Friday, April 18, 2014

भूत भगाउन गाविस बजेट


 
सप्तरीको डिमोन गाविसले भूत भगाउन भन्दै खर्च गरेको तथ्य फेला परेको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थलगत अनुगमन गर्दा डिमोन गाविसले ‘भूत भगाउन’ इलाका प्रहरी कार्यालयका इञ्चार्ज विष्णु तिम्सिनालाई ६ हजार रुपैयाँ भुक्तानी दिएको भेटाएको छ ।
 
मन्त्रालयका सहसचिव श्यामराज खनाल नेतृत्वको टोलीले अनुगमन गर्दा गाविस सचिव दशरथ मण्डलले गोश्वारा भौचर नं। २१ बाट भुक्तानी दिएको फेला पारेको हो । “अनुगमन प्रतिवेदन हेरेर कारबाही गर्न सप्तरी जिविसलाई निर्देशन दिने तयारी भइरहेको छ,” मन्त्रालयका प्रवक्ता दिनेश थपलियाले भने, “अरु स्थानीय निकायमा पनि यस्ता उट्पट्याङ काम भएका रहेछन् भने कारबाही हुन्छ ।”
 
खनालको टोलीले फागुन ११ देखि १६ सम्म अनुगमन गर्दा डिमोनका अरु पनि आर्थिक अनियमितता फेला पारेको छ । सचिव मण्डलले विभिन्न मितिमा भौतिक पूर्वाधारसम्बन्धी आयोजना कार्यान्वयन गर्दा आफ्नै नाममा पेस्की लिएर उपभोक्ता समितिलाई पुनः पेस्की दिएको अनुगमन प्रतिवेदनमा उल्लेख छ ।

मण्डलले गोश्वारा भौचर नं। ४ बाट ४ लाख ५३ हजार रुपैयाँ, ७ नं। बाट १ लाख ५० हजार, ९ नं। बाट ३ लाख ८१ हजार, १० नं। बाट ८७ हजार रुपैयाँ आफैंले पेस्की लिई उपभोक्ता समितिहरूलाई पुनः पेस्की दिएका छन् । आव ०७१÷७२ को परिषद्ले डिमोन–८ स्थित सार्वजनिक जग्गाका पुराना काठ बेचेर आएको आम्दानी प्रहरी चौकी निर्माणमा खर्चिने निर्णय गरेको पनि पाइएको छ ।

“प्रहरी चौकी, विद्यालय, स्वास्थ्य चौकी बनाउन उनीहरूकै मन्त्रालयले बजेट दिँदै आएको छ,” थपलियाले भने, “आफ्नो तालुक मन्त्रालयबाट पर्याप्त बजेट लिएका निकायलाई स्थानीय निकायले थप बजेट दिनु नियमविपरीत हो ।”
 
सप्तरीका १० गाविसले जनताको सुविधाका लागि भन्दै सदरमुकाम राजविराजमा सम्पर्क कार्यालय खोलेको तथा कार्यालयलाई डिमोन गाविसले पनि बजेट दिइरहेको अनुगमन प्रतिवेदनमा छ । “आफू कार्यरत गाविसमै गएर सेवाप्रवाह गर्न मन्त्रालयले सचिवहरूलाई पटक–पटक निर्देशन दिइरहेको छ,” थपलियाले भने, “निर्देशनको उल्टो सदरमुकाममा कार्यालय खोलेर बजेट खर्च गर्नु अर्को बदमासी हो ।”
  रञ्जित तामाङ/कारोबार दैनिक

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete