Sunday, March 23, 2014

गच्छदारको नया जेल जीवन


 
निर्वाचनमा अप्रत्यासीत हार व्योहोरेपछि मधेशी पार्टीहरु भित्र खैलाबैला मचेको अनुभुती हुन्छन अचेल । र त्यसको सिधा तारोमा परेका छन शिर्ष नेतृत्वहरु । त्यही भएर होला बेलाबखत यी शिर्ष नेताहरु याहा बैठकमा छन त कहिले त्याहा बैठक गरेर यो वा त्यो गर्दै छन भनेर खबरहरु आउने गर्छन । तर पछिल्ला एक महिना देखि विजय गच्छदार के गर्दै छन ? कमै लाई थाहा होला कि उनी अचेल उनकै भाषमा भन्ने हो भन्ने जेल जीवन विताई रहेका छन ।
 
गच्छदार किन जेल जीवन विताईरहेको होला ? के उनले विगतमा गरेको भ्रष्टाचार वा अन्य केही अपराधिक कामका लागी ? यदी तपाई यस्तो सोच्नु हुन्छ भन्ने तपाई गलत हुनुहुन्छ । गच्छदारले अहिले जेल जीवन विताउनुको पछाडी विगतमा उनले आफनो स्वास्थ्य संग गरेको खेलवाडको सजाय स्वरुप जेलरुपी जीवन काटीरहेका छन ।

झण्डै १ महिना हुन लाग्यो सबै भन्दा ठुलो मधेशी पार्टी मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदार कसैसंग बोल्न पाएका छैनन । घाटीमा समस्या देखीएपछि गच्छदार वरिष्ट घांटी रोग विशेषज्ञ डा राकेश श्रीवास्तवसंग उपचार गराउन पुगे । डा. ले घाटीमा देखिएको समस्याको उनलाई अपरेशन गरेर १५ दिन सम्म नबोल्न भने, घाटीमा अली वढी नै समस्या भएकाले गच्छदारले नाई भन्न सकेन । वरु डाक्रले नै सुझाए, तपाई राजनिती गर्ने मान्छे, याहा नबोलीकन बस्न गाह्ै होला, त्यसैले विदेश तीरै जानुस १५ दिनका लागी उपचार गराएर फर्कनु । तर गच्छदारलाई त्यो सुझाव त्याी जायज लागेन, उनले भने, म विदेशमा गएर उचार गराउन थाले भने याहा मिडियाले नानाथरी लेख्न सुरु गर्छन । त्यसैले जे हुन्छ, म यही बसेर उपचार गराउछू र डाक्टरको सल्लाह बमोजीम कोईसंग बोल्दीन । त्यसपछि डाक्टरले अपरेशन गरेर भोकल रेस्टका लागी गच्छदारलाई सिफरिस गरे । 
 
 त्यही सिफरिस अनुसार गच्छदार अहिले कसैसंग बोलेका छैन । मधेशी पार्टीहरु विच एकिकरण देखि २६ जनाको मनोयन हुदै आन्तरिक विवादले हट केक जस्तो देखिन्छ । तर गच्छदारलाई यो सबै कुराले खासै छोएको देख्दैनन । पछिल्ला केही दिन यता उनी दिउसो तिर पार्टी कार्यलय तिर पनि आकल झुकल देखिन्छ तर कसै संग बोलचाल हुदैन । त्यसतै केही पर्यो भने उनले कागजमा लेखेर बताउछन । आज बिहान दलानसंगको भेटमा उनले लेखेरै भने, म अहिले अर्को जेल जीवन बचीरहेका छु । यो अत्यन्तै गाहे छ, एउटा राजनिती व्यक्तिका लागी । हुनत म पहिला पनि पटक पटक जेलमा बसीसकेको छु । तर अहिले घरमै बसेर पनि कसैसंग बोल्न नपाउदा मलाई जेल भन्दा पनि वढी कठिनाई भइरहेको छ ।
 
 ५ बर्ष अघि सिंगापुरमा पनि गच्छदारको घाटीको अपरेशन गरिएको थियो तर डाक्टर सल्लाह बमोजीम त्यतीवेला उनी भोकल रेस्टमा बसेनन । पछि पनि खासै त्यसको नाकारात्मक अनुभुती भएनन उनलाई । तर दोस्रो संविधानसभाकै क्रममा उनको वास्तविक आवाज गुम्यो । निर्वाचन पछि काडमाडौ आउदा डाक्टर संग सल्लाह गर्दा फेरी उपचार गराएर भोकल रेस्टको विकल्प नभएको बताए । भर्खरै निर्वाचन सक्दाको धपेडी यता काठमाडौमा मधेशी राजनितीमा पाकिरहेको नयां नयां सम्भावना, सबैलाई त्याग्नु पर्ने बाध्यता आईलाग्यो गच्छदारको सामुने । र विगतमा स्वास्थ्य संग गरेको खेलवाडका कारण यसपटक उनी सबै लाई तत्काल त्यागेर स्वास्थ्यलाई प्राथमिकतामा राखे । कतिपयले त उनकै भोकल रेस्टका कारण मधेशी पार्टीहरु विच पाक्ने कयौन नाया खेलहरु अचेल त्यतीकै थन्किरहेको बताउछन ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete