Wednesday, March 26, 2014

उपेन्द्र यादवको प्रस्तावमा तमलोपा र सदभावनाले भोली सुझाव दिने

एकिकरणको प्रक्रियामा रहेका प्रमुख तीन मधेशी पार्टीहरुको भोली बस्ने बैठकमा उपेन्द्र यादवले हिजो प्रस्तुत गरेको सैद्धान्तिक प्रस्तावनामा आ आफना सुझावहरु राख्ने तयारी गरेका छन । त्यसका लागी आज तमलोपा र सदभावनाको आन्तरिक बैठक बसेको थियो । सदभावना पार्टीले यादवको प्रस्तावनालाइ अन्त्यै साकारात्मक भन्दै त्यसमा तीन ओटा बुदा थप्ने सुझाव दिने निर्णय आज गरेका छन । सदभावनाले गजेन्द्र नारायण सिंहको इतिहास, मधेशमा भएको सबै आन्दोलनको पृष्टभुमि र शहिदहरुको वलिदानीको वारेमा सुझाव बुदाको रुपमा औल्याएका छन । त्यसैगरी तमलोपाको आज भएको बैठकमा अध्यक्ष महन्थ ठाकुरले पार्टीका नेताहरुलाई केही सुझाव भए लेखेर भोली पेश गर्न भनेका छन । तीन दलको संयुक्त बैठक भोली दिउसो ३ बजे बस्दै छ ।  यादवले प्रस्तुत गरेको ६ पेज लामो प्रस्तावनामा नया पार्टीको नाम समाजवादी लोकतान्त्रिक फोरम, नेपाल उल्लेख गरिएको छ भने पार्टीको उदे्श्य र तत्कालिन मुद्धाहरुको वारेमा बुद्धागत रुपमा उल्लेख गरिएको छ


उपेन्द्र यादवले पेश गरेको पार्टी प्रस्तावनाको प्रारम्भीक मस्यौदामा के के छ ? 

 

 

पार्टीको उदेश्य - 
१, नेपालमा विद्यमान रहेको जातीय, लेगिंक एवं क्षेत्रिय लगायत सवै प्रकारका विभेद, असमानता, शोषण, उत्पीडनको अन्त्य गरी स्वतन्त्रता, समानता, भातृत्व र समाजिक न्यायमा आधारित स्वाधिन एवं आत्मनिर्भर राष्टिय अर्थतन्त्र सहितको समाजवादी लोकतन्त्र एवं समतामुलक समाजको स्थापना गर्न निरन्तर संघर्षशिल रहने ।
२, प्रादेशिक स्वायत्ता सहितको संघीय शासन प्रणली, लोकतान्त्रीक गणतन्त्र, आत्मनिर्णयको अधिकार, समावेशी लोकतन्त्र, धर्म निरपेक्षता, बहुसास्कृतिक र बहुलवाद, राष्टिय स्वाधिनता र भौगोलिक अखण्डता, मानव अधिकार तथा प्रेस स्तन्त्रता, राष्टिय सामुदायीक पहिचानको मान्यता, प्रतिस्पर्धात्मक बहुदलीय राजनितीक प्रणाली, संबैद्यानिक सर्वोच्चता र विधीको शासन, समाजिक लोकतान्त्रीक अर्थ व्यवस्था, समाजीक सुरक्षा, लोककल्याणकारी राज्य, सकारात्मक विभेद सहितको अरक्षण, समानुपातिक र समावेशी प्रतिनिधित्व प्रणाली, आवद्यीक निर्वाचन, स्वतन्त्र तथा निष्पक्ष न्याय प्रणली, समाजीक सुरक्षा, खाद्यसुरक्षा, पर्यावरणीय सुरक्षा र समाजिक न्याय जस्ता सर्वमान्य लोककल्याण्कारी मुल्य र मान्यतालाई राजनिती संवैधाानिक व्यवस्था गराउन संघर्षरत रहने ।
३, रचनात्मक कार्यहरुलाई प्रोत्साहन गर्नुको साथै लोकतान्त्रिक प्रणालीको माध्यम द्धारा सबै प्रकारका समाजिक, आर्थिक, सास्कृतिक, राजनितीक अन्याय एवं शोषणलाई अन्त्य गर्ने ।


तत्कालिन मुद्धाहरु

१, आत्मनिर्णयको अधिकार स्वशासन सहितको स्वायत प्रदेशहरुको स्थापना गर्नका लागी संघर्षरत रहने ।
२, राष्टिय जातीय तथा क्षेत्रिय पहिचान र सामथ्र्यलाई मुल आधार मानी क्षेत्रिय जातीय आधारमा संघीयता सहितको राज्य पुर्नसंरचना गर्ने, गराउने ।
३, स्वायत्त प्रदेश भित्र विशेष संरचना सम्बन्धी व्यवस्थागरी एक जाती समुदाय वा भाषाको बाहुल्य रहेको वा सघन उपस्थितको अवस्था रहेको क्षेत्रलाई स्वायत्त क्षेत्र, अल्पसंख्यक, लोपोन्मुख र अतिसिमान्तकृत रुपमा रहेका जाती समुदाय र संस्कृतिक क्षेत्रको संरक्षण गर्ने संरक्षित क्षेत्र र कुनै क्षेत्र वा बिषयको विकासको लागी विशेष क्षेत्रको स्थापना एकाइको रुपमा गर्ने ।
४, केन्द्र र प्रदेशको विचमा साधन, स्रोत र शक्तिको न्यायोचित बाडफाड गर्ने जसमा केन्द्र संग सम्बन्धित सरोकारका बिषयहरु ः अन्तराष्टिय सम्बन्ध, मुद्रा, राष्टिय सुरक्षा तथा संचार लगायत बिषयहरु केन्द्र (संघ) को मातहत र प्रादेशिक सरोकारका बिषयहरुका साथै अवशिष्ट अधिकारहरु प्रदेश (राज्य)को मातहत राख्ने ।
५, राजनितीक प्रतिनिधित्व, राजनितीक नियुक्त, सुरक्षा निकाय, न्यायपालिका, संवैद्यानिक निकाय, सार्वजनिक संस्थान, शिक्षा, स्वास्थ्य लगायत राज्यका सम्पुर्ण अड र तहमा युगौदेखि बहिष्करणमा परिएका वा पारेका जातजाती मधेशी, आदीवासी जनजाती, मुस्लीम, थारु, दलित, महिला, पिछडावर्ग एवं सिमान्तकृत तथा लोपन्मुख समुदाय लगायतको पहिचान गरी संवैद्यानमा नै सुचिकृत गर्ने । सरकारी सेवाहरुमा  नियुक्त र पदोन्न्ती समेतका लागी समानुपातिक समावेशिकरण र सकारात्मक विभेदको सिद्धान्तको आधारमा संविधानमा नै कोटा सुनिश्चित गर्ने ।
६, राजनितीक प्रतिनिधीत्व, संवैद्यानिक निकाय, सरकारी सेवा लगायत राज्यको सम्पुर्ण क्षेत्र र तहमा महिलाको लागी न्युनतम ३३ प्रतिशत र दलितको लागी १४ प्रतिशत आरक्षणको व्यवस्था गर्ने ।
७, समावेशी तथा पुर्ण समानुपातिक निर्वाचन प्रणलीको व्यवस्था सुनिश्चित गर्ने ।
८, बाच्न पाउने, शिक्षा, स्वास्थ्य, आवास, रोजगार, खाद्य सुरक्षा र समाजिक सुरक्षाको अधिकारलाई संविद्यानमा मौलिक हकको रुपमा स्थापित गर्ने र सोको दायीत्व राज्यले नै बहन गर्नु पर्ने संवैद्यानिक व्यवस्था गर्ने ।
९, छुवाछुत जस्ता अमानवीय परम्परा र कार्यलाई गम्भीर अपराध मानी कानुनी र व्यववहारिक रुपमा अबिलम्ब अन्तय गर्ने ।
१०, आदीवासी जनजाती, मधेशी, दलीय, मुस्लीम, थारु, महिला, अल्पसंख्यक तथा सिमान्तकृत समुदाय, अपाड, सुकुम्बासी, श्रमजीवी, पिछडिएको क्षेत्रका जनताको नागरिक तथा राजनितीक अधिकार र आर्थिक, समाजीक एवं संस्कृतिक अधिकारलाइ संविधानमा सुनिश्चित गराउने ।
११, आदीवासी जनजाती अधिकार समबन्धी राष्ट संघीय घोषणापत्र र आइएलओ महासन्धी १६९ लागु गराउने ।
१२, सरकारको सबै तह र अडको कामकाज बहुभाषीक निती अन्र्तगत गराउने ।
१३, आन्तरिक औपनिवेशिकरण लाई अन्तय गरी आत्मनिर्णयको अधिकार, स्वशासन, सहित स्वायत्त मधेश प्रदेश लगायत विभिन्न स्वायत्त प्रदेशहरुको स्थापना गर्न निरन्तर रुपमा संघर्षरत रहने ।
१४, नेपालमा पछाडी पारिएका वा परेका जातीय, भाषीक तथा धार्मिक अल्पसंख्यक समुदायहरुको लागी उनीहरुको अधिकारको प्रत्याभुति गराउने संवैद्यानिक अल्पसंख्यक आयोग गठन गरिनु पर्दछ । राष्टिय वा जातीय, धार्मिक र भाषीक अल्पसंख्यकका आधारमा व्यक्तिहरुको अधिकार सम्बन्धीघोषणा पत्र १९९२ को आधारमा अल्पसंख्यक, सिमान्तकृत एवम बहिष्करणमा परिएका समुदायको हक, अधिकारको प्रत्याभुति गराईनु पर्दछ ।
१५, संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा स्वायत्त प्रदेशहरु अन्र्तगत स्थानिय  निकायको रुपमा गाउपालिका र नगरपालिका रहनु पर्दछ । स्थानिय तहको नाम, संख्या, सिमा र क्षेत्र निर्धारण गर्न उच्च स्तरीय आयोग गठन गर्नु पर्दछ । सो आयोगले स्थानिय सरकार अर्थात स्थानिय स्वायत्त शासन संचालन गर्न र सो को मर्म अनुकुल हुने गरी सापेक्षिक रुपमा समान जनसंख्या, भौगोलिक तथा प्रशासनिक अनुकुलता, जनसंख्याको घनत्व, यातायातको सुविधा, प्राकृतिक स्रोत र साधनको अवस्थित र सम्बन्धीत क्षेत्रका बासीन्दाको सांस्कृतिक तथा सामुदायीक पक्षलाइ ध्यान दिनु पर्ने छ । स्थानिय निकायहरुलाई साधन, स्रोत माथीको अधिकार, आर्थिक अधिकार, कार्यकारिणी र न्यायिक तथा अर्थ न्यायिक अधिकार सहितको क्षेत्राधिकारको व्यवस्था गरिनु पर्दछ । स्थानिय निकायको पुन संरचना, निर्वाचन प्रणली, गठन प्रक्रिया, क्षेत्राधिकार आदीको संवैद्यानिक एवं कानुनी व्यवस्था गरेर मात्र निर्वाचन गराउन उपयुक्त हुन्छ ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete