Thursday, March 27, 2014

एकिकरण घोषणाको तयारीमा तीन मधेशी पार्टी



 ।

एकिकरणका लागी छलफलमा रहेका प्रमुख तीन मधेशी पार्टीहरु त्यसको घोषणाको तयारीमा जुटेका छन । महन्थ ठाकुर नेतृत्वको तराइ मधेश लोकतान्त्रिक पार्टी, उपेन्द्र यादव नेतृत्वको मधेशी जनअधिकार फोरम नेपाल र राजेन्द्र महतो नेतृत्वको सदभावना पार्टीले एकिकरणको सैद्धान्तिक पक्षमा सहमती गर्दै त्यसको दस्तावेजीकरणमा जुटेका छन । सोसल डेमोक्रेटको मुल सिद्धान्तमा एकिकृत नयां पार्टीको घोषणा हुने नेताहरुले बताएका छन । आज दिउसो तमलोपाको पार्टी कार्यलयमा भएको उक्त तीनै दलको बैठकमा मंगलवार फोरम नेपालका अध्यक्ष यादवले प्रस्तुत गरेको पार्टी मस्यौदा प्रति सहमती जनाउदै केही बुदाहरु थप्न सुझाव दिएका छन । पर्सी शनिवार दिउसो फेरी बैठक बस्ने र उक्त बैठकबाट पार्टीको सैद्धान्तिक मस्यौदालाइ अन्तिम रुप दिने सहमती पनि आज भएको नेताहरुले बताए । शनिवार हुने बैठकले सैद्धान्तिक मस्यौदालाई अन्तिम रुप दिएर नयां पार्टीको विद्यान, घोषणा पत्र लगायतका बिषयमा दस्तावेजीकरण गर्ने जिम्मेवारी पनि तोक्ने कुरामा आज छलफल भएको  थियो ।

तमलोपाको पार्टी कार्यलयमा आज २ घण्टा भन्दा वढी समय सम्म चलेको तीनै दलको बैठकमा तमलोपा र सदभावना पार्टीले पार्टीगत रुपमा आ आफनो सुझावहरु पेश गरेका थिए भने उपेन्द्र यादवले मस्यौदाको वारेमा थप बोलेका थिए । यादवले मंगलवार पेश गरेको सैद्धान्तिक मस्यौदामा नयां पार्टीको नाम समाजवादी लोकतान्त्रिक फोरमको प्रस्ताव गरेका छन । शिर्ष नेताहरुले पार्टीको नामवारे कार्यदलका सदस्यहरुलाई छलफलको बिषय नबनाउन मंगलवार नै भनिसकेका थिए । अर्को बैठक पर्सी सदभावनाको पार्टी कार्यलयमा दियसो ३ बजे बस्ने भएको छ । सैद्धान्तिक मस्यौदाको अन्तिम टुगो लागेपछि विद्यान, घोषणा पत्र लगायतको वारेमा दस्तावेजीकरण गरेर सबै पार्टीको केन्द्रिय कार्यसमितीको बैठकवाट अनुमोदन गराउनु पर्ने हुन्छ ।

संसदमा संगै बस्ने

एकिकरणको घोषणामा केहि समय लाग्ने भएपनि यी तीन मधेशी पार्टीहरु संसद र संविधानसभामा संगै बस्ने र कुनै बिषयमा बोल्नु पर्दा सबै जना एकै स्वरमा बोल्ने सहमती आज गरेका छन । कानुनी रुपमा एकिकरण घोषणा गर्न केही समय लाग्ने भएकाले तीनै दलहरुको सभासदहरुलाइ सहकार्य गर्न आजको बैठकमा सहमती भएको बैठकमा सहभागी नेताहरुले बताए । दोस्रो संविधानसभामा तमलोपाको ११, फोरम नेपालको १० र सदभावना पार्टीको ६ जना सभासद छन । संबिधानसभामा तत्काल सहकार्य कसरी गर्ने बारेमा विज्ञहरु संग समेत छलफल गर्ने कुरा आजको बैठकमा भएको नेताहरुले बताएका छन । 

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete