Saturday, April 12, 2014

फरार सभासद साह दिल्लीमा


जनकपुर बमकाण्डका मुख्य योजनाकार सभासद संजय साह दिल्लीमा  रहेको खुल्नमा आएको छ । प्रहरीले बमकाण्डको मुख्य योजनाकार साह भएको भन्दै फक्राउ पुर्जी जारी गरे देखि साह फरार छन । जनकपुरवाट प्रकाशित हुने जनकपुर टुडे दैनिकले आफनो शुक्रवारको संस्करणमा लेखेका छन, साह दिल्लीमा एमाले संसदीय दलका नेता केपी ओलीसंग भेटेर आफनो विरुद्ध जारी गरिएको पक्राउ पुर्जी रद्ध गराई दिनका लागी गृहमन्त्री संग सेटिगं मिलाई दिन आग्रह गरेका हुन । दिल्लीमा उपचार गराईरहेका एमाले नेता केपी आलीसंग गृहमन्त्री बामदेव गौतम पनि केही दिन अघि दिल्ली पुगेर भेटघाट गरेका थिए । जनकपुर टुडेले शुक्रवार उक्त समाचार प्रकाशित गरेपछि शनिवार मधेशका विभिन्न जिल्लाहरुवाट संचालन हुने अनलाइहरुले समेत प्राथमिकतामा राखेर उक्त समाचार प्रकाशित गरेका छन ।

गएको १९ फागुनमा प्रहरीले सशस्त्र समुहका नाइके मुकेश चौधरीलाई पक्राउ गरेपछि संजय साहको बमकाण्डमा संग्लनता रहेको खुलासा भएको थियो । उक्त घटनासंगै सदभावना पार्टीका वरिष्ट नेता समेत रहेका साह सम्पर्कविहिन भएका थिए । सदभावना पार्टीस्रोतका अनुसार साह पटनामा बस्दै आएका थिए । सदभावना अध्यक्ष राजेन्द्र महतोले पटनामा स्थानिय प्रशासनसंग कुरा मिलाएर साहलाई उता सुरक्षित रुपमा बसाइको व्यवस्था मिलाई दिएको कतिपय भित्रियाहरुको भनाइ छ । तर साहको गएको हप्ताको शुरुमै दिल्ली पुगेर एमाले नेता ओलीसंग भेटवार्ता गरेका थिए । गएको विहिवार मात्रै धनुषा जिल्ला अदालतले समेत साह विरुद्ध प्रकाउ वारेण्ट जारी गरेको छ ।


1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete