Friday, May 23, 2014

आफनै उपद्रोमा फसे उपेन्द्र



 
उपेन्द्र यादव नेतृत्वको मधेशी जनअधिकार फोरम नेपाल भित्र एक चोटी फेरी विवाद चुलिएको छ । बुधवार सुरु भएको फोरम नेपालको केन्द्रिय कार्यसमितीको बेठकलाई पार्टीको महत्वपुर्ण १५ जना नेताहरु वहिष्कार गरेपछि अध्यक्ष यादव तीव्र दबाबमा देखिएका छन । हुनत गएको छ महिना देखि फोरम नेपाल भित्र तीव्र धुव्रीकरण शुरु भएको थियो, जसलाई यादवले टालटुल पार्दै विभिन्न वाहानामा पछयाउदै आएका थिए । खासगरी दोस्रो संविधानसभाका लागी समानुपातिकको नामावली छनोट गर्दा फोरम यादवले एकलौटी रुपमा आर्थिक चलखेल गरेर सभासदहरु मनोयन गरेको आरोप फोरम भित्रकै नेताहरुले लगाउने गरेका छन ।
 
आर्थिक चलखेल कति सम्म भएको थियो भने, फोरम अध्यक्ष यादवले नामावली निर्वाचन आयोगमा पठाउनु भन्दा अघिल्लो साझ वरिष्ठ नेता भरतविमल यादवको निवासमा पुगेर संगै डिनर गरेका थिए र भरतविमललाई तपाई तयार रहनुस भनेर आश्वासन दिए । तर भोली पल्ट निर्वाचन आयोगमा फोरम नेपालवाट गएको नामावली सुचिमा भारतविमल यादवको नाम थिएन । त्यस पछि वरिष्ठ नेता भरतविमल यादव पार्टीको सम्पर्कमा रहन छाडिदिए । तर त्यस घटनालाई लिएर फोरम नेपालको दोस्रो तहका नेताहरु अध्यक्ष यादव प्रति तीव्र असन्तुष्टि व्यक्त गर्दै पैसा असुल गरेर पार्टीमा खासै कामै नगरेकाहरुलाई सभासद बनाएको आरोप लगाएका थिए ।

त्यसलगत्तै सुरु भएको फोरम नेपाल भित्रको तीव्र धु्रवीकरणले अन्नतह फोरमलाई फेरी एक चोटी फुट तिर लगदै यादवको राजनितीक जीवनलाई नै समेत संकटमा पारिदिएको छ । मधेश आन्दोलनवाट राजनितीक शक्तिको रुपमा उदाएको फोरम नेपाल यस अघि पनि चार चोटी फुटीसकेका छन । यसअघि फोरम फुटदा यादवले मन्त्री बन्नका लागी र केही शक्तिकेन्द्रहरुले आफुलाइ कमजोर बनाउन पार्टी फुटाई दिएको आरोप लाउने गर्थे । तर अहिले आएर फेरी एक चोटी फोरम नेपाल भित्र बाकीं रहेका केही वरिष्ठ नेताहरु यसरी अध्यक्ष यादवको विपक्षमा उभिदा यादवको राजनिती नेतृत्व संगै उनको भविष्य माथी समेत विभिन्न अडकलवाजी हुन थालेका छन । हाल विपक्षमा देखिएका भरतविमल सदभावना पार्टीमा लामो समय बसेर स्वच्छ राजनिती गरेको  छवी भएको नेताको रुपमा चिनिन्छन । यसैगरी हालैको निर्वाचनमा अध्यक्ष यादव वाहेक एक मात्र प्रत्यक्ष चुनाव जितेका नेता अभिषेक प्रताप साह पनि अहिले यादवको सशक्क्त  विपक्षमा देखिएको छ । साह फोरम भित्रको जुझारु युवा नेताको रुपमा देखिन्छन ।

द्योस्रो संविधानसभाको निर्वाचनको क्रममा यादवले व्यापक आर्थिक चलखेल गरेको भन्दै विपक्ष गुटका नेताहरुको पाटीृको आर्थिक स्थितीको वारेमा श्वेतपत्र समेत जारी गर्न माग गरेका छन । उता यादवले विपक्षी गुटका भरतविमल, अर्जुन थापा लगायतका नेताहरुलाई माइृनस गरे्र अभिषेब प्रताप साहलाई फकाउन लागी परेको फोरम भित्रियाहरुको कथन छ । त्यही भएर केन्द्रिय कार्यसमितीको बैठकमा अनुपस्थित भएपछि आज शुक्रवार विहान यादव नेता रामचन्द्र रायको निवास पुगेर अभिषेक लाई एक्लै बोलाएर छलफल गर्न खाजेका थिए । तर साहले आफु एक्लै नआउने जवाफ पठाएपछि यादवको योजना असफल भएको छ । यादवले आफु अभिषेकले जे माग गरे त्यो दिन तयार रहेको भन्दै एक्लै बैठकमा बोलाएका थिए । तर साहले अध्यक्ष यादवसंग आफु एक्लै छलफल नगर्ने भन्दै रायको निवासमा गएन ।
 
१५ जना वरिष्ट नेताहरुले बैठक वहिष्कार गरेपछि बसेको केन्द्रिय कार्यसमितीको बैठकमा समेत अध्यक्ष यादवको आलोचना भएको ती पार्टीका नेताहरु बताउछन । विहिवारको बैठकमा त अध्यक्ष यादवको यसम्यानको रुपमा देखिने महासचिव राम सहाय यादव समेत अध्यक्षलाइ आत्मलोचना गर्दै बहिष्कारमा गएका नेताहरुलाई फिर्ता बोलाउन सुझाएका थिए । त्यसपछि अध्यक्ष यादवले महासचिव माथी समेत बैठकमै खनिएका थिए । हालै अध्यक्ष यादवले पार्टीका कसैसंगै सल्लाहै नगरी केन्द्रिय कार्यसमितीमा केही आफना यसम्यानहरुलाई थपेको आरोप पनि फोरम नेपाल भित्र तीव्र रुपमा उठेको छ । हालै अध्यक्ष यादवले गणतान्त्रिक फोरम त्यागे राजलाल यादव, खालीद सिद्धकी र विरेन्द्र महतो सहित केहीलाई थप गरेका थिए भने आफनो केही विरोधीको रुपमा देखिएकाहरुलाई केन्द्रिकार्यसमितीवाट विदा समेत गरेका थिए । समानुपातिकको व्यापार लगत्तै फोरमको विभिन्न जिल्ला कमिटीहरुमा समेत तीव्र विवाद उत्पन्न भएका थिए । फोरम नेपालको आधार क्षेत्रको रुपमा देखिएका सिरहा, सप्तरी, मोरड जस्ता जिल्लामा त अध्यक्ष यादवले जिल्ला कमिटी नै विघटन गर्नुपरेको थियो । यसरी जिल्ला देखि केन्द्र सम्मा तीव्र विरोध खेपी रहेका उपेन्द्र यादवको यो अवस्थालाई फोरम भित्रियाहरुले यादवको आफनै उपद्रो यसको मुख्य कारण रहेको बताउछन ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete