Wednesday, April 23, 2014

ढुक्क हुनुस - एकिकरण हुदैन


मंगलवार बिहानै एक जना युवा नेतासंग फोनमा कुराकानी भईराख्दा मैलै मधेशी पार्टीहरु विच भनिएको एकिकरणको चर्चा उप्काए । उनले भने, तपाई ढुक्क हुनस यो एकिकरण कसैको पनि कोई संग हुने वाला छैन । त्यस्तै कुनै चमत्कारै भएमा मधेशी पार्टीहरु विच एकिकरण हुन्छ  नत्र कुनै पनि सम्भावना छैन । उनले प्रयोग गरेको चमत्कार तत्काल सम्भव छैन भनेर म प्रतिउत्तर गरे, उनले त्यस्तो चमत्कारको पनि सम्भावना देखा परी नसकेको बताए । त्यसो भए किन मधेशी नेतृत्वहरु एकिकरणको यत्रो हल्ला फिजाए त ? उनको सिधा जवाफ दिए, निर्वाचन पछि मधेशी नेतृत्वहरु पार्टी हाक्ने अवस्थामा थिएन त्यसमा पनि समानुपातिकको खेलावेलावाट नेता कार्यकर्ताको ध्यान विकेन्द्रित गर्ने कुनै उपाय थिएन । यी नेतृत्वहरु साच्चिकै एकिकरणको लागी अहिले सम्म कुनै कसरत नै गरेका छैन ।

ऋघिल्लो साता मात्रै फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले महन्थ ठाकुर र राजेन्द्र महतो संग एकिकरण गर्न नसकेपछि विजय गच्छदार संग गोप्य वार्ता गरिरहेको समाचार आयो । तर वार्ता प्रक्रियामा सामेल फोरम नेपालका एक नेताका अनुसार गच्छदारसंग त्यस्तो कुनै वार्ता नै अहिले सम्म भएको छैन । दोस्रो तहका नेताहरु विच समान्य कुनै प्रसंगमा कुराकानी भएको भएपनि एकिकरणको लागी गच्छदारसंग त्यस्तो कुनै कुराकानी नभएको उनले वताए । जानकारहरुको बुझाईमा उपेन्द्र यादव र विजय गच्छदार विच एकिकरणको कुनै सम्भावना छैन नत आजको मिती महन्थ ठाकुर,राजेन्द्र महतो र यादव विच नै ।

त्यही भएर होला सबै पार्टी आ आफनो तालले पार्टीको आन्तरिक गतिविधीलाई तीव्र दिन थालेका छन । हालै तमलोपाले आफना सबै जिल्लाहरुमा विस्तारित बैठक गरेर अधिवेशनको तयारीमा जुटेका छन भने सदभावना पार्टीले पनि हरेक जिल्लामा सक्रिय कार्यकर्ता सम्मेलन गर्ने कार्यक्रम तय गरेको छ । फोरम नेपालले पनि जिल्ला स्तरीय विभिन्न कार्यक्रमहरुलाई तीव्रता दिन थालेका छन । यसरी एकिकरण गर्ने भए यी दलहरु आफना गतिवीधीहरुलाई किन यसरी संचालनमा ल्याउने थिए । जानकारहरु भन्छन, नेतृत्वहरु एकिकरण नहुनेमा ढुक्क भएर नै यसरी पार्टीको गतिविधी तिर लम्किएका हुन ।
द्योस्रो संविधानसभाको निर्वाचनमा पराजय भएपछि यी दलहरु जोडतोडका साथ एकिकरणका लागी तम्सीएको बताएका थिए । त्यही अनुरुप कयौन गोप्य र खुल्ला बैठकहरु पनि सम्पन्न भए । तर कुरो चाही त्यही गएर अडकियो एकिकरण पछि को अध्यक्ष ? राजेन्द्र महतो खुल्ला रुपमै आफु महन्थ ठाकुरको नेतृत्व स्विकार गर्न तयार रहेको बताए पनि यसप्रति यादव चाही कुनै प्रतिक्रिया नदिई मौन रुपमा अस्वीकार गरे । विचमा कतिपय भित्रियाहरुले यादव ठाकुरलाई स्विकार गर्न तयार रहे पनि महतोलाई आफु सरहनै कार्यकारी अध्यक्ष मान्न तयार नरहेको कुरा पनि आयो । त्यस लगत्तै महतो आफु साधाररण सदस्य नै भएर भएपनि एकिकरण गर्न तयार रहेको सार्वजनिक गरे । तर कतिपय भित्रियाहरुको बुझाईमा एकिकरणका लागी उपेन्द्र यादव अझै मानसिक रुपमा तयार देखिएनन ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete