Sunday, March 30, 2014

एकिकरण बैठक - सैद्धान्तिक मस्यौदामा सहमती, विद्यानको जिम्मा कार्यदललाइ


 
एकिकरणको प्रक्रियामा रहेका तमलोपा, फोरम नेपाल र सदभावना पार्टीले नयां एकिकृत पार्टीको सैद्धान्तिक मस्यौदामा सहमती गरेका छन । सदभावना पार्टी कार्यलयमा आज भएको तीन दलको बैठकले सैद्धान्तिक मस्यौदामा सहमती गर्दै विद्यान माथी छलफल गरेर पेश गर्ने जिम्मा कार्यदललाइ दिएको छ । गत साता फोरम नेपालका अध्यक्ष एकिकृत नयां पार्टीको सैद्धान्तिक मस्यौदा पेश गरेका थिए । उक्त मस्यौदामा तमलोपा र सदभावनाले समान्य केही बुदाहरु थप्न यादवलाई सुझाव दिएका थिए ।

म्स्यौदामा सहमती संगै तीनै पार्टीका अध्यक्षहरुले कार्यदललाइ विद्यान माथी छलफल गरेर प्रतिवेदन पेश गर्न भनेका छन । विद्यानमा मुख्यगरी पार्टीको नाम, झण्डा, पाटीृको तल्लो स्तर देखि माथिल्लो स्तर सम्मको संरचना भएकाले त्याहा रस्साकस्सी हुने सम्भावना हुन्छ । यद्यपी कार्यदलले यस अघि नै एक चोटी यी बिषयहरु माथी छलफल गरेर एउटा रिर्पोट शिर्ष नेताहरुलाइ बुझाई सकेका छन ।

ऋाजको बैठकमा तमलोपा अध्यक्ष ठाकुरले यी रिर्पोट माथी फेरी एकचोटी छलफल गरेर परिमार्जन गर्न सुझाएको एक नेताले बताए । निर्वाचनमा पराजय व्योहारेका यी मधेशी पार्टीहरु गएको पुष देखि नै एकिकणको बिषयमा छलफल गर्दै आएका छन । हुनत निर्वाचन पुर्व पनि एकिकरणको प्रयासमा तमलोपा अध्यक्ष ठाकुर लागेका थिए । तर उनी सफल हुन सकेन । कतिपयले तमलोपा भित्रै अध्यक्ष ठाकुरका केही आसेपासेको दाहोरो भुमिकाका कारण ठाकुरको उक्त प्रयास सफल नभएको बताउने गर्छन ।
 
निर्वाचन पछि पनि चर्चामा रहेको एकिकरणमा तीनै ठाकुरका हनुमानहरुको दाहोरो भुमिकाका कारण वेलावखत नाकारात्मक कुराहरु आउने गरेको र एकिकरण विथोल्न लागेको आभास हुन थाल्छ । र तीनै हनुमानहरुले सबै भन्दा पहिला फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको नाम अघि सार्ने गरेको छ । पछिल्लो केही बैठकहरुमा उपेन्द्र यादव अत्यन्तै साकारात्मक भुमिका देखाएको भन्दै सबैले प्रशंसा गर्न थालेको छ । त्यसैले कतिपय भित्रियाहरुको बुझाई एकिकरण वडो रोमान्चक मोडमा पुगेको देखिन्छ ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete