Thursday, April 24, 2014

लोकतन्त्र र मधेश


 
आज लोकतन्त्र दिवस । दोस्रो जनआन्दोलनको सफलताको सम्झनामा ११ बैशाखलाई लोकतन्त्र दिवसको रुपमा मनाइन्छ । तत्कालिन सात दल र माओवादी विच भएको १२ बुदेको आडमा भएको दोस्रो जनआन्दोलनकै सफलता स्वरुप नेपाल गणतन्त्र सहित धर्मनिरपेक्ष लगायतका राजनिती उथलपथल गर्दै आजको चरण सम्म आइपुगेको छ । तत्कालिन सात दलमा मधेशी पार्टीको रुपमा सदभावना पार्टी समेत सक्रिय सहभागी थिए । र महत्वपुर्ण पक्ष त के छ भने त्यही दोस्रो जनआन्दोलनकै सफतला पश्चात मधेशमा दुई दुई ओटा आन्दोलन भयो र मधेशको मुद्धालाई राष्टिय मुद्धाको रुपमा स्थापित गर्यो । भलही आज फेरी मधेशको मुद्धालाई विभिन्न प्रपन्च गर्दै गौण गर्ने चेष्टा भईरहेको छ ।

मधेश र मधेशी नेपालको हरेक प्रजातान्त्रिक आन्दोलनमा महत्वपुर्ण भुमिका खेलेका छन । ००७ साल होस वा ०४७ वा ०६२/०६३ को जनआन्दोला होस सबैमा मधेशको महत्वपुर्ण भुमिका थियो तर पनि मधेशीहरु यी सबै उपल्ब्धी पश्चात पनि शोषित नै रहे र फलस्वरुप मधेश छुटै विद्रोहको विगुल फुक्न पुगे । ००७ र ०४६ को जनआन्दोलनको त आधार क्षेत्र नै मधेश रहेको देखिन्छ ।
 
 मधेशी मुलका नागरिकहरु नेपालको सबै निकायवाट अवहेलनाको सिकार भईरहेका थिए । केही कम भए पनि आज पनि त्यो क्रम जारी नै छ । त्यसैले होला केही समय पहिला एउटा मधेशीजनले आफनो फेसबुक स्टेटसमा लेखेका थिए, मधेशी हुनुको पिडामा मक्त हुन खोजेका छौं । हो आज पनि हाम्रो लोकतन्त्रकको मुख्य चुनौती भनेको यही नै हो । के हाम्रो आजको लोकतन्त्रको ठेकेदार भनाउदाहरु मधेशी भएकै कारण राज्यको एउटा ठुलो हिस्सा बोकेको समुदायलाई मुक्त गराउन तयार छ । यदी छ भने हाम्रो लोकतन्त्र एउटा सबल बाटो समात्ला नत्र फेरी पुरानै रामकहानीहरु विभिन्न स्वरुपमा दोहिरिनेमा कुनै शंका छैन ।
 
 मधेशको आर्थिक, समाजीक र संस्कृतिक परिवेशमा पहिला भन्दा धेरै परिवर्तन आईसकेको छ । मधेशका दुरदराज गाउको दलीत बस्तीमा पनि कतार र मलेसिया वाट आएका टेलिभिजनले खाली हिन्दी सिनेमा र नेपाली लोकदोहरी मात्रै त्याहा पुर्यारहेका छैनन । देशविदेशको विकास र राजनितीको घटनाक्रम पनि त्याहा देखाईरहेका छन । त्यसैले मधेशका आजका पुस्ता जुन बहस र मौलिकता सहितको खोजीमा भौतारिरहेका छन, यदी त्यसलाई सही ढंगले बुझने र आत्मसाथ गर्ने साहस आजको लोकतान्त्रिक व्यवस्थाले गर्न सकेन भने त्यतीकै निरस देखिएको यो लोकतन्त्र दिवस झन कस्तो कस्तो अवस्था देखाउला त्यो भन्न सकिन्न ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete