Tuesday, April 15, 2014

बाबुराम भटराईको मधेश चासो



पुर्वप्रधानमन्त्री एवं एमाओवादी नेता डा बाबुराम भटराई पछिल्लो केही समय यता मधेश राजनितीका युवा पुस्ताका नेताहरु तथा अधिकारवादीहरुलाई बोलाएर लगातार मधेशको वारेमा चासो राख्न थालेको नेताहरुले बताएका छन । पछिल्लो केही समय यता नयां शक्तिको परिकल्पना सहित अगाडी आएका भटराईले मधेशी पार्टीहरुका युवा नेताहरुलाई बोलाएर मधेशप्रति चिन्ता व्यक्त गर्दै आफनो अभियानलाई सघाउन सल्लाह गरीरहेको उनीसंग भेटेका एक नेताले बताए । उनी केही समय पहिला फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र अधिकारवादीहरु दिपेन्द्र झा,तुलानारायण साह, रामकेबल साह लगायतहरु संग पनि छलफल गरेको बुझिएको छ । निर्वाचनमा एमाओवादी र मधेशी पार्टीहरु नराम्ररी पराजय भएपछि भटराई नया शक्तिको परिकल्पना गर्दै सार्वजनिक गर्दै आएका छन ।  

उनीसंग भेटवार्ता गरेका एक युवा मधेशी नेताका अनुसार भटराई मधेश ठुलो दुर्घटना तिर जान लागेको भन्दै समयमै त्यसवाट जोगिन र मधेशी नागरिकलाई जोगाउन आफु मधेशका युवा पुस्ताहरुलाई वढी प्राथमिकतामा राखेको भन्दै, त्यस्तै आईपरे नयां शक्तिको नेतृत्व समेत मधेशलाई दिनु पर्ने पक्षमा आफु रहेको बताएका थिए ।

ती नेताका अनुसार कम्युनिष्टको नाराले देशको उन्नती नहुने भन्दै आफु लोककल्याण्कारी लोकतान्त्रीक व्यवस्थाको पक्षमा रहेको बताएका थिए । उनी अबको डेढ दुई बर्ष भित्र ठोस रुपमा नयां शक्तिको सार्वजनिक गर्ने उदेश्यका लागी अहिले देखि नै आन्तरिक रुपमा तयारीमा जुटन आग्रह गर्ने गरेका छन । ती युवा मधेशी नेताका अनुसार भटराई आफैले फोन गरेर यस्ता युवा पुस्ताका मधेशी नेताहरु र अधिकारवादीहरुसंग कुराकानी गर्न शुरु गरेका छन ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete