Monday, May 5, 2014

शिक्षामन्त्रीलाई मधेशी विद्यार्थी नेताहरुको ज्ञापन पत्र


 
शिक्षामन्त्री चित्रलेखा यादवलाई चार मधेशी पार्टी सम्बद्ध विद्याँर्थी संगठनहरुले आज ज्ञापन पत्र दिदै धनुषाको यदुकोहा र धवौली केन्द्रमा स्थगीत परीक्षाहरु तत्काल लिन माग गरेको छ । मधेशी विद्यार्थी फोरम नेपाल, लोकतान्त्रिक, तराई मधेश विद्यार्थी फ्रन्ट, विद्याँर्थी फोरम नेपाल र विद्यार्थी मन्चका अध्यक्षहरु आज संयुक्त रुपमा शिक्षामन्त्री यादवलाई भेटी धनुषामा परीक्षावाट वन्चित रहेका १२०० विद्यार्थीको परीक्षा तत्काल नलिए आफुहरु कडा आन्दोलनमा उत्रने चेतावनी दिएका हुन । ज्ञापनपत्र लिदै शिक्षामन्त्री यादवले यस समस्यालाई आफुले चाडै  सम्बोधन गर्ने जनाए । गत चैतमा भएको एसएलसी परीक्षाको क्रममा प्रहरीले महिला विद्याथीहरु माथी दुर्वव्यहार गरेको यी विद्यार्थी संगठनहरुको ओरोप छ । यद्यपी प्रशासनले चिट चोर्न नदिदा परीक्षार्थी र अभिभावकहरु स्थिती भडकाएको बताएका थिए । 

यस्तो छ ज्ञापन पत्र हेर्नुस -



माननीय शिक्षामन्त्री ज्यू                                                                               मिती - २०७१/१/२२
सिंहदरवार, काठमाडौं
बिषय - ज्ञापन पत्र
महोदय,
उपरोक्त सम्बन्धमा एसएलसी परीक्षाको क्रममा धनुषा जिल्लाको यदुकोहा परीक्षा केन्द्रको क र ख केन्द्र साथै धवौली परीक्षा केन्द्रमा पुरुष प्रहरीवाट महिला परीक्षार्थीमाथी खान तलासीको नाममा भएको दुरव्यहवार र सो क्रममा उत्पन्न विवाद तनाव हुदैं भिडन्तमा परिणत भएपछि प्रहरी प्रशासनद्धारा व्यापक दमन भएको याहालाई विदितै छ । सो घटनामा प्रहरीद्धारा चलाईएको गोलीवाट सन्तोष यादव र राधे हाथी नामको दुइृजना परीक्षार्थीहरु, विद्यार्थी संगठनहरु, अभिभावक, नागरिक समाज, पत्रकारहरुको सहभागीतामा भईरहेको उक्त आन्दोलन जिल्ला स्थित प्रजिअ, एसपी र शिक्षा अधिकारी संगको वार्तावाट उक्त घटना घटेको दिनको छानविनगरी दोषी प्रहरीमाथी कडा कारवाही गर्ने, धाईतेको उपचार खर्च व्योर्होने र घटना घटेको दिनको चैत्र ११ गते स्थगित भएको समाजिक विषयको परीक्षा पुन लिने लगायतको दुईपक्षीय सहमतीमा उक्त आन्दोलन स्थगीत भएको थियो । तर हाल सम्म सामाजीक विषयको परीक्षावारे राज्यको कुनै तयारी नदेख्दा र उल्टै परीक्षा नियन्त्रकवाट गैरजिम्मेवार अभिव्यक्ति आउदा १२०० विद्याँर्थीको भविष्य संकटमा परेका छन । उनीहरु पटक पटक शान्तिपुर्ण आन्दोलन,  याली, धर्ना र जुलुस गरिसकेका छन तर शिक्षा मन्त्रालय र मातहतका निकायवाट कुनै सुनवाई र पहल कदमी लिएको देखिदैन । अहिले आएर बैशाख ८, ९, १० गते तिन दिने धनुषा स्थित शैक्षिक संस्था वन्द गरिसकेको, हप्ता दिन सम्म चरणवद्धरुपमा चक्का जाम र एक दिने जनकपुर बन्द पश्चात अहिले आएर पुन एक हप्ता देखि रिले अनशनमा रहेका साथै जिवन मरणको प्रवाह नगरी निरन्तर आन्दोलित रहेको समेत जानकारी गराउन चाहन्छौं ।
अन्तमा जिवन निर्वाहको मुख्य आधार शिक्षा प्राप्तिवाट १२०० जना विद्यार्थी जो भविष्यका कर्णधार हुन , जसमाथी राज्यको भविष्य निर्भर छ । ती ठुला संख्याका जनशक्ति त्यसमा पनि मधेश जस्तो विभेदमा परेको क्षेत्रका भएको नाताले उनिहरुको भविष्य अन्धार नपार्न साथै शिक्षा प्राप्तिको अधिकारवाट वन्चित नगर्न तत्काल ती विद्यार्थीहरुको समाजिक परीक्षाको व्यवस्था गर्न हामी  जोडदार माग गर्दछौं । अन्यथा कडा कारवाहीमा उत्रिने चेतावनी समेत दिन चाहन्छौं र यसवाट उत्पन्न हुने सम्पुर्ण समस्याको जिम्मेवार सम्बन्धित निकाय हुने समेत जानकारी गराउन चाहन्छौं ।

सुरेशकुमार मंडल                      कपलेश्वर यादव             अशोक यादव                   किशोरकुमार यादव
अध्यक्ष                                     अध्यक्ष                          अध्यक्ष                            अध्यक्ष
तमविफ्रन्ट                           मविफो लोकतान्त्रिक         मविफो नेपाल                 विद्यार्थी मन्च

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete