Tuesday, March 25, 2014

एकिकरण मुर्त रुप लिदै


बहुचर्चीत प्रमुख तीन मधेशी पार्टी विचको एकिकरण ठोस रुपमा अगाडी बढेको छ । आज बेलुकी तराई मधेश लोकतान्त्रिक पार्टीको कार्यलयमा भएको बैठकमा एकिकृत नयां पार्टीको सैद्धान्तिक अवधारणा समेत प्रस्तुत भएको नेताहरुले बताएका छन । फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले लोकतान्त्रिक समाजवादी सिद्धान्तमा आधारित नया पार्टीले समावेशी, समान न्यायको पक्षमा उभिने जस्ता केही मुख्य बुद्धाहरु समेटेर सशक्क्त पार्टीको अवधारण प्रस्तुत गरिएको बैठक स्रोतले दलानलाई बताएका छन । बैठकमा प्रस्तुत ६ पेज लामो उक्त अवधारणा माथी भोली तीन ओटै पार्टीमा छलफल गराएर पर्सी फेरी संयुक्त बैठक गर्ने सहमती भएको छ ।
निर्वाचनमा अप्रत्यासी हार व्योहोरेका यी मधेशी पार्टीहरु विच गएको तीन महिना देखि एकिकरणका लागी छलफल भईरहेको छ । मुख्यगरी तमलोपाका अध्यक्ष महन्थ ठाकुरको अगुवाईमा शुरु भएको यो अभियान मुर्त रुप लिन लागेको स्रोतको दाबी छ । चाडै एकिकृत पार्टीको घोषणा हुन लागेको स्रोतको दाबी छ । गएको आईतवार तीन अध्यक्षहरुको गोप्य बैठक भएको र एकिकरण वारेमा ठोस सहमती भएको स्रोतको दाबी छ । त्यही बैठक पछि आज तमलोपा पार्टी कार्यलयमा तीनै अध्यक्षहरु सहित कार्यदलका सदस्यहरुको संयुक्त बैठक बसेको थियो ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete