Saturday, March 29, 2014

तेह्रौ राष्ट्रिय हिन्दी सम्मेलन शुरु


नवलपरासी/ तेहौ राष्ट्रिय हिन्दी सम्मेनल परासीको बालमन्दिरमा शुरु भएको छ । सम्मेलनको पहिलो दिन पुर्वनिर्धारित कार्यक्रम अनुसार विभिन्न विधाका साहित्यकारलाई सम्मान गरिनुका साथै सांस्कृतिक कार्यक्रम र विभिन्न संघसस्था र राजनीतिक दलका प्रतिनिधिहरुले हिन्दी भाषाको महत्व र आवश्यकताबारे प्रकास पारेका हुन् ।
 
नेपाल हिन्दी प्रतिष्ठानका राष्ट्रिय अध्यक्ष बरिष्ठ पत्रकार राजेश्वर नेपालीको अध्यक्षता शुरु भएको सम्मेलनमा परासी स्थित पाल्ही क्याम्पसका सह प्रध्यापक कैलाश महतो,धनुषाका अखिलेस झा,नेपालगंजका श्यामानन्द सिंह,हिन्दी गजलकार मोहम्मद मुस्तफा,कवि सरेन्द्र गुप्ता,कपिलबस्तु जिल्ला तौलिहवाका राघवेन्द्र श्रीवास्तव,बरिष्ठ संगितकार प्राध्यापक धन बहादुर नेपाल,पण्डित होमनाथ उपाध्याय,प्राध्यापक विष्णु अर्याल,राष्ट्रिय तबला वादक संगित मण्डल,भारतिय साहित्यकार डा.मोहन चन्द्र बहुगुणा र काठमाडौंका बरिष्ठ पत्रकार रामाशिषलाई सम्मान गरिएको थियो ।

सोही कार्यक्रममा राजार्षि जनक प्रतिभा पुरस्कार(पुरस्कार रासी रु. २५ हजार २५) नवलपरासीका हिन्दी साहित्यकार नन्दलाल मिश्रलाई प्रादन गरिएको थियो । यता पार्वती स्मृति पुरस्कार डा.आशा सिन्हालाई प्रादन गरिएको आयोजकले जनाएको छ । मिश्राका बन्दि स्वर कविता संग्रह,समय सरिता लगायतका कृतिहरु रहेका छन् । दुई दिन सम्म चल्ने सो सम्मेलनमा आईतवार विहान साढे ८ बजे देखी गणतन्त्र नेपाल र हिन्दी विषयक विचार गोष्ठि चल्नेछ । मध्यानः संगठनात्मक विचार विमर्स र दिउंसो २ बजे कवि सम्मेलन सहित साझ ५ बजे घोषणा जारी गरि सम्मेलन सकिने आयोजक समिति सदस्य डा.कौशलेन्द्र बहादुर श्रीवास्तवले जनाए । सम्मेलनमा देश भरिबाट करिब एक सय प्रतिनिधि रहेका छन् । भने भारतबाट समेत पर्यवेक्षकको रुपमा साहित्यकारहरु सहभागि रहेका छन् ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete