Wednesday, April 9, 2014

मधेश चहार्दै जेपी गुप्ता


 
गएको पुष ७ र ८ गते जनकपुरमा आयोजना गरेको चिन्तन शिविर वाट जेपी गुप्ताले तराई मधेश राष्टिय अभियानलाई सशक्क्त क्रन्तिकारी संगठनमा रुपानान्तर गर्ने निणर्य गरेका थिए । त्यस लगत्तै १२९ सदस्यीय राष्टिय परिषदको घोषणा गरेका गुप्ता गएको दुई महिना देखि लागातार मधेशका जिल्लाहरुमा पुगेर जिल्ला स्तरीय प्रशिक्षण र अन्तक्रिया लगायतका कार्यक्रममा व्यवस्त देखिन्छ । हरेक जिल्लामा १२५ जनालाई अभियानले विशेष प्रशिक्षण दिईरहेका छन । जसले अभियानको जिल्ला स्तरीय निकायको भुमिका समेत निर्वाह गर्ने अभियानले जनाएको छ ।

दोस्रो संविधानसभाको निवार्चन पुर्व नै यो निवार्चनको मधेशमा कुनै औचित्य नरहेको भन्दै गुप्ता र उनको अभियान त्यसमा सामेल भएन । वरु उनी छुटै आफनै अभियानलाई निरन्तरता दिदै आए । संविधानसभामा रहेका मधेशी पार्टीहरुको नेतृत्वको तीव्र आलोचन गर्दै आएका गुप्ता मधेशमा नयां आन्दोलनको आवश्यकता रहेको भन्दै आफु त्यसको तयारीमा जुटेको बताउदै आएका छन । गुप्ताले अभियान सुरु गर्ने वेलामा भुमिगत संगठन जयकृष्ण गोइत संग पनि पटक पटक वार्ता गरेका थिए । गुप्ताले आफु अहिंसात्मक आन्द्योलनको पक्षमा रहेको भन्दै गोईतलाई मुलधारमा आफुले ल्याउने प्रयास गरेको बताएका थिए ।

गएको १ बर्ष देखि लागातार मधेशका जिल्लाहरुमा घुम्दै आएका गुप्ताको अभियानलाई मधेश केन्द्रित कतिपय जानकारहरुले महत्वपुर्ण रुपमा लिएका छन । पहिलो मधेश आन्दोलन तथा फोरमलाई हैसियतमा ल्याउन महत्वपुर्ण भुमिका खेलेका गुप्तालाई कतिपयले मधेशमा फेरी एउटा सशक्क्त आन्द्योलन र सशक्क्त अर्को संगठन बनाउन लागेको रुपमा अथ्र्याउने गरेका छन ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete