Friday, March 21, 2014

एकिकरणको टुगो चाडै लाग्ने


होली पछि एकिकरणको अन्तिम तयारीमा जुटने बताएका प्रमुख तीन मधेशी पार्टीहरु चाडै त्यसको टुगों लगाउने तयारीमा जुटेको बताएका छन । आउदो साता हुन लागेको तीनै पार्टीहरुको शिर्ष नेताहरुको बैठकले एकिकरणको वारेमा ठोस धारणा तय गर्न लागेको एक शिर्ष नेताले बताए । एकिकरण गर्ने भए कसरी जाने वा नगर्ने भए किन नगर्ने र को को संग त्यसपछि एकिकरण गर्न सकिन्छ त्यो सबै को वारेमा हामी निर्णयक ढंगले छलफल शुरु गर्न लागेको ती शिर्ष नेताको दाबी छ ।

फागुनको अन्तिम साता तमलोपा अध्यक्ष महन्थ ठाकुरको निवासमा भएको बैठकमा फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आफनो पार्टीमा केही समस्या देखिएको भन्दै होली पछि छलफलमा बस्ने र त्यसको टुगो लगाउने बताएका थिए । यद्यपी फोरम नेपाल भित्रको ठुलो जमात एकिकरणको विपक्षमा देखिएका छन ।
 
होली भएको एक साता वित्न लाग्दा सम्म बैठकको कुनै सुरसार नदेखिए पछि कतै एकिकरण नहुने हो कि चर्चा हुन थालेको छ । तर एक शिर्ष नेताका अनुसार अहिले नै एकिकरण हुदैन भन्ने निष्कर्ष निकाल्नु उचित नभएको बताए । उनले भने, हामी अर्को साता देखि छलफलमा बस्ने तयारी गर्दैछौ, त्यस पछि हामी नै एकिकरणको वारेमा सबै कुरा जनतामा लैजान्छौ । कतिपयको बुझाईमा एकिकरणवाट फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव ब्याक भईसकेका छन । तर त्यसको वारेमा अहिले सम्म कसैले मुख खोलेका छैन ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete