Wednesday, April 2, 2014

एकिकरणको आवरणमा यादव र गच्छदारको राजनितीक युद्ध


होली पुर्व तीन मधेशी पार्टीहरु विच एकिकरण हुन गाहोे छ भन्ने कुरा आयो । नेताहरु समान्य रुपमा केही बोल्न सक्ने अवस्थामा नभएका कारण होली पछि जे हुन्छ त्यो तपाइहरु हेरिहाल्नु हुन्छ भनेर पन्छिए । होलीको झण्डै ५ दिन पछि यो संवाददाता सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई फोन गरेर कहिले बैठक छ भनेर सोध्दा, उनी पुरै अल्मलीएको पाए । उनले भने, ए हो रैछ, होली पछि त एकिकरणको वारेमा ठोस रुपमा बैठक गर्ने कुरा थियो । उनीसंग कुरा गर्दा स्पष्ट रुपमा के बुझन गाहे भएन भने, एकिकरण फगत यी तीन नेताको एउटा वाहाना मात्रै थियो । तर महतोले चाही म ठाकुरजी संग सम्पर्क गर्छु र यो हुन्छ वा हुदैन वा को को एकिकरण गर्न सहमत छ लगायत प्रष्ट रुपमा कुराहरु टुगांउने छु । म त्यही कुरा दलानमा लेखेको पनि थियो । एकिकरणको टुगों चाडै लाग्ने शिर्षकमा म एउटा सानो समाचार पोष्ट गरे । समाचार पोष्ट गरेको भोली पल्ट विहानै महतोकै अत्यन्तै एक जना नजिकका युवा नेताले मलाई क्लोज च्यापटरको समाचार किन लेख्नु भयो भनेर मजाक उडायो । यती कुराले म के मा ढुक्क भए भने, एकिकरण फगत यी शिर्ष नेताहरुको बच्ने दाउ मात्रै थियो ।

अचनाक त्यसको तीन दिन पछि सुचना आयो, शिर्ष नेताहरु र कार्यदलको बैठक तमलोपाको पार्टी कार्यलयमा भोली बस्दै छ । मलाई शायद शिर्ष नेताहरु किन र के के मा सहमत हुन सकेन भनेर कार्यदललाई जानकारी गराउला कि भनेर बैठक बोलाएको लाग्यो । कार्यदलमै रहेका कतिपय नेताहरुले अध्यक्षहरुले छापामार शैलीमा आफुहरुलाई बैठकको लागी बोलाएको भन्दै थिए । बैठकमा के हुन्छ भन्ने कुरा समेत कार्यदलका नेताहरुलाई थाहा थिएन । शुरुमा बैठक १ बजेका लागी बोलाइएको थियो । तर फोरम नेपालका नेताहरुको कार्यव्यस्ताका कारण ५ बजेका लागी सारियो उक्त बैठक । ५ बजे फेरी नेताहरु जम्मा भए तमलोपाको बिजुलीबजार स्थित पार्टी कार्यलयमा । सबै शंशकित देखिन्थे । तर बैठकका लागी फोरम नेपालका नेताहरु आएपछि बैठकको औपचारिक सुरवाती गरे तमलोपाका अध्यक्ष महन्थ ठाकुरले । ठाकुरले बैठकलाई सुरु गर्दै आफु तीनै जना अध्यक्षहरुको तर्फवाट उपेन्द्र यादवले एकिकरणको सन्दर्भमा पार्टीको सिद्धान्तको मुस्यौदा पेश गर्न लागेको बताए । यसरी अचानक एकिकरणको सैद्धान्तिक मस्यौदा उपेन्द्र यादववाट प्रस्तुत हुन लाग्दा कार्यदलका नेताहरु जिल्ल परे । कुन आकाशवाणीले यत्रो काम गर्न भ्याएछ । सबै अत्यन्तै उत्साहित देखिन्थे । होली भन्दा पुर्वको अन्तिम केही बैठकहरु यादवले वहिष्कार गरेका थिए । तर होली लगत्तै यादवले नै सैद्धान्तिक मस्यौदा बोकेर आउदा सबै एकछक्क परे । आखिर किन उपेन्द्र यादव यसरी यु टर्न को भुमिका देखियो । के साच्चिकै उपेन्द्र महन्थ ठाकुर र राजेन्द्र महतो संग एकिकरण गर्न लागेका हुन त ?

उपेन्द्रको निशानामा गच्छदार

पछिल्लो केही सातामा मधेशी पार्टीहरु भित्र पराजयको अनेकन कोणवाट विश्लेषणहरु हुन थालेका छन । यता पहिलो संविधानसभाको निर्वाचनमा ५२ सिट हत्याएका उपेन्द्र यादवको स्वयंमको हविगत आज कसैवाट लुकेको छैन । काग्रेसवाट यादवकै पार्टीमा छिरेका विजय गच्छदार र छुटै पार्टी गठन गरेका महन्थ ठाकुर यादव भन्दा ठुलो राजनितीक हैसियतमा छन भने यादव यनीहरुको पुछारमा । यादवलाई सबै भन्दा वढी पिर त गच्छदारको हैसियतले हुनु स्वभाविक नै हुने भयो । काग्रेसमा राजनिती गर्न सक्ने अवस्था नभएपछि फोरममा छिरेका गच्छदार आज यादवलाइ पछारिसकेका छन । त्यती मात्रै होइन निर्वाचन पुर्व सम्म सक्रिय मधेशी मोर्चामा समेत यादवलाइ छेकेका थिए गच्छदार । जे कारणले होस निर्वाचन पुर्व अवसान भएको मधेशी मोर्चा र छिन्न भिन्न भएको ठाकुर, महतो र गच्छदारको दोस्ती नभएकै खण्डमा यादवले आफुलाई जती सक्छ, त्यती उकास्न सक्छ । किनकी गच्छदार र ठाकुर कमजोर नभएको खण्डमा यादव वलियो हुदैन । अन्नतह उपेन्द्र यादव यो विश्लेषणको बिन्दूमा पुगेको छ । पार्टी भित्र भनिएको तीव्र असन्तुष्टिलाई पनि यनले त्यही रुपमा प्रयोग गर्ने रणनिती बनाए । एकातर्फ गच्छदारलाई छिन्नभिन्न बनाउने अर्को तर्फ ठाकुरको शक्तिलाई । त्यही भएर यादवको एउटा समुह अहिले गच्छदारको नेताहरुको सम्पर्क छन जो फोरम लोकतान्त्रिक भित्रको असन्तुष्टिलाई समात्न खोजीरहेका छन भने यादव ठाकुरकै कांधमा भारी विसाउने दाउमा छन । जसले अन्नतह एकिकरणको पक्षमा आफु साकारात्मक भएको सन्देश पनि जाने र अर्को तर्फ ठाकुर र महतोको खसेको राजनितीक हैसियत झनै खसाउने दाउमा छन । जसको प्रत्यक्ष निशानाले गच्छदार पनि घाइते हुने लगभग निश्चित छ । नत्र सैद्धान्तिक मस्यौदा भनिएको प्रतिवेदन पछि फेरी कार्यदललाई नै गरेको कामको जिम्मेवारी दिनुको कुनै तुक थिएन । उता यादवले आफु यो प्रक्रियावाट अलग भएको खण्डमा गच्छदारको प्रवेश सहजरुपमा त्याहा हुन सक्ने अकंलन पनि गरेर बसेका छन । जुन यादवका लागी कति हानिकारक छ भन्ने कुराको तितो विगत उनीसंगै छ । त्यसैले यादवलेको पछिल्लो यु टर्न एकिकरण भन्दा पनि एकिकरणको आवरणलाई प्रयोय गर्ने रणनितीमा वढी केन्द्रित देखिन्छ । किनकी जगजाहेर छ यादव र ठाकुरको राजनितीक मिलन कुनै पनि हालतमा सम्भवै छैन । भईहाल्यो भने त्यो एउटा आश्र्चयजनक मोड नै हुनेछ मधेश राजनितीको ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete