Saturday, March 22, 2014

जुरमुराउदै मधेश केन्द्रित अभियानहरु


दोस्रो संविधानसभाको निर्वाचनमा अप्रत्यासित हार व्योहोरे पछि काठमाडौमा एक थरीले अब बिस्तारै मधेश राजनिती समाप्त हुने अडकलवाजी गर्न थालेको पाईन्छ । कतिपय मधेश केन्द्रित बुद्धजीवीहरु नै समेत उक्त कुरामा सत्यता भएको तर्क कतिपय ठाउमा सुन्ने गरेको पाईन्छ । तर चुनाव अघि नै मधेश राजनितीको एउटा खेमाले वर्तमान नेतृत्ववाट मधेशको राजनिती उभो नलाग्ने बताएका थिए । र भयो पनि त्यस्तै । निर्वाचनमा लज्जाजनक हार व्योहोरेका मेधेशी नेतृत्वहरु निर्वाचन पछि आफुहरु एकिकरण गरेर मधेशमा नया सन्देश दिने बताएका थिए । तर समानुपातिक सभासदको छनौटमा भएको नेतृत्वको व्यापार र नेतृत्व मोहका कारण अन्नतह एकिकरण पनि सम्भव देखिन छाडेका छन । त्यसैले होला मधेशी पार्टीहरुसंग आवद्ध युवाहरुको जमात जो मधेश आन्दोलनवाट राजनितीमा छिरेका थिए, उनीहरु विकल्पको रुपमा कसरी नयां शक्ति बनाउने अभ्यासमा जुटन थालेका छन । पछिल्ला केहि हप्तामा त्यसका केही महत्वपुर्ण कामहरु भएको देखिन्छ । मधेश राजनितीको केही अग्रज पुस्ताहरुले हालै सदभावना परिषद ब्युताउने घोषणा गर्नु, सबै मधेशी पार्टीहरुको युवाहरु मिलेर स्वाभिमान मधेशी नाम अभियान थाल्नु, उता सिके राउत र जेपी गुप्ताको अभियान मधेशको सतहमा एउटा खालको वातावरण बनाउदै जानुले कतै मधेश राजनिती नयां चरणमा त प्रवेश गर्न लागेको होइन भने सकेंत प्रस्ट रुपमा गर्न थालिएको छ ।

अघिल्लो साता मात्रै काठमाडौको गौशालामा सदभावना पार्टीका संस्थापक अध्यक्ष गजेन्द्र नारायण सिंहको सुरवाती स्वकीए सचिवको रुपमा काम गरेका जेपी सिंहको अगुवाईमा एउटा बैठक सम्पन्न भयो । उक्त बैठकले सदभावना परिषद नाम संस्था गठन गरी मधेश राजनितीको लागी अभियान थाल्ने निर्णय गरेको छ । सदभावना परिषद आज भन्दा २५ साल पहिला गजेन्द्र नारायण सिंह सहितको एउटा समुहले गठन गरी मधेशमा सक्रिय भएको थियो । जुन ०४६ पछि सदभावना पार्टीको रुपमा सार्वजनिक भयो । बलराम नायकको नेतृत्वमा हालमा आएर फेरी गठन गरिएको परिषदले मधेशको जिल्लाहरुमा गएर मधेश राजनितीलाई सशक्त बनाउने अभियान थालेका छन ।

उता निर्वाचन लगतै काठमाडौमा सबै मधेशी पार्टीहरुको युवाहरु संयुक्त सन्जाल गठन गरेर आन्तरिक रुपमा केही महत्वपुर्ण बैठकहरु सम्पन्न गरिसकेका छन । उनीहरुको सन्जालमा मधेश केन्द्रित नयां शक्तिको वारेमा निरन्तर छलफल गर्दै आईरहेका छन । हालैको दिनमा स्वाभिमान मधेश नाम एउटा अभियान फेसबुक मार्फत देखिनुलाई कतिपयले तीनै युवा जमातको सक्रियताको उपज मानिरहेका छन । यद्यपी यी स्वाभिमान मधेश कसले कुन उदेश्यका साथ सुरु गरेको अधिकारिक जानकारी अहिले आईसकेको छैन । तर एउटा मधेशी पार्टीका एक युवा नेताका अनुसार यी अभियानले मोरड, सुनसरी, सप्तरी तिर राम्रो छाप छोडन थालेका छन । उता वैज्ञानिक सिके राउतको लौट चले मधेश अभियान पनि मधेशमा एउटा छुटै अभियान लिएर हिडिरहेका छन । अबको केही महिना पनि देखिन गरी सतहमा राउतको राजनिती वाहिर आउन लागेको उनी निकटस्तहरुको भनाई छ ।
यता निर्वाचन भन्दा पुर्व देखि नै मधेशमा छुटै राजनितीक शक्तिको कुरा गर्दै आएका जेपी गुप्ता जिल्ला जिल्लामा आफनो अभियानको अधिवेशन गराउन थालेका छन । उनले प्रस्ट रुपमा आफनो शक्ति मधेशमा सशक्त आन्दोलन गर्ने जनाईसकेका छन । पछिल्ला केही दिन यता उनी मधेशका सहरहरुमा बुद्धजिवीहरुसंगको छलफललाई पनि तीव्रता दिएको देखिन्छ । जुन सबै छलफलको केन्द्र मधेशमा कसरी आन्दोलन गर्ने र नयां राजनितीक शक्ति बनाउनेमै केन्द्रित रहेको पाइन्छ ।
यसरी एकातर्फ प्रमुख मधेशी पार्टीका नेतृत्वहरु असफल हुनु, तीनै पार्टीहरु युवाहरु नेतृत्व भन्द्या पर गएर छुटै शक्तिको अभ्यास खोज्नु र अर्को तर्फ मधेशको सतहमा त्यसका लागी केही ठोस गतिविधी हुनुले मधेशको भावी यात्रलाई प्रस्ट रुपमा संकेत गरिरहेको देखिन्छ ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete