Friday, April 4, 2014

स्थानिय निकाय पुर्नसंरचनाको पक्षमा मधेशी पार्टीहरु


सरकार समर्थित दलहरु सहित चौतफर्ती स्थानिय निकायको निर्वाचनको लागी जोडतोडका साथ आवाज उठिरहेकोे बेला मधेशी पार्टीहरु संघीय व्यवस्था संगै स्थानिय निकायको पुर्नसंरचना गर्नु पर्ने मागको वारेमा छलफल शुरु गरेको छ । शुरु देखि नै संघीयता विना स्थानिय निकायको निर्वाचनमा जानु नहनु आवाज उठाउदै आएका मधेशी पार्टीहरुका नेताले नयां संविधान संगै संघीय सहितको नयां व्यवस्था सहित स्थानिय निकायको पुर्नसंचनाको लागी उच्च स्तरीय आयोग बनाउनु पर्ने माग अघि सारेको छ । दुई हप्ता अघि तमलोपाको पार्टी कार्यलयमा सबै मधेशी पार्टीहरुको दोस्रो तहका नेताहरुको पहलमा भएको एउटा बैठकले त्यसवारे सबै मधेशी नेतृत्वलाई कन्भीन्स गरेर उक्त माग सामुहिक रुपमा अघि ल्याउने तयारीमा उनीहरु जुटेका छन । बैठकमा मात्रिका यादव, प्रचण्ड नेतृत्वको एमाओवादी लगायतका पार्टीहरुका प्रतिनिधीहरुको समेत सहभागीता थियो ।

उक्त छलफलकै परिणाम स्वरुप होला हालै एकिकरणका लागी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रस्तुत गरेको सैद्धान्तिक मस्यौदामा समेत उनले यस बिषयलाई प्राथमिकतामा राखेका छन । हुनत तराई मधेश राष्टिय अभियानका संयोजक जेपी गुप्ताले धेरै अघि देखि नै स्थानिय निकायको पुर्नसंरचना विना राज्य पुर्नसंरचनाको कुनै अर्थ नरहने बताउदै आएका छन ।
उपेन्द्र यादवको मस्यौदामा यस्तो छ स्थानिय निकायको पुर्नसंरचनावारे -
१५, संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा स्वायत्त प्रदेशहरु अन्र्तगत स्थानिय  निकायको रुपमा गाउपालिका र नगरपालिका रहनु पर्दछ । स्थानिय तहको नाम, संख्या, सिमा र क्षेत्र निर्धारण गर्न उच्च स्तरीय आयोग गठन गर्नु पर्दछ । सो आयोगले स्थानिय सरकार अर्थात स्थानिय स्वायत्त शासन संचालन गर्न र सो को मर्म अनुकुल हुने गरी सापेक्षिक रुपमा समान जनसंख्या, भौगोलिक तथा प्रशासनिक अनुकुलता, जनसंख्याको घनत्व, यातायातको सुविधा, प्राकृतिक स्रोत र साधनको अवस्थित र सम्बन्धीत क्षेत्रका बासीन्दाको सांस्कृतिक तथा सामुदायीक पक्षलाइ ध्यान दिनु पर्ने छ । स्थानिय निकायहरुलाई साधन, स्रोत माथीको अधिकार, आर्थिक अधिकार, कार्यकारिणी र न्यायिक तथा अर्थ न्यायिक अधिकार सहितको क्षेत्राधिकारको व्यवस्था गरिनु पर्दछ । स्थानिय निकायको पुन संरचना, निर्वाचन प्रणली, गठन प्रक्रिया, क्षेत्राधिकार आदीको संवैद्यानिक एवं कानुनी व्यवस्था गरेर मात्र निर्वाचन गराउन उपयुक्त हुन्छ । 

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete