Thursday, April 10, 2014

जनकपुर बमकाण्ड - ६० लाखको ‘डिल’

 
 
जनकपुर — ०६९ बैशाख १८ मा ५ जना निर्दोष सर्वसाधारणको ज्यान लिने गरी भएको बमकाण्डमा सभासद तथा सदभावना पार्टीका वरिष्ठ उपाध्यक्ष संजय साह र मुकेश चौधरी विच ६० लाखको डिल भएको खुल्न आएको छ । मिथिला राज्यको माग गर्दै जनकपुरको रामानन्द चौकमा मिथिला राज्य संघर्ष समितीले दिईरहेको शान्तिपुर्ण धर्नामा उक्त विष्फोट गराइएको थियो । विष्फोटमा मिथिलाकी लोकप्रिय रङ्गकर्मी रञ्जु झा सहित झगरु दास, विमल शरण, सुरेश उपाध्याय र दीपेन्द्र दास समेत ५ जनाको ज्यान गएको थियो भने ३२ जना सख्त घाईते भएका थिए । एक महिना पुर्व सशस्त्र समुहका नाइके मुकेश चौधरी पक्राउ परेपछि उक्त बमकाण्डमा सभासद साहको समेत संग्लनता रहेको खुलासा भएको थियो । चौधरीको प्रारम्भीक बयानको आधारमा प्रहरीले पहिले ओमप्रकाश यादवलाई समातेका थिए । जसले आफु वम विष्फोटकै योजनाको सिलशिलामा साहले दिएको ८ लाख रुपैया चौधरीलाई भारतमा गएर दिएको आफनो बयानमा उल्लेख गरेका छन । चौधरी निकटस्थहरुका अनुसार साहले उक्त बमकाण्डमा धनुषा जिविसका सहलेखापाल जीवनाथ चौधरीलाई समाप्त पार्नेगरी बम विष्फोट गराउने योजना बनाएका थिए र उक्त घटनापछि साहले चौधरीलाई ६० लाख रुपैया दिने वाचा गरेका थिए । तर घटनामा जीवनाथ चौधरी समाप्त नभएपछि साहले उनलाइ वाचा गरेको रकम उपलब्ध नगराएकै कारण मुकेशसंग वम विष्फोटको योजना बनाउने क्रममा साहसंग भएको टेलिफोन वार्ताको अडियो चुहाईएको थियो । बम विष्फोट पछि सभासद संजय साह र मुकेश चौधरीविच सम्बन्ध बिग्रीएको देखिन्छ । त्यही भएर होला चौधरीले उक्त विष्फोटको केही समय पछि आफनो सम्पर्कमा रहेका केही पत्रकारहरुलाइ संजय साहले आफुलाई धोका दिएको र आफनो सबै मान्छे गिरफतार गराईदिएको भन्दै आरोप लगाउदै साहलाई सिध्याईदिने चेतावनीहरु दिने गरेका थिए । यता सभासद साहले पनि आफुलाई मुकेश चौधरीले फसाउन खाजेको भन्दै आफनो बचाउमा जुटेको देखिन्थ्यो ।  

उनीहरुको टेलीफोन अडियो रेर्कडको वार्तालाप समेटिएको समाचार खोज पत्रकारिता केन्द्रले प्रकाशित गरेपछि प्रहरीले त्यसमा अनुसन्धान गरेर उक्त वार्ता संजय साह र मुकेश चौधरी कै भएको प्रमाणित गरेका थिए । उक्त समाचारको चार दिन पछि प्रहरीले संजय साह विरुद्ध पक्राउ पुर्जी जारी गरेका हुन ।  
सभासदको संग्लनताको सबै प्रमाण प्रहरीले फेला पारेपछि उनी विरुद्ध पक्राउ पुर्जी जारी गर्दै देशैभरी पक्राउ गर्न सर्कुलर जारी गरेका छन । सभासद फरार भएको भन्दै प्रहरीले पक्राउ गर्न लागी परेको बताउदै आएका छन । गएको १९ फागुनमा प्रहरीले मुकेश चौधरीलाई भारतीय सुरक्षा निकायको सहयोगमा भारतवाटै पक्राउ गरेर ल्याएका थिए । चौधरीको साथवाट प्रहरीले आठ ओटा मोबाईल सिम, एउटा टयाब्लेट, एक थान अटोमेटिक पेस्तोल, र भुमिगत संगठन सम्बन्धी केही दस्तावेजहरु लगायतको साम्रगीहरु वरामद गरेका थिए । प्रहरीको अनुसन्धानवाट सभासद संजय साह र मुकेश चौधरी विच पुरानो समबन्ध रहेको देखिनमा आएको छ । फोन डिटेलिंग लगायत केही प्रमाणको आधारमा साह नै सशस्त्र समुहको संचालक रहेको निष्कर्ष प्रहरीले निकालेका छन । साहको पार्टी सदभावनाले उनलाई सुनियोजत रुपमा फसाउन खाजेको भन्दै प्रधानमन्त्री समकक्ष ज्ञापनपत्र समेत यो विचमा बुझाएका छन । तर प्रहरीले गरेको अनुसन्धानमा साहले प्रयोग गरेको तीन ओटा मोबाईल नम्बरहरु ९८५४०२०२०७, ९७२१५४९८३८, ९८१६८८४५५१ र मुकेश चौधरीले प्रयोग गरेको भारतीय नम्बरहरु ८०९०३७५५६९, ९१२५३१४७९९ मा यीनीहरु विच २४० मिनेट भन्द्या वढी कुराकानी भएको देखिन्छ । जनकपुरको रामानन्दचौकमा विष्फोट भएको १८ बैशाख २०६९ को दिनमा यीनीहरु विच सात चोटी कुराकानी भएको छ भने उक्त हप्तामा ६५ चोटी साहले चौधरीसंग कुराकानी गरेको अनुसन्धानवाट खुल्न आएको छ । 
हुनत जनकपुर क्षेत्रमा साह र भुमिगत संगठनको सांठगाठको चर्चा वेलाबखतमा नभएको होइन । ०६९ पुष ४ मा सम्पति शुद्धीकरण अनुसन्धान विभागमा उनको सम्पतिको छानविन गर्नका लागी गरिएको उजुरीमा समेत उक्त कुराको उल्लेख गरिएको छ । उक्त उजुरीमा भनिएको छ, ‘संजय साहले मधेशमा रहेका भुमिगत अपराधिक समुह र पार्टीहरु संग समेत सांगगांठ राखेका छन । त्यसमा प्रमुख हुन आकाश त्यागी भनिने श्रीराम यादव, पृथ्वी सिंह भन्ने श्याम यादव, अर्जुनसिंह र प्रकाश विद्यार्थी भन्ने मुकेश चौधरी । मुकेश चौधरी र श्रीराम यादव भुमिगत हुनु भन्दा अगाडी पनि संजयकै गुण्डागर्दीको फर्ममा कार्य गरेका थिए । यी भुमिगत समुहहरुलाई लगाएर निज संजयले जनकपुर र जनकपुर वरिपरी क्षेत्रका उद्योगी, व्यापारी, निर्माण व्यवसायी, सरकारी कार्यलयका कार्यलय प्रमुख र अन्य कर्मचारीहरु धमक्याई मोटो रकम अशुली गर्दै आएका छन र माग अनुसारको रकम नदिने उद्योगी, व्यापारी, निर्माण व्यवसायी तथा कर्मचारीहरुलाई हत्या गर्ने गरेका छन ।’
सम्पति शुद्धीकरण आयोगको उजुरीमा उल्लेख गरिएको यो कुराले बमकाण्डका मुख्य योजनाकार भनिएका सभासद संजय साहको सशस्त्र समुहहरुको लगाव लाइ राम्ररी उजार गरेको देखिन्छ । जुन प्रहरी प्रशासनको नजरवाट समेत टाढा देखिदैनन । गएको २९ जेठमा जिल्ला प्रशासन कार्यलय धनुषाले प्रहरीले चिठीलेखी साहसंग उनी सार्वजनिक पदमा रहदा आर्जन गरेको सम्पतिको सम्बन्धमा अनुसन्धानको सिलसिलामा केही बुझनु पर्ने भएकाले निजलाई सात दिन भित्र उपस्थिती गराईदिन भनेका रहेछन ।  
२०६० साल २ महिना ३० गते धनुषाको सखुवा महेन्द्रनगरमा डकौती गरेको भन्दै उनलाई १ बर्ष ९  महिनाको कैद सुनाईएको थियो । डकैती गर्दा गर्दा पक्राउ परेका साहको साथ वाट हतियार बरामद भएपछि उनलाई हाथहतियार तथा खरखजानाको मुद्धामा उक्त कैद सुनाइृएको थियो । तर तत्कालिन प्रहरी उपरिक्षक विश्व जबराले  उनलाई  समातेनन त्यसले थप अपराध तिर हौसिएका साह आफनै गाडी चालक नन्द कुमार राउतलाइ घार्टी थिचेर हत्या गरे । राउतको परिवारले शव परिक्षणको प्रतिवेदनको आधारमा साहमाथी कर्तव्य ज्यानको मुद्धानै दर्ता गराएका छन । तर आफनो अपराध र पैसालाई सधै प्रशासनलाई प्रभावित पार्दै आएका साह उक्त मुद्धालाई हालसम्म विचाराधिन बनाई राखेका छन । 

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete