Friday, May 30, 2014

भरतविमल यादव भन्छन - नयां राजनितीक शक्तिको अभियान थाल्दैछु






हालै फोरम नेपालवाट अलग भएको घोषणा गरेका भरतविमल यादवले अब आफु मधेशमा नयां राजनितीक शक्तिको अभियानमा जुटने बताएका छन । दलानसंग कुरा गर्दै यादवले मधेशी जनताको मनोभावनालाई ठिक ढंगले आत्मसाथ गर्दै चाडै उक्त अभियानमा जुटन लागेको बताए । उपेन्द्र यादवसंग हाथेमालो गरेर फोरम नेपालमा प्रवेश गर्नु आफनो राजनितीक जीवनको सबै भन्दा ठुलो राजनितीक गल्ती भएको भरतविमल यादवको विश्लेषण छ ।

Tuesday, May 27, 2014

ब्याक हुदै उपेन्द्र यादव


पार्टीको आन्त्रिक विवादमा नराम्ररी मुछिएका फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव आफु ब्याक हुन तयार रहेको बताउन थालेका छन । शुक्रवारको केन्द्रिय कार्यसमितीको बैठकमा भरतविमल यादव सहित चार जना नेता माथी कारवाहीको प्रस्ताव पेश गरेका यादवको उक्त प्रयासलाई केन्द्रिय कार्यसमितीले अस्विकृत गरिदिएका थिए । भरतविमल यादव र अर्जुन थापा माथी क्रुद्ध देखिएका यादव त्यसपछि असन्त्ुष्ट पक्षहरु संग लागातार बैठकको प्रस्ताव पठाईरहेका छन तर असन्तुष्ट पक्षका नेताहरु बैठकमा हालसम्म बसेका छैन ।

Monday, May 26, 2014

मधेसी दलको अपुरो एकीकरण

संतोष मेहता /प्रवक्ता - सदभावना पार्टी





अघिल्लो संविधान सभामा मधेसवादी दल राष्ट्रिय राजनीतिमा प्रभाव पार्दै चौथो शक्तिका रूपमा स्थापित थियो। सदनभित्रको निर्णायक शक्ति कालान्तरमा अव्यवस्थित, अव्यावहारिक र अवसरवादीका रूपमा चित्रण भएकै बेला संविधान सभाको दोस्रो निर्वाचन भयो।

निर्वाचनबाट सद्भावना, फोरम र तमलोपाका अनेक नामधारी टुक्रा फुच्चे दलका रूपमा कोही संविधान सभामा प्रवेश पाए, कोही पाउन पनि सकेनन्। अझ समानुपातिक सभासद् चयन प्रक्रियामा शीर्ष नेतृत्व निकै आलोचित भए, सबैतिर निराशा छायो।

यस अवधिमै दलहरु सार्वजनिकरूपमा एकीकरणको प्रयास एवं प्रतिज्ञा गरे। यो प्रक्रिया आवश्यकताभन्दा पनि बाध्यता भएको महसुस अधिकले गरेका छन्। यस्तो अवस्थामा एकीकरणले मूर्त रूप पाए पनि लामो भविष्यको सम्भावना न्युन हुन्छ। केही महिनादेखि संस्थापन पक्ष कहलिएका पार्टीहरु सद्भावना, तमलोपा र फोरम, नेपालबीचको एकीकरण अन्तिम चरणमा छ। तर पूर्ण सार्थक परिणामका निम्ति एकीकरण गर्दा निम्न कुरामा ध्यान दिनैपर्छ -

Saturday, May 24, 2014

फोरम विवाद - भरतविमल यादव सहित चार जना माथी कारवाही


 
गएको हप्तादेखि चुलिएको विवाद विच फोरम नेपालका अध्यक्ष वरिष्ठ नेता भरतविमल यादव सहित जनालाई केन्द्रिय कार्यसमितीवाट हटाएर उनीहरु माथी गुपचुप रुपमा कारवाही गरेको खुलासा भएको छ । गएको बुधवार देखि शुरु भएको फोरम नेपालको बैठकलाई भरतविमल यादव सहित महत्वपुर्ण १५ जना नेताहरुले वहिष्कार गरेका थिए । बैठक वहिष्कार गरे पनि फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले पुर्नगठन गरेको केन्द्रिय कार्यसमितीको नामावलीमा भरतविमल यादव, विनिता यादव, अमरेश नारायण झा र अर्जुन थापाको नाम छैन । भरत विमल यादव फोरम नेपालको वरिष्ट नेता थिए भने विनिता यादव र अर्जुन थापा केन्द्रिय सदस्य । त्यसैगरी झा फोरम नेपालको सल्लाहकार थिए तर केन्द्रिय कार्यसमितीको बैठक शुरु हुनु अघि झालाई महासचिवले फोन गरेर बधाई दिदै तपाइ केन्द्रिय सदस्य हुनु भएको र बैठकमा सहभागी हुन भनेका थिए ।

Friday, May 23, 2014

हार्दिक बधाई तथा शुभकामना

          हार्दिक बधाई तथा शुभकामना



प्रायोजित साम्रगी

आफनै उपद्रोमा फसे उपेन्द्र



 
उपेन्द्र यादव नेतृत्वको मधेशी जनअधिकार फोरम नेपाल भित्र एक चोटी फेरी विवाद चुलिएको छ । बुधवार सुरु भएको फोरम नेपालको केन्द्रिय कार्यसमितीको बेठकलाई पार्टीको महत्वपुर्ण १५ जना नेताहरु वहिष्कार गरेपछि अध्यक्ष यादव तीव्र दबाबमा देखिएका छन । हुनत गएको छ महिना देखि फोरम नेपाल भित्र तीव्र धुव्रीकरण शुरु भएको थियो, जसलाई यादवले टालटुल पार्दै विभिन्न वाहानामा पछयाउदै आएका थिए । खासगरी दोस्रो संविधानसभाका लागी समानुपातिकको नामावली छनोट गर्दा फोरम यादवले एकलौटी रुपमा आर्थिक चलखेल गरेर सभासदहरु मनोयन गरेको आरोप फोरम भित्रकै नेताहरुले लगाउने गरेका छन ।
 
आर्थिक चलखेल कति सम्म भएको थियो भने, फोरम अध्यक्ष यादवले नामावली निर्वाचन आयोगमा पठाउनु भन्दा अघिल्लो साझ वरिष्ठ नेता भरतविमल यादवको निवासमा पुगेर संगै डिनर गरेका थिए र भरतविमललाई तपाई तयार रहनुस भनेर आश्वासन दिए । तर भोली पल्ट निर्वाचन आयोगमा फोरम नेपालवाट गएको नामावली सुचिमा भारतविमल यादवको नाम थिएन । त्यस पछि वरिष्ठ नेता भरतविमल यादव पार्टीको सम्पर्कमा रहन छाडिदिए । तर त्यस घटनालाई लिएर फोरम नेपालको दोस्रो तहका नेताहरु अध्यक्ष यादव प्रति तीव्र असन्तुष्टि व्यक्त गर्दै पैसा असुल गरेर पार्टीमा खासै कामै नगरेकाहरुलाई सभासद बनाएको आरोप लगाएका थिए ।

Wednesday, May 21, 2014

फोरम नेपालमा फेरी खतराको घन्टी


 
पछिल्लो समयमा फोरम नेपालका केही महत्वपुर्ण नेताहरुले अध्यक्ष उपेन्द्र यादव माथी असन्तुष्ट रहेको समाचारहरु आईरहेकै बेला वरिष्ठ नेता भरतविमल यादबसहित दर्जन नेताले बुधबार फोरम नेपालको केन्द्रय समिति वैठक बहिष्कार गरेका छन् । उनीहरुले अध्यक्ष उपेन्द्र यादवबाट एकलौटी ढंगमा केन्द्रीय समिति पुनर्गठन भएको आरोप लगाएका छन् ।

अध्यक्ष यादवले आफू निकट र यशम्यानलाई मात्र समेटेको भन्दै सभासद र नेताहरु असन्तुष्ट भएका हुन् । उनले गत साता केन्द्रीय समिति पुनर्गठन गर्दा भरतविमललगायत चुनाव जितेका अभिषेकप्रताप शाह र अन्य पुराना नेताहरुलाई कुनै जानकारी दिएका थिएन ।

मधेशमा भाजपाको सम्भावित प्रभाव


 
भारतीय निर्वाचनको परिणामलाई लिएर नेपालमा पनि विभिन्न कोणहरुवाट विश्लेषणहरु भईरहेको देखिन्छ । अभुतपुर्व रुपमा नरेन्द्र मोदीको प्रभावमा भाजपाले ल्याएको सफलतालाई नेपालको धर्म निरपेक्षता देखि संघीयता सम्मको मुद्धालाई जोडेर वढी चर्चा हुने गरेको देखिन्छ । कतिपयले भारतमा भाजपाको उदयसंगै नेपालमा हिन्दूवादी अभियानहरु वढी सशक्क्त रुपमा अघि आउने वताउने गरेका थिए र छन पनि । तर भारतीय प्रभाव नेपालमा त्यतीकैमा सिमीत नभएको कुरा पनि सबैले राम्ररी बुझेकै छन । विश्वकै सबै भन्दा ठुलो लोकतान्त्रिक अभ्यासको रुपमा भएको भारतीय निर्वाचनमा भारतका ८१ करोड मतदाताले धर्मीकता भन्दा पनि विकासको एजेन्डालाई प्राथमिकतामा राखेर नरेन्द्र मोदीलाई मत दिएका हुन । भारतीय नागरिकहरु विकासको लागी मोदी देशको कमान सम्हाल्न दिएको वेला उनले छिमेकी देशमा किन धर्मको मुद्धालाई प्राथमिकतामा राख्लान ? एकथरीे विश्लेषकहरु त्यस्तो सम्भावना अत्यन्तै न्युन देखन्छन । वरु सम्रग नेपालको राजनिती हुदै हालैको केही बर्ष देखिदेखि सशक्क्त भुमिकामा आउन थालेको मधेश राजनिती भित्र यसको प्रभाव र प्रयोगहरु विभिन्न स्वरुपमा देखिन सक्छ । त्यसो भए मधेशमा भाजपा सत्ताको प्रभावहरु कस्तो पर्ला त ?

Tuesday, May 20, 2014

दहीको कमाल



धनुषा कठाल–१ का प्रमोद यादव दही बेचेर लखपति बनेको सुन्दा सबैलाई अचम्म लाग्छ । तर यो सत्य हो । यादव सीमापारी भारतीय बजार जयनगरमा गएर दही बेचेर दैनिक रु एक हजार कमाउने गर्दछन् ।
उनले दही बेचेर रु १० लाख मूल्य पर्ने १० करुा खेत किनेका छन् भने रु ४० लाख मूल्य पर्ने दुई करुा घडेरीसमेत जोडेका छन् । दहीकै व्यापार गरेर यादवले आप्mना चारवटा छोरीको राम्रो घरमा विवाह गर्न भ्याएका छन् ।
उनीसगका कतिपय दौँतरी वैदेशिक रोजगारीको लागि खाडी मुलुक गएपनि उनीचाहि आप्mनो पुख्र्यौली पेसा दही व्यापार गरेरै लखपति भएका छन् ।

Sunday, May 18, 2014

संजय साह द्धारा पार्टीवाट राजिनामा


जनकपुर बमकाण्डको मुख्य योजनाकारको अभियोगमा हाल पुर्पक्षका लागी सिरहा कारागारमा रहेका सदभावना पार्टीका वरिष्ठ उपाध्यक्ष संजय साह पार्टीवाट राजिनामा दिएको उक्त पार्टी सम्बद्ध स्रोतले जनाएका छन । अघिल्लो साताको सुरुमा सादभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई पार्टीका नेताहरुले संजय साहलाई पार्टीवाट कारवाही गर्न दबाब दिएपछि अध्यक्ष महतो आज आईतवारको लागी बैठक बोलाएको थिए र यही बैठकवाट साहको वारेमा निर्णय गर्ने जनाएका थिए । तर आज भनिएको बैठक बसेन । वरु साह आफै हिजो शनिवार सिरहा कारागारवाट राजिनामा पत्र पठाईसकेको सदभावनाका प्रवक्ता संतोष मेहताले बताए । तर साहको राजिनामा पत्र पार्टी कार्यलयमा आई नसकेको मेहताले बताए ।

Friday, May 16, 2014

मधेशमा शिक्षा अधिकारीहरुको ताण्डव


 
शैक्षिक बजेट दुरुपयोगको अभियोगमा मधेशवाट विभिन्न जिल्लाका शिक्षा अधिकारी जिशिअ पक्राउ पर्न थालेका छन् । प्रधानाध्यापक, स्रोत व्यक्ति तथा इन्जिनियरहरूको सेटिङ मा हुने घूसखोरी जिशिअ तहसम्मै रहेको पाइएको हो ।

सप्तरीको गम्हरिया -४, पट्टीप्रवाहास्थित राष्ट्रिय प्राविलाई तीनवटा दुईकोठे भवन बनाउन शिक्षा कार्यालयबाट १६ लाख ५० हजार रुपैयाँ निकासा भएको थियो । तर काम भएको छैन, रकम बैंकमा पनि छैन, विद्यालयका प्रधानाध्यापक चन्द्रदेवकुमार यादवको भनाइ उद्धृत गर्दै अख्तियार स्रोतले भन्यो, चेक काटेर झिकेको ११ लाख रुपैयाँ केदार तिवारी जिशिअ लाई दिएँ, रकम पाएपछि उनले विद्यालयमा बर्सेनि थप बजेट दिन थाले । पक्राउ परेका  प्रधानाध्यापक यादवले आर्थिक वर्ष २०६६र६७ मा निकासा भएको साढे पाँच लाख रुपैयाँ अर्का जिशिअ शत्रुघन यादवलाई दिएको स्विकारेको स्रोतले बतायो । आयोगको छानबिनबाट व्यवस्थापन समितिका पदाधिकारी र प्रधानाध्यापकले जिल्ला शिक्षा अधिकारीदेखि प्राविधिक, लेखापाल, निरीक्षक र स्रोत व्यक्तिलाई घूस दिएको खुलेको हो ।

Thursday, May 15, 2014

अपराध र भ्रष्टाचारवाट मुक्त हुनुपर्छ मधेश - केदारनन्दन चौधरी


                  केदारनन्दन चौधरी, सभासद -तराई मधेश लोकतान्त्रिक पार्टी 


६ महिना भैसक्यो नेपालमा आएर खुल्ला राजनिती गर्न थालेको, कस्तो छ यो राजनिती अवद्यीको अनुभव ? 

- सभासद भएको ६ महिना भयो । म त्यो भन्दा पहिला पनि नेपालको राजनिती प्रति धेरै चासो राख्ने मान्छे । र खासगरी यो ६ महिनाको सक्रिय राजनितीमा म धेरै कुरा बुभ्mन मौका पाएको छू । र मधेशको सन्दर्भमा मेरो विचारमा, मधेशलाई अपराध र भ्रष्टाचारवाट मुक्त गराउनु पर्छ । त्यसपछि मधेशमा शिक्षा र विकास माथी जोड दिनु पर्छ । 

अब त तपाई आफै मधेशी जनताको प्रतिनिधी, यस सम्बन्धमा त काम गर्नुहुन्छ नि ? 

- म समाजसेवा पृष्टभुमिको मान्छे । मेरो पहिला देखिको छवि नै समाजसेवा हो । त्यसैले मेरो प्राथमिकतामा विकास नै हुन्छ । र स्वभावतह अहिले संविधान वनिरहेका कारण म त्यसमा पनि पार्टीको परिधीमा बसेर मधेशी जनताको पक्षमा सक्दो काम गर्छु । 

अली प्रसंग बदल्लौ है, तपाई सभासद भएपछि मिडियामा खुवै चर्चा भाको थियो, तपाई भारतमा निर्वाचन पराजय भएको मान्छे भनेर ? 

- यसको वारेमा मेरो पार्टी तराई मधेश लोकतान्त्रिक पार्टीले बोलीसकेको छ, त्यसकारण म यसको वारेमा कुनै टिप्पणी गर्दिन । तर यती कुरा भन्छू मिडियावाजी चाही प्रायोजित थियो । 

तपाई भारतमा राम्रै व्यापार गरेर बसेको एउटा नेपाली किन याहा फर्केर राजनितीमा होमिनु भयो ? 

- हो, म दिल्लीमा राम्रै व्यपार गरेर बसेको मान्छे र त्यहा मेरो समाजसेवाको पनि राम्रै छवि  थियो । नेपाल नफर्कदा पनि केही फरक मलाई पर्न वाला थिएन । तर सर्लाही र मेरो गाउ ईलाकासंग मेरो जुन लगाव थियो त्यसले मलाई अन्नतह याहा राजनिती गर्न फर्काएको हो । 

अब त बाकी जीवन नेपालमै वित्ने होला नि ? 

- हो , अब नेपाल मै राजनिती र समाजसेवा  गर्छु । 

Wednesday, May 14, 2014

संजय साह असुरक्षित रहेको भन्दै काठमाडौ सार्न पत्राचार


जनकपुर बम काण्डका मुख्य आरोपी निलम्बित सभासद् सञ्जयकुमार साहलाई सिरहा कारागार ल्याइएको २४ घन्टा नबित्दै राजधानी सार्न पत्राचार गरिएको छ । जिल्ला सुरक्षा समितिको मंगलबार दिउँसो सम्पन्न बैठकले उनलाई राजधानी सार्न गृह मन्त्रालय र कारागार व्यवस्थापन विभागलाई पत्राचार गर्ने निर्णय गरेको हो । धनुषा जिल्ला अदालतले वैशाख २८ गते निलम्बित सभासद् साहलाई मुद्दा पूर्पक्षका लागि थुनुवाको रुपमा राख्न सिरहा कारागारलाई आदेश दिएपछि उनलाई सोमबार दिउँसो ३.३० बजे कडा सुरक्षा घेरामा सिरहा कारागार ल्याइएको थियो ।

“अदालतको आदेश र थुनुवा साहको व्यक्तिगत मागअनुरुप सिरहा कारागार पठाएपछि राखेका हौं” सिरहा कारागारकी निमित्त प्रमुख बबिता महतोले भने ”तर कारागारको सुरक्षा र स्वयम् साहको व्यक्तिगत सुरक्षाको कारणले सुरक्षा समितिको बैठकले राजधानी सार्न अनुरोध गरिएको हो ।” सिरहाको स्थानीय प्रशासनले जीर्ण कारागार, क्षमताभन्दा बढी कैदी बन्दी र थुनुवा रहेकाले असुरक्षा महसुस गरी निज साहलाई काठमाडौँस्थित कारागारमा सार्न आग्रह गर्ने निर्णय गरिएको जनाइएको छ ।

Tuesday, May 13, 2014

संस्थागत आपराधिक सञ्जाल चलाउँथे संजय साह



जनकपुरको रामानन्द चोकमा भएको बम विस्फोट काण्डमा पुर्पक्षका लागि थुनामा रहेका निलम्बित सभासद सञ्जय साह टकला नेपालका खतरनाकमध्ये एक अपराधी रहेको प्रहरीले जनाएको छ । ठेक्कापट्टा गर्ने क्रममा सामान्य गुन्डागर्दी सुरु गरेका उनी राजनीतिज्ञका रूपमा संसद्सम्म आइपुग्दा अपराधीका रूपमा स्थापित भएको प्रहरी अनुसन्धानले देखाएको छ ।
 
साहले यो तहमा अपराध गर्छ भनेर कसैले हेक्का राखेको थिएन । ऊ अपराधलाई कर्पोरेटकै रूपमा सञ्चालन गर्ने मानिस हो, मध्यमाञ्चल प्रहरी प्रमुख नायब महानिरीक्षक डीआईजी प्रकाश अर्यालले भने, उसको तुलना रुसी माफिया भयात्साभ इभानकोभ, अमेरिकी माफिया अल कपोने, इटालिका शाल्भाटोर टोटो रिना र जापानका शिनोबु टसुकासासँग गर्न सकिन्छ । उनी नेपालको खतरनाकमध्ये एक माफिया हुन् ।

विस्फोटका मुख्य योजनाकारका रूपमा पक्राउ परेपछि साहको आपराधिक सञ्जालबारे थप खुलासा भएको हो । राजनीतिक वृत्त, प्रशासन, प्रहरीमा समेत राम्रै पहुँच बनाएकाले साह कहिल्यै पक्राउ पर्दैनन् भन्ने मानसिकताका कारण पीडित र उनकै गिरोहका सदस्यले यसअघि मुख खोल्न नसकेको अर्यालले बताए ।  अहिले पुर्पक्षमा गएपछि उनका आपराधिक गतिविधिबारे उजुरी र बयान दिने क्रम बढ्दो छ, उनले भने ।

Sunday, May 11, 2014

मधेशमा सशस्त्र समुहको सकस


हालै सदभावना पार्टीका वरिष्ठ उपाध्यक्ष तथा संविधानसभाको सभासद समेत रहेका संजय साह सशस्त्र समुहको सल्लाहकार रहेको रह्योदघाटन भएको छ । दुई बर्ष अगाडी जनकपुरको रामानन्द चौकमा भएको बम विष्फोटको मुख्य योजनाकार समेत रहेका साहलाई प्रहरीले पक्राउ गरेर हाल थुनामा राखेका छन । प्रहरीले गएको फागुनमा तराई जनतान्त्रिक पार्टी मधेशका अध्यक्ष मुकेश चौधरीलाई समातेपछि साहको वारेमा यो रह्योदघाटन भएको हो । चौधरीले साह आफनो सशस्त्र समुहको सल्लाहकारको भुमिकामा रहेको र उनकै योजना अनुसार आफुहरु जनकपुरको रामानन्द चौकमा बमविष्फोट गराएको बताएका थिए । त्यसपछि प्रहरीले साह विरुद्ध पक्राउ पुर्जी जारी गरेका थिए । यो सुचना पाउने वितिकै फरार भएका साहलाई अन्नतह प्रहरीले  भारतको दिल्लीवाट पक्राउ गरेर अघिल्लो शनिवार ल्याए ।

यो घटनाले गएको १० बर्षको मधेश राजनितीको एउटा पाटो राम्ररी उदांग पारिदिएको छ । आखिर मधेशमा कसरी चाउसरी सशस्त्र समुहहरु उम्रिए र यीनीहरुको विभिन्न अपराधिक गतिविधीले कसरी मधेश आक्रान्त भयो । गएको बर्ष मात्रै धनुषा प्रहरीले सशस्त्र समुहका मुख्य मुख्य मस्ट वान्टेडहरु मध्ये ६ जनालाइ समातेर हाल थुनामा राखेका छन । उनीहरु सबैले प्रहरी प्रशासन समकक्ष दिएको वयानहरु ह्ेर्दा यी सशस्त्र समुहहरु पगत पर्दामा देखिने साम्रग्री मात्रै थियो, रिमोट त मधेशका सहर बजारमा कहलीएका अगुवाहरु नै रहेछन भन्ने पुष्टि हुन्छ । आखिर किन र कसरी यो हुन गयो ? जसका कारण गएको १० बर्षमा मधेशका सहरहरुवाट हजारौं राम्रा व्यापारी, बुद्धजीवीहरु र पहाडी समुदायका मानिसहरु विस्थापित भए । यी सबैले अन्नतह मधेशलाई घाटा नै पुर्याएको छ ।

Friday, May 9, 2014

संजय साहको पिता पनि प्रहरी फन्दामा


 
सदभावनाका वरिष्ट उपाध्यक्ष रहेका निलम्बित सभासद सञ्जय कुमार साहलाई जिल्ला अदालत धनुषाले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएकै दिन उनका पिता साधु साह सुडीपनि प्रहरी फन्दामा परेका छन । २०६८ सालमा झापामा लिएको ३ करोडको प्रहरी राशन ठेक्कामा मिथिला आयल स्टोर्सको नाउ“बाट दिएको १५ लाखको बैंक ग्यारेन्टी किर्ते भएको अभियोग लागेकोछ ।
 
साहका पिता साधु साहको नाउ“मा रहेको बीरेन्द्र बजार–४ स्थित मिथिला आयल स्टोर्सको नाउ“बाट दिएको राष्ट्रिय बाणिज्य बैंक नामको ग्यारेन्टी किर्ते भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक देवी पौडेलले जनाएका छन । घटनामा संलग्न विर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष र उपाध्यक्ष पक्राउ परेपछि साधु साह सुडीलाई समेत छानबिनको दायरामा राखिएको प्रनि पौडेलले जनाएको जनकपुर टुडेले प्रकाशित गरेको समाचारमा उल्लेख गरिएको छ ।

Thursday, May 8, 2014

निलम्बीत सभासद संजय साह जेल जलान


संयोग नै भन्नु पर्ला दुई बर्ष जानकी नवमीको दिनमा जनकपुरको रामानन्द चौकमा बम विष्फोट भएको थियो । र दुई बर्ष पछि आज फेरी जानकी नवमीकै दिन प्रहरीले उक्त बम विष्फोटको मुख्य योजनाकारको रुपमा निलम्बीत सभासद संजय साहलाई जेल जलान गरेका छन ।  उक्त विष्फोटमा ५ जनाको मृत्यू र ३२ जना धाईते भएका थिए । मितीको हिसावले दुई बर्ष अगाडी जानकी नवमी १८ बैशाखमा परेको थियो ।

Wednesday, May 7, 2014

२६ कोटामा ठाकुर र महतो जादै


 
सरकारले चाडै नियुक्त गर्न लागेका २६ जना सभासदमा मधेशी दलहरुको तर्फवाट तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर र सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको मनोयन निश्चित भईसकेको ती पार्टी सम्बद्ध स्रोतहरुको भनाई छ । अघिल्लो साता मात्रै प्रमुख तीन दलविच २६ ओटा सिटको भागबन्डामा सहमती भएको थियो । जसमा २ ओटा मधेशी दलहरुको लागी व्यवस्था गरिएको थियो । दोस्रो संविधानसभाको निर्वाचनमा ठाकुर र महतो दुवै सर्लाहीमा प्रत्यक्ष तर्फ पराजित भएका थिए । ठाकुर काग्रेसका अमरेश नारायण सिंह संग र महतो तराई मधेश सदभावना पार्टीका अध्यक्ष महेन्द्र यादवसंग पराजित भएका थिए ।

Tuesday, May 6, 2014

सदभावना पार्टीका दुवै वरिष्ठ उपाध्यक्ष अपराधको फन्दामा


 
राजेन्द्र महतो नेतृत्वको सदभावना पार्टीमा दुई जना वरिष्ठ उपाध्यक्ष छन । ती हुन संजय साह र नरसिंह चौधरी । रमाईलो त के छ भने सदभावनाका यी दुवै वरिष्ठ उपाध्यक्ष हाल अपराधको फन्दामा परेका छन । संजय साह जनकपुर बमकाण्डको मुख्य योजनाकार भएको पुष्टि भए लगतै प्रहरीले उनलाई गएको शनिवार भारतको दिल्लीवाट पक्राउ गरेर जनकपुर स्थित धनुषा जिल्ला अदालतमा जन्मकैदको माग गर्दै प्रस्तुत गरीसकेका छन । यता अर्का वरिष्ठ उपाध्यक्ष नरसिंह चौधरीको पनि उठिवास लागेको  छ । उनका छोराको नाममा रहेको टंयाकर उद्योगले तेल जमीन मुनि राखेको भन्दै रुपन्देही प्रहरीले उनी विरुद्ध वारेन्ट जारी गरेका छन । चौधरी धेरै पहिला देखि यो व्यवसाय गर्दै आएका हुन । राजेन्द्र महतो उद्योग तथा आपुर्ती मन्त्री हुदा चौधरीले उक्त टयाकर व्यवसाय भनसुन गरेर सुरु गरेका थिए । जुन उद्योग उनी आफना छोरा व्रिजेन्द्र कुमार चौधरीको नाममा दर्ता गराएका थिए । रुपन्देही प्रहरीले व्रिजेन्द्रको नाममा वारेन्टी जारी गरेको छ । वरिष्ठ उपाध्यक्ष नरसिंह चौधरी सदभावना पार्टीको तर्फवाट समानुपातिक सभासद पनि हुन । कपिलवस्तू घर भएका चौधरी सदभावनाका पुराना नेताको रुपमा चिनिन्छन ।

Monday, May 5, 2014

शिक्षामन्त्रीलाई मधेशी विद्यार्थी नेताहरुको ज्ञापन पत्र


 
शिक्षामन्त्री चित्रलेखा यादवलाई चार मधेशी पार्टी सम्बद्ध विद्याँर्थी संगठनहरुले आज ज्ञापन पत्र दिदै धनुषाको यदुकोहा र धवौली केन्द्रमा स्थगीत परीक्षाहरु तत्काल लिन माग गरेको छ । मधेशी विद्यार्थी फोरम नेपाल, लोकतान्त्रिक, तराई मधेश विद्यार्थी फ्रन्ट, विद्याँर्थी फोरम नेपाल र विद्यार्थी मन्चका अध्यक्षहरु आज संयुक्त रुपमा शिक्षामन्त्री यादवलाई भेटी धनुषामा परीक्षावाट वन्चित रहेका १२०० विद्यार्थीको परीक्षा तत्काल नलिए आफुहरु कडा आन्दोलनमा उत्रने चेतावनी दिएका हुन । ज्ञापनपत्र लिदै शिक्षामन्त्री यादवले यस समस्यालाई आफुले चाडै  सम्बोधन गर्ने जनाए । गत चैतमा भएको एसएलसी परीक्षाको क्रममा प्रहरीले महिला विद्याथीहरु माथी दुर्वव्यहार गरेको यी विद्यार्थी संगठनहरुको ओरोप छ । यद्यपी प्रशासनले चिट चोर्न नदिदा परीक्षार्थी र अभिभावकहरु स्थिती भडकाएको बताएका थिए । 

यस्तो छ ज्ञापन पत्र हेर्नुस -

Sunday, May 4, 2014

जनकपुर बमकाण्डका मुख्य योजनाकार सभासद संजय साह पक्राउ


 
दुई बर्ष अगाडी जनकपुरको रामानन्द चौकमा भएको बम बिष्फोटका मुख्य योजनाकार सभासद तथा सदभावना पार्टीका वरिष्ट उपाध्यक्ष संजय साहलाई प्रहरीले पक्राउ गरेका छन । साहलाई विरगंजको छपकईयावाट पक्राउ गरेको प्रहरीले जनाएको छ । यद्यपी स्थानिय मिडिया रिर्पोटहरुका अनुसार साहलाई धनुषाको सिमावर्ती भारतीय सहर जयनगर/मधुवनी क्षेत्रवाट प्रहरीले हिजो राती समातेका थिए । गएको फागुनमा प्रहरीले सशस्त्र समुहका नाइके मुकेश चौधरीलाई समातेपछि उक्त विष्फोटमा साहको संग्लनतावारे अधिकारिक पुष्टि भएको थियो । त्यस लगतै धनुषा प्रहरीले साहको खाजी सुरु गरेको भएपनि साह नेपाल छाडेर फरार भएका थिए । साहको बचाउमा उनको पार्टी सदभावनाले प्रधानमन्त्रीलाई ज्ञापनपत्र समेत बुझाएका थिए ।
 
०६९ बैशाख १८ गते संघीय प्रारुपमा मिथिला राज्य हुनु पर्ने माग सहित जनकपुरको रामानन्द चौकमा शान्तिपुर्ण धर्ना दिईरहेको वेला उक्त विष्फोट गराइएको थियो । घटनामा मिथिला रंगक्षेत्रका प्रसिद्ध कालाकार रन्जू झा सहित ५ जनाको ज्यान गएको थियो भने ३२ जना धाईते भएका थिए । विष्फोट लगतै उक्त घटनाको जिम्मेवारी सशस्त्र समुहका राजन मुक्तिले लिएका थिए । तर घटना लगतै उक्त घटनाको अनुसन्धान गर्न काठमाडौवाट गएको प्रहरीको विशेष टोलीले उक्त विष्फोटको मुख्य योजनाकार राजनमुक्ति सहित मुकेश चौधरी पनि भएको रिर्पोट सार्वजनिक गरेका थिए । चौधरीले भने प्रहरीको उक्त रिर्पोटको खण्डन गर्दै त्यतीवेला आफु उक्त घटनामा संग्लन नभएको बताएका थिए । तर गएको मंसीर पहिलो साता प्रहरीले प्रकाउ गरेपछि राजन मुक्तिले आफनो बयानमा उक्त विष्फोट चौधरीको लखनउ स्थित कोठामा बसेर योजना बनाएको बताएका थिए ।

Saturday, May 3, 2014

मधेशमा के के हुदैछन ?


निर्वाचनपछि मधेशको वारेमा काठमाडौमा विभिन्न टिकाटिप्पणी चलीरहदा मधेशमा चाही अहिले के के भईरहेको छ ? मधेशमा यसो घुमघाम गर्दा काठमाडौमा खासै नसुनिने तर साह्ै महत्वपुर्ण सावित हुन सक्ने विभिन्न राजनिती गतिविधी अहिले आफनो ढंगले महत्वपुर्ण तरिकाले तीव्र रुपमा भईरहेको देखिन्छन । मधेशका जिल्लाहरुमा अहिले काग्रेस देखि माओवादीको  गतिविधीको चर्चा आआफनै ढंगले चलिरहेको छ भने जेपी गुप्ताको जिल्ला जिल्लामा भईरहेको प्रशिक्षण कार्यक्रम देखि अहिले सम्म खुल्ला रुपमा आफनो अभियानको वारेमा खासै नबोलेका सिके राउतको गतिवीधी पनि ह्वात्तै वढेको देखिन्छ ।

Thursday, May 1, 2014

संघीय संबिधान नबने सम्म सरकारमा जान्न - महेन्द्र यादव


 
तराई मधेश सदभावना पार्टी नेपालका अध्यक्ष महेन्द्र यादवले संघीय संबिधान नबने सम्म आफुहरु अब सरकारमा नजाने बताएका छन । यो वा त्यो कुनै वाहानामा मधेशी पार्टीहरु सरकारमा जानु हुदैन, यादवले विहिवार काठमाडौमा पत्रकार सम्मेलनको आयोजना गरेर भने, आफु र आफनो पार्टी यसप्रति पुर्ण रुपमा अडिग रहने छ । गएको तीन दिन देखि तमस पार्टीको बसेको केन्द्रिय कार्यसमितीको बैठक समेत उक्त पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको थियो । उक्त पार्टीको केन्द्रिय कार्यसमितीको बैठकले मधेशी पार्टीहरुसंगको एकिकरण प्रक्रिया अघि वढाउनका लागी अध्यक्ष यादवको नेतृत्वमा तीन सदस्यीय कार्यदल समेत गठन गरेका छन । कार्यदलमा अध्यक्ष यादव संगै सहअध्यक्ष रामचन्द्र कुशवाहा र प्रवक्ता सत्य नारायण मंडल रहेका छन ।