Monday, April 14, 2014

२०७० - मधेश राजनितीको कालरात्री


 
नयां बर्ष ०७१ मा हामी छौ । हिजो राती विदा भएको ०७० मधेश राजनितीका लागी कस्तो रह्यो त ? धेरैको मनमा अनेकन विचारहरु आउन सक्लान । तर सम्रगमा विस ०७० मधेश राजनितीको निमित्त कालरात्री थियो । जनमत हुदा हुदै पनि मधेश राजनितीले आफनो हैसियत गुमाएको ०७० ले मधेशी पार्टीहरुको नेतृत्वहरु प्रति पनि अनेकन प्रश्न उठाएर हामीवाट विदा भएको छ । ती कयौन प्रशनहरुको उत्तर यो ०७१ को विभिन्न कालखण्डमा आउने नै छ । तर के यही नै यर्थात बन्नलान मधेश राजनितीको ?

यस्तो के भयो त ०७० मा जसले मधेश राजनितीलाई यसरी पछार्न पुगे । शुरु गरौ त्यहीवाट । ०७० को शुरु देखि नै सबै मधेशी पार्टीहरु दोस्रो संविधानसभाको निर्वाचनको मिती पर्खर बसेका थिए । सबै मधेशी पार्टीहरु भित्र सके एकिकरण नत्र कम से कम चुनावी मोर्चाबन्दी बनाउनु पर्ने आवाज उठिरहेको थियो । त्यही सन्दर्भमा महन्थ ठाकुरले सबै नेतृत्वहरुलाई सामुहिक चियापानको लागी आमन्त्रण गरे । तर उक्त चियापानलाई विभिन्न वाहाना देखाउदै उपेन्द्र यादव, विजय गच्छदार र राजेन्द्र महतो मौन रुपमा वहिष्कार गरे । चियापानमा साना मधेशी पार्टीहरु ठाकुरसंग एकिकरण गर्न आफु तयार रहेको बताएका थिए । खिलराज रेग्मीलाइृ सत्ता सुम्पनु भन्दा अघि बसेको मधेशी मोर्चाको बैठक बस्न सकेका थिएन । ठाकुरको धेरै प्रयास हुदाहुदै पनि मोर्चाको बैठक हुन सकेन । त्यही विचमा राजेन्द्र महतोले ठाकुर र गच्छदारलाई मधेशको गद्धार भन्दै यीनीहरुसंग कुनै प्रकार सहकार्य नगर्ने घोषणा गरीसकेका थिए । उता गच्छदारले आफु स्वघोषीतै भएपनि मोर्चाको नम्बर वन नेता भएकाले ठाकुरको नेतृत्वमा होईन कि मेरो नेतृत्वमा मोर्चाबन्दी हुनुपर्ने दाउमा थिए । उनी ठाकुरलाई स्विकार्न नसकिने आफना निकटस्थहरुलाइ बताईसकेका थिए । अनेकन ठाउको दबाब पछि साउन तिर मोर्चाको बैठक भयो तमलोपाको पार्टी कार्यलयमा । जसमा गच्छदार सहभागी भएपनि महतो सहभागी भएन । महतोको पार्टीवाट सहअध्यक्ष लक्ष्मणलाल कर्ण सहभागी भए । त्यही बैठक मधेशी मोर्चाको अन्तिम बैठक हुन पुग्यो । बैठकवाट बाहिरिदै गर्दा गच्छदारले पत्रकारहरुसंग बोल्दै अगामी निर्वाचनमा मोर्चा कसरी संयुक्त रुपमा उम्मेदवार उठाउने वारेमा बैठक केन्द्रित रहेको बताउदै चाडै त्यसको टुगों लगाउने बताएका थिए । तर त्यसपछि सबै मधेशी पार्टी आ आफनो ढंगले चुनावी मैदानमा मधेश तिर ढौडिए । जेपी गुप्ता यो सबै गतिविधीवाट टाढा थिए । गुप्ताले त्यही विचमा मधेशी पार्टीहरुका शिर्ष नेतृत्वहरुलाई अमृतालिंगमको उपाधि थमाईदिएका थिए । जुन व्यापक चर्चामा थियो ।

४ मंसीरमा निर्वाचन भयो र त्यसको नतिजा आज तपाई हामी सबैको सामु छदै छ । मधेशी पार्टीहरुको लज्जाजनक हारले सबै पार्टीहरु धरमराउन पुगे । त्यसमा पनि समानुपातिक सभासदको व्यापारिकरणले सबै नेतृत्वहरु नराम्ररी नांगिए । त्यसपछि अहिले सम्म पनि कुनै पनि नेतृत्वले आफनो केन्द्रिय कार्यसमितीको बैठक बोलाउन सकेका छैन । वरु सुरु भयो अर्को एकिकरणको हल्ला । उपेन्द्र यादव, राजेन्द्र महतो र महन्थ ठाकुर एकिकरण गर्दै छ भनेर । शुरुमा आम मधेशीहरु त्यसलाई पनि चासो पुर्वक हेरे र विस्तारै त्यो पनि असम्भव कथाको रुपमा देखीन थाले ।
 
यसरी हरेक कार्यमा असफल देखिन थालेका मधेशी नेतृत्वहरु ०७० को अन्तमा आउदा सम्म पुर्णरुपमा मधेशीहरुको नजरवाट तिरस्कृत भएको विश्लेषण मधेशमा हुन थालेको छ । त्यसो भए के उनीहरु तिरस्कृत भएसंगै के मधेशी जनमत पनि ओरालो लाग्ला र मधेशको राजनिती समाप्तिको बाटो समात्ला ? जानकारहरुको बुझाईमा त्यस्तो पनि नहोला । उनीहरु भन्छन, मधेशमा नयां शक्ति उदाउने सम्भावनालाई कसैले पनि केही गर्न सक्ने अवस्थामा छैन । तर प्रश्न छ, नयां शक्ति कसले र कसरी उदाउने हो । ०७० को कालरात्री मधेश राजनितीको कयापलट कसरी हुन्छ । त्यो नै आज सबैको चासोको बिषय बन्न पुगेको छ ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete