Tuesday, April 1, 2014

नेतृत्वको वारेमा कुनै कुरा भएको छैन - उपेन्द्र यादव


 
तीन मधेशी पार्टी विचको एकिकरणको लागी नेतृत्वको वारेमा कुनै कुराकानी नभएको मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले बताएका छन । आज दलानसंग कुरा गर्दै यादवले केही मिडियामा आएको समाचारप्रति असन्तुष्टिी जनाउदै भने, समाचारमा आएको जस्तो नेतृत्वको वारेमा कुनै छलफल नै भएको छैन । पछिल्लो केही समय यता यी तीन दलकै कतिपय नेताहरुले महन्थ ठाकुरको नेतृत्व स्विकार्न यादव तयार भईसकेको भन्दै समाचार आएका थिए । अनौपचारिक कुराकानीमा अहिले पनि यी तीनै दलका दोस्रो तहका नेताहरुले ठाकुरको नेतृतव एकिकरण हुन लागेको बताउने गरेको छ । तर यादवले आज त्यस्तो कुनै पनि सम्भावनाको वारेमा अहिले सम्म कुनै छलफल नै नभएको बताए । अहिले सम्म त्यस्तो कुनै छलफल नै भएको छैन, त्यसैले यसको वारेमा म अहिले केही बोल्दीन, यादवले भने, सिद्धान्तमा सहमती भएको छ, अब हामी संगठनको संरचनाको वारेमा छलफल गर्छाै, र त्यसपछि कस्तो संरचनामा नयां पार्टी बनाउने निक्र्यौल गरेपछि मात्रै नेतृत्वको वारेमा छलफल हुन्छ ।
 
यसअघिको तीन दलको नेताहरु सम्मलीत कार्यदलले एक जना अध्यक्ष र दुइ जना कार्यकारी अध्यक्ष अथवा तीनै जना अध्यक्षहरुले आलोपालो गरी सामुहिक प्रणाली सहितको नेतृत्व मोडोल शिर्ष नेताहरुलाइ सुझाएका थिए । तर हालैको केही बैठक पछि शिर्ष नेताहरुले फेरी कार्यदललाइ नै यी लगायतको अन्य कयौन विवादित मानिएको बिषयमा छलफल गर्न लगाएका छन ।  एकिकरण गर्ने सैद्धान्तिक सहमती गरेका यी तीन दल विगत चार महिना देखि यो प्रक्रियामा आबद्ध छन ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete