Monday, April 28, 2014

भारतीय निर्वाचनमा मिथिला मुद्धा


 
भारतमा अहिले जारी निर्वाचनलाई लिएर नेपालमा पनि विभिन्न टिका टिप्पणीहरु भईरहेको छ । स्वभाविक पनि हो, नेपालको तीन तिर सिमामा पर्ने विश्वकै सबै भन्दा ठुलो प्रजातान्त्रिक मुलुकको निर्वाचनको वारेमा चर्चा हुनु अनौठौ होईन । त्यसमा पनि सम्भावित विजेपीको जितले नयादिल्ली देखि काठमाडौ सम्म अर्कौ तरड पैदा गरिदिएका छन । र विजेपीवाट प्रधानमन्त्रीको रुपमा प्रस्तुत गरिएको नरेन्द्र मोदी त्यसता खाले सबै चर्चाको केन्द्रमा अहिले छ । तर हाल खासैमा यता तिर चर्चा नहुने मुद्धा हुन मिथीला । जुन अहिलेको निर्वाचनको क्रममा विहार तिर राजनितीकको केन्द्रमा देखिन्छ । गएको साता मात्रै आफनो महत्वपुर्ण मानिएको चुनावी मैदान वणारसी वाट मोदी सिधै भारतीय मिथिलाको केन्द्र मधुवनी आएर मिथिला राज्यको लागी संघर्षरत त्याहाका अभियानीहरुलाई उत्साहित पारे । विहारमा गएको दुई बर्ष देखि मिथिला राज्यका लागी विभिन्न दवावमुलुक धर्ना र याली जस्ता कार्यक्रमहरु भईरहेको देखिन्छ । ती अभियानीहरु दिल्ली सम्म पुगेर धर्ना अनशन जस्ता कार्यक्रमहरु गरिसकेका छन । मधुवनी आएका मोदी मिथीलाको पागलाई टाउकोमा राखेर भाषण गरेका तस्वीरहरु सोसलमिडियामा छाएको देखिन्छ । मिथिला अभियानीका मानिसहरु प्रायजसो विजेपीको समर्थनमा रहेको आभास हुने गर्छन सोसलमिडियाको प्रस्तुतीले । बिहारको ३८ जिल्ला मध्ये २४ ओटा जिल्लामा मैथली भाषीहरुको वाहुल्यता छन ।

भारतीय मिथिलाक्षेत्रमा गएको दुई बर्ष भन्द्या पहिला देखि नै जारी मिथिला राज्यको आन्द्योलनलाई यदी मोदीको  विजयले थप उर्जा वा कुनै निर्णायक मोडमा पुर्याउछ भने त्यसको प्रभाव नेपालमा पर्नेमा कुनै दुईमत छैन । किनकी नेपालमा पनि संघीयताको बहस चलीरहदा मिथिला राज्यलाई उपेक्षा गर्न सक्ने अवस्था छैन । पछिल्लो चरणमा मधेशी पार्टीहरु पनि दुई प्रदेशमा सहमत हुनुको एउटा आशय त्यही अनुरुपको देखिन्थ्यो । पुर्वी मधेश पुर्णततह मिथीला क्षेत्र भित्र पर्ने लगभग सुनिश्चीत थियो र पश्चिमी मधेश थारु र अवद्यको क्षेत्र भित्र । तर नामाकंनको सवालमा मधेशी पार्टीहरु खुलेर आएका थिएन । वरु राजनिती नारा र मधेशी पार्टीहरुको ईन्काउन्टरमा कागे्रस, एमालेले मिथिलाको नारा धन्काएको सुनियो । तर काग्रेस एमालेको नारा प्रती मधेशका बुद्धजीवीहरु खासै आकर्षण भएन वरु उनीहरु संघीयताको विपक्षमा भएको षडयन्त्रको रुपमा अर्थाथ्याए ।

भारतीय निर्वाचनको नयां नतिजाले यदी मादीको विजय भएमा त्याहा मिथिला आन्द्योलन थप सशक्क्त बन्ने अर्को आधार पनि छ । बिहारमा हाल एकछत्र नायकत्व जमाएका नितिश कुमार मोदीका जानी राजनितीक दुश्मन हुुन । त्यसैले मोदी नितिशको विरुद्धमा समेत मिथिला आन्द्योलनलाई प्रयोग गर्न सक्ने अवस्था छ । जसले मिथिला राज्यको मार्गचित्रलाई थप साकार पार्न मद्धत गर्नेका कुनै दुईमत छैन । र त्यसको सिधा प्रभाव नेपालको जारी संघीयताको वहसमा पर्ने छ ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete