Monday, April 28, 2014

भारतीय निर्वाचनमा मिथिला मुद्धा


 
भारतमा अहिले जारी निर्वाचनलाई लिएर नेपालमा पनि विभिन्न टिका टिप्पणीहरु भईरहेको छ । स्वभाविक पनि हो, नेपालको तीन तिर सिमामा पर्ने विश्वकै सबै भन्दा ठुलो प्रजातान्त्रिक मुलुकको निर्वाचनको वारेमा चर्चा हुनु अनौठौ होईन । त्यसमा पनि सम्भावित विजेपीको जितले नयादिल्ली देखि काठमाडौ सम्म अर्कौ तरड पैदा गरिदिएका छन । र विजेपीवाट प्रधानमन्त्रीको रुपमा प्रस्तुत गरिएको नरेन्द्र मोदी त्यसता खाले सबै चर्चाको केन्द्रमा अहिले छ । तर हाल खासैमा यता तिर चर्चा नहुने मुद्धा हुन मिथीला । जुन अहिलेको निर्वाचनको क्रममा विहार तिर राजनितीकको केन्द्रमा देखिन्छ । गएको साता मात्रै आफनो महत्वपुर्ण मानिएको चुनावी मैदान वणारसी वाट मोदी सिधै भारतीय मिथिलाको केन्द्र मधुवनी आएर मिथिला राज्यको लागी संघर्षरत त्याहाका अभियानीहरुलाई उत्साहित पारे । विहारमा गएको दुई बर्ष देखि मिथिला राज्यका लागी विभिन्न दवावमुलुक धर्ना र याली जस्ता कार्यक्रमहरु भईरहेको देखिन्छ । ती अभियानीहरु दिल्ली सम्म पुगेर धर्ना अनशन जस्ता कार्यक्रमहरु गरिसकेका छन । मधुवनी आएका मोदी मिथीलाको पागलाई टाउकोमा राखेर भाषण गरेका तस्वीरहरु सोसलमिडियामा छाएको देखिन्छ । मिथिला अभियानीका मानिसहरु प्रायजसो विजेपीको समर्थनमा रहेको आभास हुने गर्छन सोसलमिडियाको प्रस्तुतीले । बिहारको ३८ जिल्ला मध्ये २४ ओटा जिल्लामा मैथली भाषीहरुको वाहुल्यता छन ।

Sunday, April 27, 2014

किन हुदैन एकिकरण ?


 
बहुचर्चीत तीन मधेशी पार्टी विचको एकिकरण अन्नतह नहुने भएपछि तीनै पार्टीका नेतृत्वहरु आ आफना ढंगले पार्टीलाई क्रियाशिल बनाउन तर्फ लागेका छन । निर्वाचनमा नराम्ररी पराजय व्योहोरे पछि तीनै नेतृत्वले जसरी पनि एकिकरण गरेर देखाउने दाबी गर्दै आएका थिए । हुनत निर्वाचन पुर्व पनि एकिकरणको प्रयास यी तीन लगायत विभिन्न मधेशी पार्टीहरु विच नभएको होईन । तर प्रश्न उठछ, यत्रो लामो छलफल र सबैले प्रतिबद्धता जनाउदा जनाउदै पनि आखिर किन एकिकरण सफल हुन सकिरहेका छैन । एकिकरणको प्रक्रियामा सुरु देखि नै सहभागी केही नेताहरुले अनौपचारिक रुपमा बताउने गरेको तथ्यलाई केलाउने हो एकिकरण नहुनुमा प्रमुख तीन ओटा कारणहरु देखिन्छ । पहिलो सबैमा नेतृत्व आफैले गर्न पाउनु पर्ने स्वार्थ, दास्रो अन्तरपार्टी द्धन्द र तेस्रो भारतीय पक्षको एकिकरणको सन्दर्भमा गलत मुल्यांकन ।

Friday, April 25, 2014

जलीरहेछ मधेश, काहा छ सरकार ?


पछिल्लो दुई महिनामा मात्रै मधेशका जिल्लाहरुमा ७५ ओटा भन्दा वढी आगलागीको घटना भएको समाचार आएको छ । र त्यही समाचारहरु कै आधार लाई पत्याउने हो भने मधेशमा करोडौको जनधनको क्षती भईसकेको छ । सप्तरीमा एकको ज्यान समेत गइसकेको छ । तर पनि अहिले सम्म सरकारी तवरवाट खासै क्षतीपुर्तीको कुनै वयवस्था नहुदा आगलागी पिडितहरुको अवस्था दयनीय छ । आगलागी प्रायजसो गरिव बस्तीहरुमा हुने गर्छन । र त्यसवाट स्वभावतह पिडितहरु गरिवीका रेखामुनि रहेका नागरिकहरु हुने गर्छन । तर सरकारले अहिले सम्म कुनै ठोस क्षतीपुर्तीको व्यवस्था गरेको देखिदैनन । वरु केही गैर सरकारी संघ संस्थाहरु त्यसका लागी अग्रसर देखिन्छन । तर क्षति/ पिडत जुन स्तरमा भएको छ, त्यसको लागी ठुलो क्षतीपुर्तीको आवश्यकता देखिन्छ । अचम्म त के छ भने मधेशको नागरिकहरु यत्रो समस्यामा पर्दा मधेश केन्द्रित दलहरु  समेत अहिले सम्म चुई सम्म बोलेका छैन । वरु केही प्रत्यक्ष तर्फका सभासदहरु आफनो व्यक्ति तर्फवाट केही सहयोग गरेको देखिन्छ । तर क्षतीको स्तर देख्दा त्यसले अहिले सम्म पिडितहरुलाइ खान समेत राम्ररी पुगीरहेको छैन । हालै सुनसरीमा पहाडी समुदायको  लागी लागेको महाकुम्भ मेलाको लागी मन्त्रीपरिषदलले ५० लाख रुपैया निकाशा गरेका थिए भने हालै सगरमाथा कयाम्पमा ज्यान गुमाएकाहरुका लागी सरकारले तत्काल क्षतीपुर्तीको व्यवस्था गरेका थिए । तर मधेशका जिल्लाहरुमा  आगलागीवाट लाखौ मधेशी घरवार विहिन हुदा सरकारले अहिले सम्म केही गरेको देखिदैनन । नत नेपाली मिडियाले यसलाई प्राथमिकातामा राखेको देखिन्छ । आखिर यो किन ?

हेर्नुस गएको चैत देखि अहिले सम्म काहा काहा आगलगी भयो र कति क्षती भएको छ ?

Thursday, April 24, 2014

लोकतन्त्र र मधेश


 
आज लोकतन्त्र दिवस । दोस्रो जनआन्दोलनको सफलताको सम्झनामा ११ बैशाखलाई लोकतन्त्र दिवसको रुपमा मनाइन्छ । तत्कालिन सात दल र माओवादी विच भएको १२ बुदेको आडमा भएको दोस्रो जनआन्दोलनकै सफलता स्वरुप नेपाल गणतन्त्र सहित धर्मनिरपेक्ष लगायतका राजनिती उथलपथल गर्दै आजको चरण सम्म आइपुगेको छ । तत्कालिन सात दलमा मधेशी पार्टीको रुपमा सदभावना पार्टी समेत सक्रिय सहभागी थिए । र महत्वपुर्ण पक्ष त के छ भने त्यही दोस्रो जनआन्दोलनकै सफतला पश्चात मधेशमा दुई दुई ओटा आन्दोलन भयो र मधेशको मुद्धालाई राष्टिय मुद्धाको रुपमा स्थापित गर्यो । भलही आज फेरी मधेशको मुद्धालाई विभिन्न प्रपन्च गर्दै गौण गर्ने चेष्टा भईरहेको छ ।

Wednesday, April 23, 2014

ढुक्क हुनुस - एकिकरण हुदैन


मंगलवार बिहानै एक जना युवा नेतासंग फोनमा कुराकानी भईराख्दा मैलै मधेशी पार्टीहरु विच भनिएको एकिकरणको चर्चा उप्काए । उनले भने, तपाई ढुक्क हुनस यो एकिकरण कसैको पनि कोई संग हुने वाला छैन । त्यस्तै कुनै चमत्कारै भएमा मधेशी पार्टीहरु विच एकिकरण हुन्छ  नत्र कुनै पनि सम्भावना छैन । उनले प्रयोग गरेको चमत्कार तत्काल सम्भव छैन भनेर म प्रतिउत्तर गरे, उनले त्यस्तो चमत्कारको पनि सम्भावना देखा परी नसकेको बताए । त्यसो भए किन मधेशी नेतृत्वहरु एकिकरणको यत्रो हल्ला फिजाए त ? उनको सिधा जवाफ दिए, निर्वाचन पछि मधेशी नेतृत्वहरु पार्टी हाक्ने अवस्थामा थिएन त्यसमा पनि समानुपातिकको खेलावेलावाट नेता कार्यकर्ताको ध्यान विकेन्द्रित गर्ने कुनै उपाय थिएन । यी नेतृत्वहरु साच्चिकै एकिकरणको लागी अहिले सम्म कुनै कसरत नै गरेका छैन ।

Monday, April 21, 2014

'स्वाभिमान' अभियानको तीव्र तयारी


 
फेसबुक मार्फत 'स्वाभिमान मधेश' नामक अभियानको उदघोष गरेका मधेशी युवा तथा बुद्धजीवीहरु त्यसलाई ठोस रुप दिन तीव्र तयारीमा जुटेका छन । अभियान स्रोतका अनुसार मधेशमा स्वाभिमान आन्दोलनको उदघोष सहित मधेशी पार्टीहरुका सक्रिय युवा तथा केही प्रसिद्ध बुद्धजिवीहरु लागी परेका छन । अभियानसंग आबद्ध युवा तथा बुद्धजिवीहरुको पछिल्लो केही समय यता भएको निरन्तर छलफलले यसलाइ चाडै ठोस रुप दिन लागेका हुन । जसका लागी हाल पत्रकार सिताराम अग्रहरी, बुद्धजिवी तुलानारायण साह र सदभावना पार्टीका युवा नेता संतोष मेहताले अभियानको सैद्धान्तिक तथा अन्य अवधारणाका वारेमा लिखित दस्तावेज तयार पार्दै छन । यी तीनै जनाले तयार पारेको लिखित दस्तावेजलाई वरिष्ट राजनितीक विश्लेषक सिके लालले अन्तिम प्रारुप दिने छन ।

Saturday, April 19, 2014

अर्को गल्ती तिर लम्कदै मधेशी नेतृत्वहरु


 
गएको सातामा दुई पटक एमाओवादी र मधेशी नेतृत्वहरु बिच गठबन्धन बनाउने गरी बैठक भएको समाचारहरु आएका छन । शनिवार भएको बैठकपछि त कतिपय मधेशी नेताहरु चाडै डकुमेन्टेसन गरी गठबन्धनलाई व्युताउन लागेको समेत बताए । मधेशी नेतृत्वहरु किन अहिले फेरी एमाओवादीसंग गठबन्धन बनाउन लागेका हुन । यसको उत्तर आफैमा अनुत्तरित छन । कतिपय संघीयतावादी भएकाले एमाओवादी र मधेशीको गठबन्धन भएमा त्यसले संविधानसभामा थप उर्जा मिल्ने बताउने गरेका छन । तर संविधानसभामा गणितीय खेल शुरु हुने वितिकै यी दुई शक्ति एक ठाउमा उभिदैमा केही फरक पर्ने सम्भावना छैन । त्यसो भए किन मधेशी नेतृत्वहरु एमाओवादीहरु संग घुलमिल गर्न थालेका हुन ।
 
एउटा तितो यर्थातमा भखैरै मधेश राजनिती गुज्रेको छ । विगतको पहिलो संविधानसभाको पुछारतिर एमाओवादी संग मधेशी मोर्चाले गरेको गठबन्धन कति हानिकारक सावित भएको कुरालाई मधेशी नेतृत्वहरु आकंल गरेका छ कि छैन ?

Friday, April 18, 2014

भूत भगाउन गाविस बजेट


 
सप्तरीको डिमोन गाविसले भूत भगाउन भन्दै खर्च गरेको तथ्य फेला परेको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थलगत अनुगमन गर्दा डिमोन गाविसले ‘भूत भगाउन’ इलाका प्रहरी कार्यालयका इञ्चार्ज विष्णु तिम्सिनालाई ६ हजार रुपैयाँ भुक्तानी दिएको भेटाएको छ ।
 
मन्त्रालयका सहसचिव श्यामराज खनाल नेतृत्वको टोलीले अनुगमन गर्दा गाविस सचिव दशरथ मण्डलले गोश्वारा भौचर नं। २१ बाट भुक्तानी दिएको फेला पारेको हो । “अनुगमन प्रतिवेदन हेरेर कारबाही गर्न सप्तरी जिविसलाई निर्देशन दिने तयारी भइरहेको छ,” मन्त्रालयका प्रवक्ता दिनेश थपलियाले भने, “अरु स्थानीय निकायमा पनि यस्ता उट्पट्याङ काम भएका रहेछन् भने कारबाही हुन्छ ।”
 
खनालको टोलीले फागुन ११ देखि १६ सम्म अनुगमन गर्दा डिमोनका अरु पनि आर्थिक अनियमितता फेला पारेको छ । सचिव मण्डलले विभिन्न मितिमा भौतिक पूर्वाधारसम्बन्धी आयोजना कार्यान्वयन गर्दा आफ्नै नाममा पेस्की लिएर उपभोक्ता समितिलाई पुनः पेस्की दिएको अनुगमन प्रतिवेदनमा उल्लेख छ ।

Thursday, April 17, 2014

मधेशमा पनि झोलुङ्गे पुल



महोत्तरी सदरमुकाम जलेश्वर र अन्कार गाविसको बेला टोलबीचको रातु नदीमा तीन मिटर चौडाई र ७९ मिटर लाम्बाइको झोलुङ्गे पुल बनाउन थालेको पाँच बर्ष वितिसकेको छ । एक बर्षभित्रै पुल बनाउने ठेक्का लिएको काठमाण्डौंको जेभी मकालु कन्स्ट्रक्सनले थप चार महिनामा पुल बनाइदिने दिएको आश्वासनमा तुसारापात प¥यो । झोलुङ्गे पुल बन्न नसक्दा बेला गाउँको सनराइज क्लवले नदीमा बाँसको पुल बनाएको छ ।

तत्कालिन स्थानीय विकास अधिकारी हरिलोचन शर्माले कागजी प्रकृया पूरा गरी ठेक्केदारलाई २३ लाख १३ हजार रुपैया दिइसकेको छ । रातु नदीको दुवै किनारामा बनाइएको तटबन्धका कारण अब झोलुङ्गे पुल बनाइएपनि बर्षायाममा डुब्ने स्थानीय अशोक साहले बताए । पुल बनाउनकै लागि नदीको दुबै किनारमा निर्माण गरिएको पर्खाल र भ¥याङ्ग भत्किने अवस्थामा छ ।

सन् २००९ को जुलाईदेखि नेपाल सरकार र दातृ निकायको सहयोगमा बनाइएको पंचबर्षिय झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रम(स्वाप)ले देशभरमा दुई हजार दुई सय वटा झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य राखेको छ । यो कार्यक्रम अन्तर्गत मध्य तराईका आठसहित १० वटा जिल्लालाई समथर अर्थात तराईमद्येश क्षेत्रमा राखएको छ । पहिलो बर्षमा तीनसय, दोस्रो बर्षमा चार सय तथा तेस्रोदेखि पाँचौ बर्षसम्ममा पाँचसय वटा पुल बनाउने लक्ष्य छ ।

यस कार्यक्रमले सप्तरीदेखि पर्सासम्मका आठ तथा झापा र रुपन्देही गरी दशवटा जिल्लामा कम्तिमा पनि यस बर्ष मात्रै पचास वटा पुल निर्माण गर्ने लक्ष्य राखेको हो । सन् २००७ सालसम्ममा तराईको रुपन्देहीमा तीन र महोत्तरीमा एकवटा मात्र यस्ता पुल थियो ।

Wednesday, April 16, 2014

मधेशमा अवैध हतियारको साम्राज्य

राकेश चौधरी /जलेश्वर(महोतरी) 



प्रहरीले राजन मुक्ति, दीपक सिंह, मुकेश चौधरी जस्ता सशस्त्र समूहका नेतालाई पक्राउ गरेता पनि गोईत तथा ज्वालासिंह जस्ता ठूला सशस्त्र समूह तराईमा सक्रिय छन् ।  धेरै नाफा दिने र ठूलो कारवाहीमा नपरिने भएकाले हतियारको कारोवारमा सीमा क्षेत्रका साना देखि ठूला व्यापारी समेत सक्रिय हुनाले यस क्षेत्रमा हतियारको साम्राज्य चलेको छ ।

पूर्वी तराईको गाउँ गाउँमा आतंक फैलिएको छ । हतियारका व्यापारी र प्रयोगकर्ताहरु फैलिन थालेका छन् । प्रहरी भन्छन्—अपराधीहरु बढेकाले गस्ती बढाईएको छ । कतिपय ठाउँमा सोझो भीडन्त समेत पर्न थालेको छ ।
महोत्तरीको हलखोरीमा माघ १९ गते र महोत्तरीकै सोनामा गाउँको उखुवारीमा माघ २३ गते प्रहरी र अवैध हतियारधारीवीच भीडन्त हुँदा क्रमश रामगोपालपुर दोलाठीका जकाउल्लाह नदाफ र बर्दिया बन्चौरीका सेराजुल नुरीको मृत्यु भएको थियो । घटनापछि प्रहरीले पत्रकार सम्मेलन गरेर बतायो, यी दुवै घटनाका मृतकहरु लुटपाट, अपहरण लगायतका अपराधमा प्रहरीको खोजी लिष्टमा थिए । दुवै घटनामा राती २ बज सोझो भीडन्त परेको थियो ।

तर मृतक नुरी र नदाफका आफन्तले जलेश्वरमै अर्को पत्रकार सम्मेलन गरेर भने, “हाम्रो मानिसलाई प्रहरीले धेरै पहिले पक्राउ परेका थिए । भीडन्त त पछि भएको हो ।” उनीहरुले प्रहरीमाथि फर्जी मुठभेड सिर्जना गरेर गैरकानूनी हत्या गरेको आरोप लगाउँदै मानव अधिकार आयोग, प्रहरी तथा प्रशासन कार्यालयका साथै विभिन्न निकायमा उजुरी दिएका छन् । यस घटनापछि, स्थानीय बासिन्दाले  सोध्न थालेका छन्—हरेक भीडन्त रातको २ बजे नै किन हुन्छ ?

Tuesday, April 15, 2014

बाबुराम भटराईको मधेश चासो



पुर्वप्रधानमन्त्री एवं एमाओवादी नेता डा बाबुराम भटराई पछिल्लो केही समय यता मधेश राजनितीका युवा पुस्ताका नेताहरु तथा अधिकारवादीहरुलाई बोलाएर लगातार मधेशको वारेमा चासो राख्न थालेको नेताहरुले बताएका छन । पछिल्लो केही समय यता नयां शक्तिको परिकल्पना सहित अगाडी आएका भटराईले मधेशी पार्टीहरुका युवा नेताहरुलाई बोलाएर मधेशप्रति चिन्ता व्यक्त गर्दै आफनो अभियानलाई सघाउन सल्लाह गरीरहेको उनीसंग भेटेका एक नेताले बताए । उनी केही समय पहिला फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र अधिकारवादीहरु दिपेन्द्र झा,तुलानारायण साह, रामकेबल साह लगायतहरु संग पनि छलफल गरेको बुझिएको छ । निर्वाचनमा एमाओवादी र मधेशी पार्टीहरु नराम्ररी पराजय भएपछि भटराई नया शक्तिको परिकल्पना गर्दै सार्वजनिक गर्दै आएका छन ।  

Monday, April 14, 2014

२०७० - मधेश राजनितीको कालरात्री


 
नयां बर्ष ०७१ मा हामी छौ । हिजो राती विदा भएको ०७० मधेश राजनितीका लागी कस्तो रह्यो त ? धेरैको मनमा अनेकन विचारहरु आउन सक्लान । तर सम्रगमा विस ०७० मधेश राजनितीको निमित्त कालरात्री थियो । जनमत हुदा हुदै पनि मधेश राजनितीले आफनो हैसियत गुमाएको ०७० ले मधेशी पार्टीहरुको नेतृत्वहरु प्रति पनि अनेकन प्रश्न उठाएर हामीवाट विदा भएको छ । ती कयौन प्रशनहरुको उत्तर यो ०७१ को विभिन्न कालखण्डमा आउने नै छ । तर के यही नै यर्थात बन्नलान मधेश राजनितीको ?

Sunday, April 13, 2014

२०७१ को हार्दिक शुभकामना


विस २०७० हामीवाट विदा हुदै छ । दलान ०७० कै दशैताका शुरु गरिएको थियो । त्यसैले हामी पहिलो आफनो नयां बर्ष मनाउन तरखरमा छौ । यो पुर्णरुपेण मधेश केन्द्रित ब्लगसाईट हो । यो विचमा हामीले पाएको चौतर्फी वाहवाहीले हाम्रो भविष्यको यात्रा अझै उत्साहजनक हुनेमा यो ब्लगसाईटको संचालकको नाताले म याहाहरुलाई अवगत गराउन चाहन्छू । यो ब्लगसाईट मेरो निजी पहलमा संचालन गरिएको भए पनि यसप्रतिको चासो वडो आश्चर्याजनक रुपमा चौतर्फी देखिन्छ । म अहिले नै ती सबै अपेक्षाहरु सम्बोधन गर्ने तर्फ अघि वढने सुनिश्चितता तपाईहरु माझ गर्न सक्दिन । भवियष्यले कता डोरयाउला त्यो अहिले नै ठोस रुपमा भन्न सक्ने अवस्था छैन । यद्यपी मधेशको वारेमा सुचना र जानकारी तपाईहरु लाई अझ सशक्क्त रुपमा पस्कने प्रयास भरपुर रहने छ ।  शुभकामना तपाईहरु सबैमा विस २०७१ को ।
नवीन झा
दलान

Saturday, April 12, 2014

फरार सभासद साह दिल्लीमा


जनकपुर बमकाण्डका मुख्य योजनाकार सभासद संजय साह दिल्लीमा  रहेको खुल्नमा आएको छ । प्रहरीले बमकाण्डको मुख्य योजनाकार साह भएको भन्दै फक्राउ पुर्जी जारी गरे देखि साह फरार छन । जनकपुरवाट प्रकाशित हुने जनकपुर टुडे दैनिकले आफनो शुक्रवारको संस्करणमा लेखेका छन, साह दिल्लीमा एमाले संसदीय दलका नेता केपी ओलीसंग भेटेर आफनो विरुद्ध जारी गरिएको पक्राउ पुर्जी रद्ध गराई दिनका लागी गृहमन्त्री संग सेटिगं मिलाई दिन आग्रह गरेका हुन । दिल्लीमा उपचार गराईरहेका एमाले नेता केपी आलीसंग गृहमन्त्री बामदेव गौतम पनि केही दिन अघि दिल्ली पुगेर भेटघाट गरेका थिए । जनकपुर टुडेले शुक्रवार उक्त समाचार प्रकाशित गरेपछि शनिवार मधेशका विभिन्न जिल्लाहरुवाट संचालन हुने अनलाइहरुले समेत प्राथमिकतामा राखेर उक्त समाचार प्रकाशित गरेका छन ।

Thursday, April 10, 2014

जनकपुर बमकाण्ड - ६० लाखको ‘डिल’

 
 
जनकपुर — ०६९ बैशाख १८ मा ५ जना निर्दोष सर्वसाधारणको ज्यान लिने गरी भएको बमकाण्डमा सभासद तथा सदभावना पार्टीका वरिष्ठ उपाध्यक्ष संजय साह र मुकेश चौधरी विच ६० लाखको डिल भएको खुल्न आएको छ । मिथिला राज्यको माग गर्दै जनकपुरको रामानन्द चौकमा मिथिला राज्य संघर्ष समितीले दिईरहेको शान्तिपुर्ण धर्नामा उक्त विष्फोट गराइएको थियो । विष्फोटमा मिथिलाकी लोकप्रिय रङ्गकर्मी रञ्जु झा सहित झगरु दास, विमल शरण, सुरेश उपाध्याय र दीपेन्द्र दास समेत ५ जनाको ज्यान गएको थियो भने ३२ जना सख्त घाईते भएका थिए । एक महिना पुर्व सशस्त्र समुहका नाइके मुकेश चौधरी पक्राउ परेपछि उक्त बमकाण्डमा सभासद साहको समेत संग्लनता रहेको खुलासा भएको थियो । चौधरीको प्रारम्भीक बयानको आधारमा प्रहरीले पहिले ओमप्रकाश यादवलाई समातेका थिए । जसले आफु वम विष्फोटकै योजनाको सिलशिलामा साहले दिएको ८ लाख रुपैया चौधरीलाई भारतमा गएर दिएको आफनो बयानमा उल्लेख गरेका छन । चौधरी निकटस्थहरुका अनुसार साहले उक्त बमकाण्डमा धनुषा जिविसका सहलेखापाल जीवनाथ चौधरीलाई समाप्त पार्नेगरी बम विष्फोट गराउने योजना बनाएका थिए र उक्त घटनापछि साहले चौधरीलाई ६० लाख रुपैया दिने वाचा गरेका थिए । तर घटनामा जीवनाथ चौधरी समाप्त नभएपछि साहले उनलाइ वाचा गरेको रकम उपलब्ध नगराएकै कारण मुकेशसंग वम विष्फोटको योजना बनाउने क्रममा साहसंग भएको टेलिफोन वार्ताको अडियो चुहाईएको थियो । बम विष्फोट पछि सभासद संजय साह र मुकेश चौधरीविच सम्बन्ध बिग्रीएको देखिन्छ । त्यही भएर होला चौधरीले उक्त विष्फोटको केही समय पछि आफनो सम्पर्कमा रहेका केही पत्रकारहरुलाइ संजय साहले आफुलाई धोका दिएको र आफनो सबै मान्छे गिरफतार गराईदिएको भन्दै आरोप लगाउदै साहलाई सिध्याईदिने चेतावनीहरु दिने गरेका थिए । यता सभासद साहले पनि आफुलाई मुकेश चौधरीले फसाउन खाजेको भन्दै आफनो बचाउमा जुटेको देखिन्थ्यो ।  

Wednesday, April 9, 2014

मधेश चहार्दै जेपी गुप्ता


 
गएको पुष ७ र ८ गते जनकपुरमा आयोजना गरेको चिन्तन शिविर वाट जेपी गुप्ताले तराई मधेश राष्टिय अभियानलाई सशक्क्त क्रन्तिकारी संगठनमा रुपानान्तर गर्ने निणर्य गरेका थिए । त्यस लगत्तै १२९ सदस्यीय राष्टिय परिषदको घोषणा गरेका गुप्ता गएको दुई महिना देखि लागातार मधेशका जिल्लाहरुमा पुगेर जिल्ला स्तरीय प्रशिक्षण र अन्तक्रिया लगायतका कार्यक्रममा व्यवस्त देखिन्छ । हरेक जिल्लामा १२५ जनालाई अभियानले विशेष प्रशिक्षण दिईरहेका छन । जसले अभियानको जिल्ला स्तरीय निकायको भुमिका समेत निर्वाह गर्ने अभियानले जनाएको छ ।

Tuesday, April 8, 2014

यो के हो महोदय ?



सोमबार मधेशसंग सम्बन्धीत ५ ओटा संघसंस्थाले संयुक्त ध्यानकार्षन विज्ञप्ति निकाल्दै संजय साहको वारेमा सदभावना पार्टीको आवाज मा सही थप्दै साहको बचाउमा जुटेको देखिन्छ । आफुलाई पुर्ण रुपमा स्वतन्त्र भनाउने यी संस्थाहरुले संजय साहको लागी नै मुख्यगरी विज्ञप्ति निकाले देखिन्छ । हुनत अरु विभिन्न मुद्धाहरु समावेश गर्दै साहको मुद्धा पनि एउटा वुद्धामा मात्रै समेटेको कतिपयले भन्नालान । तर, उदेक लाग्दो कुरा त के भन्ने यसमा मधेशी पत्रकारहरुको प्रतिनिधीत्व गर्दै आएको दाबी गर्ने मधेशी पत्रकार समाज देखि आम मधेशी नागरिकको पक्षमा अभियान चलाउने मधेशी नागरिक समाज पनि छन ।

Sunday, April 6, 2014

कार्यदलको अन्तिम बैठक भोली बस्दै


 
एकिकरणको प्रक्रियामा रहेका तीन मधेशी पार्टीका दोस्रो तह नेताहरु सम्मलीत कार्यदलको अन्तिम बैठक भोली बस्दै छ । विहीवार र आज गरी कार्यदलले दुइ चरणको छलफल गरी सकेको छ । एक नेताका अनुसार भोली छलफल भएका विषयहरुलाई लिपीवद्ध गरी अध्यक्षहरु बुझाउने तयारी कार्यदलले  गरेका हुन । विहीवार र आज भएको छलफलमा कार्यदलले पार्टीको संरचना, नेतृत्व मोडेल, पार्टीको नाम, चुनाव चिन्ह र भण्डा लगायतका बिषयहरुमा छलफल गरेको छ ।

Friday, April 4, 2014

स्थानिय निकाय पुर्नसंरचनाको पक्षमा मधेशी पार्टीहरु


सरकार समर्थित दलहरु सहित चौतफर्ती स्थानिय निकायको निर्वाचनको लागी जोडतोडका साथ आवाज उठिरहेकोे बेला मधेशी पार्टीहरु संघीय व्यवस्था संगै स्थानिय निकायको पुर्नसंरचना गर्नु पर्ने मागको वारेमा छलफल शुरु गरेको छ । शुरु देखि नै संघीयता विना स्थानिय निकायको निर्वाचनमा जानु नहनु आवाज उठाउदै आएका मधेशी पार्टीहरुका नेताले नयां संविधान संगै संघीय सहितको नयां व्यवस्था सहित स्थानिय निकायको पुर्नसंचनाको लागी उच्च स्तरीय आयोग बनाउनु पर्ने माग अघि सारेको छ । दुई हप्ता अघि तमलोपाको पार्टी कार्यलयमा सबै मधेशी पार्टीहरुको दोस्रो तहका नेताहरुको पहलमा भएको एउटा बैठकले त्यसवारे सबै मधेशी नेतृत्वलाई कन्भीन्स गरेर उक्त माग सामुहिक रुपमा अघि ल्याउने तयारीमा उनीहरु जुटेका छन । बैठकमा मात्रिका यादव, प्रचण्ड नेतृत्वको एमाओवादी लगायतका पार्टीहरुका प्रतिनिधीहरुको समेत सहभागीता थियो ।

Thursday, April 3, 2014

के महन्थ ठाकुरले आफनो राजनितीक हत्या गर्लान ?


मन्त्रीपरिषदवाट २६ जनाको मनोयनको गृहकार्य चलीरहेको बेला हिजो बुधवार प्रधानमन्त्री सुशिल कोईरालाले तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई भेटेर छलफल गरेका छन । उक्त छलफलसंगै ठाकुर २६ को कोटामा मनोनित हुने चर्चा सर्वत्र हुन थालेका छन । यद्यपी ठाकुरले यस बारेमा केही बेलेका छैन । तर तमलोपा भित्रै केही समय देखि यसको वारेमा अडकलवाजी हुदै आएका थिए । ठाकुरको मनोयनलाई कतिपय तमलोपाकै अगुवा नेताहरुले सुनिश्चित भएको बताउदै आएका छन । तर के ठाकुर साच्चिकै २६ को कोटामा मनोयन हुन लागेकै हुन त ? दोस्रो संविधानसभामा सर्लाही क्षेत्र नम्बर ६ वाट पराजित भएका ठाकुर पहिलो संविधानसभामा पनि मनोनित भएरै सभासद भएका थिए । उनी प्रत्यक्ष तिर पहिलो संविधानसभामा पनि पराजित भएका थिए । दुइ दुई पटक लागातार पराजित हुनु र यस पाली त सम्रग पार्टी नै नराम्ररी पराजित भएको वेला ठाकुर २६ को कोटावाट सभासद मनोयन हुनु कतिको उचित होला उनको राजनितीक भविष्यको लागी ?

Wednesday, April 2, 2014

एकिकरणको आवरणमा यादव र गच्छदारको राजनितीक युद्ध


होली पुर्व तीन मधेशी पार्टीहरु विच एकिकरण हुन गाहोे छ भन्ने कुरा आयो । नेताहरु समान्य रुपमा केही बोल्न सक्ने अवस्थामा नभएका कारण होली पछि जे हुन्छ त्यो तपाइहरु हेरिहाल्नु हुन्छ भनेर पन्छिए । होलीको झण्डै ५ दिन पछि यो संवाददाता सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई फोन गरेर कहिले बैठक छ भनेर सोध्दा, उनी पुरै अल्मलीएको पाए । उनले भने, ए हो रैछ, होली पछि त एकिकरणको वारेमा ठोस रुपमा बैठक गर्ने कुरा थियो । उनीसंग कुरा गर्दा स्पष्ट रुपमा के बुझन गाहे भएन भने, एकिकरण फगत यी तीन नेताको एउटा वाहाना मात्रै थियो । तर महतोले चाही म ठाकुरजी संग सम्पर्क गर्छु र यो हुन्छ वा हुदैन वा को को एकिकरण गर्न सहमत छ लगायत प्रष्ट रुपमा कुराहरु टुगांउने छु । म त्यही कुरा दलानमा लेखेको पनि थियो । एकिकरणको टुगों चाडै लाग्ने शिर्षकमा म एउटा सानो समाचार पोष्ट गरे । समाचार पोष्ट गरेको भोली पल्ट विहानै महतोकै अत्यन्तै एक जना नजिकका युवा नेताले मलाई क्लोज च्यापटरको समाचार किन लेख्नु भयो भनेर मजाक उडायो । यती कुराले म के मा ढुक्क भए भने, एकिकरण फगत यी शिर्ष नेताहरुको बच्ने दाउ मात्रै थियो ।

Tuesday, April 1, 2014

नेतृत्वको वारेमा कुनै कुरा भएको छैन - उपेन्द्र यादव


 
तीन मधेशी पार्टी विचको एकिकरणको लागी नेतृत्वको वारेमा कुनै कुराकानी नभएको मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले बताएका छन । आज दलानसंग कुरा गर्दै यादवले केही मिडियामा आएको समाचारप्रति असन्तुष्टिी जनाउदै भने, समाचारमा आएको जस्तो नेतृत्वको वारेमा कुनै छलफल नै भएको छैन । पछिल्लो केही समय यता यी तीन दलकै कतिपय नेताहरुले महन्थ ठाकुरको नेतृत्व स्विकार्न यादव तयार भईसकेको भन्दै समाचार आएका थिए । अनौपचारिक कुराकानीमा अहिले पनि यी तीनै दलका दोस्रो तहका नेताहरुले ठाकुरको नेतृतव एकिकरण हुन लागेको बताउने गरेको छ । तर यादवले आज त्यस्तो कुनै पनि सम्भावनाको वारेमा अहिले सम्म कुनै छलफल नै नभएको बताए । अहिले सम्म त्यस्तो कुनै छलफल नै भएको छैन, त्यसैले यसको वारेमा म अहिले केही बोल्दीन, यादवले भने, सिद्धान्तमा सहमती भएको छ, अब हामी संगठनको संरचनाको वारेमा छलफल गर्छाै, र त्यसपछि कस्तो संरचनामा नयां पार्टी बनाउने निक्र्यौल गरेपछि मात्रै नेतृत्वको वारेमा छलफल हुन्छ ।
 
यसअघिको तीन दलको नेताहरु सम्मलीत कार्यदलले एक जना अध्यक्ष र दुइ जना कार्यकारी अध्यक्ष अथवा तीनै जना अध्यक्षहरुले आलोपालो गरी सामुहिक प्रणाली सहितको नेतृत्व मोडोल शिर्ष नेताहरुलाइ सुझाएका थिए । तर हालैको केही बैठक पछि शिर्ष नेताहरुले फेरी कार्यदललाइ नै यी लगायतको अन्य कयौन विवादित मानिएको बिषयमा छलफल गर्न लगाएका छन ।  एकिकरण गर्ने सैद्धान्तिक सहमती गरेका यी तीन दल विगत चार महिना देखि यो प्रक्रियामा आबद्ध छन ।