Sunday, April 6, 2014

कार्यदलको अन्तिम बैठक भोली बस्दै


 
एकिकरणको प्रक्रियामा रहेका तीन मधेशी पार्टीका दोस्रो तह नेताहरु सम्मलीत कार्यदलको अन्तिम बैठक भोली बस्दै छ । विहीवार र आज गरी कार्यदलले दुइ चरणको छलफल गरी सकेको छ । एक नेताका अनुसार भोली छलफल भएका विषयहरुलाई लिपीवद्ध गरी अध्यक्षहरु बुझाउने तयारी कार्यदलले  गरेका हुन । विहीवार र आज भएको छलफलमा कार्यदलले पार्टीको संरचना, नेतृत्व मोडेल, पार्टीको नाम, चुनाव चिन्ह र भण्डा लगायतका बिषयहरुमा छलफल गरेको छ ।


कार्यदलमा फोरम नेपालले प्रस्तुत गरे नेतृत्व मोडेल -

एकिकरण पछि बन्ने एकिकृत नयां पार्टीको नेतृत्व कसले गर्ने र कुुन मोडेलमा नेतृत्व प्रणाली राख्ने बिषयमा तीनै पार्टीहरु बिच आन्तरिक मतभेद रहेको बताइदै गर्दा कार्यदलको बैठकमा फोरम नेपालले एक जना अध्यक्ष, एक कार्यकारी अध्यक्ष र एक सहअध्यक्ष भएको नेतृत्व मोडेल प्रस्तुत गरेको नेताहरुले बताएका छन । एकिकरण प्रक्रियामा सबै भन्दा पेचिलो देखिएको नेतृत्वको सवालमा सदभावना पार्टी र तराई मधेश लोकतान्त्रिक पार्टी एकमत देखिन्छ । यी दुई पार्टीहरु महन्ठ ठाकुर अध्यक्ष र उपेन्द्र यादव र राजेन्द्र महतो लाई कार्यकारी अध्यक्ष बनाइ अध्यक्ष मण्डली बनाएर अघि वढन सहमत देखिन्छ । तर अहिले सम्म सार्वजनिक रुपमा मुख नखोले पनि फोरम नेपालका अध्यक्ष यादव यसप्रति असहमत रहेको देखिन्छ ।  होलीको केही समय पुर्व तमलोपा अध्यक्ष ठाकुरको निवासमा भएको तीनै अध्यक्षहरुको बैठकमा राजेन्द्र महतोले उक्त प्रस्ताव राखेपछि यादवले कुनै प्रतिक्रिया दिएका थिएन वरु त्यसपछि लागातार दुई ओटा बैठकमा अनुपस्थित भईदिए । यादवले अघिल्लो साता मात्रै दलानसंगको कुराकानीमा नेतृत्व वारे अहिले सम्म कुनै छलफल नै नभएको दावी गरेका थिए ।
 
यसगगरी कार्यदलले तीनै पार्टीको अस्तीत्व देखिने गरी नयां पार्टीको नाममा लोकतान्त्रिक सदभावना फोरम सिफरिस गर्न लागेको छ भने ३०१ सदस्यीय केन्द्रिय कार्यसमिती र त्यही मध्येको ६५ सदस्यीय पदाधिकारी समिती र ३१ सदस्यीय राजनितीक समिती तथा तीनै अध्यक्षहरुको अध्यक्ष मण्डली रहने सहितको सिफरिसलाई लिपीवद्ध गरी अध्यक्षहरु सामु पेश गर्ने तयारीमा कार्यदल जुटेका हुन । यस अघि पनि कार्यदलले यहि सेरोफेरोमा रहेर अध्यक्षहरुलाई एकिकरणको खाका दिएका थिए ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete