानु हुदैन, यादवले विहिवार काठमाडौमा पत्रकार सम्मेलनको आयोजना गरेर भने, आफु र आफनो पार्टी यसप्रति पुर्ण रुपमा अडिग रहने छ । गएको तीन दिन देखि तमस पार्टीको बसेको केन्द्रिय कार्यसमितीको बैठक समेत उक्त पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको थियो । उक्त पार्टीको केन्द्रिय कार्यसमितीको बैठकले मधेशी पार्टीहरुसंगको एकिकरण प्रक्रिया अघि वढाउनका लागी अध्यक्ष यादवको नेतृत्वमा तीन सदस्यीय कार्यदल समेत गठन गरेका छन । कार्यदलमा अध्यक्ष यादव संगै सहअध्यक्ष रामचन्द्र कुशवाहा र प्रवक्ता सत्य नारायण मंडल रहेका छन ।

उक्त पार्टीले आफनो केन्द्रिय कार्यसमिती बैठकको निर्णय सार्वजनिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष यादवले विगतमा सरकारमा सहभागी भएकै कारण मधेशी पार्टी र नेता दुवै कमजोर भएको बताए । विगगको सरकारमा सहभागी हुनु हाम्रो गम्भिर गल्ती थियो यादवले भने, मधेशी पार्टीहरु विच हुने एकिकरणको उदेश्य सतामा पुग्ने नभएको भन्द्यै विगतको गल्ती सच्चाउदै मधेशमा नाया राजनितीक वातावरण बनाउने हो । मधेशमा अहिले खतरनाक/खतरनाक अध्यासहरुको थाल्नी हुन थालेका छन, यादवले भने, एकिकरण भएन भने यस्ता गतिवीधीहरु थप चर्कदै जाने छन, त्यसका लागी भएपनि मधेशी पार्टीहरु एकिकरण गर्नु पर्ने आवश्यकता छ । हालै तमलोपा, सदभावना र फोरम नेपाल विच नेतृत्वको कुरा नमिल्दा उक्त तीन पार्टीहरु विचको एकिकरण प्रक्रिया अवरुद्ध भएको थियो । यादवले मधेशी पार्टीहरु विच गर्ने भनिएको एकिकरणको नेतृत्वको सवालमा आफु अध्यक्ष काउन्सील बनाएर अघि वढनु पर्ने पक्षमा रहेको बताए ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete