Thursday, March 20, 2014

संजय साहको बचाउ गर्दै सदभावना पार्टी



जनकपुर बम काण्डमा प्रत्यक्ष मुछिएका सभासद तथा पुर्व राज्यमन्त्री संजय साहलाई उनको पार्टी सदभावनाले बचाउ गर्दै प्रधानमन्त्री सुशिल कोइरालालाई आज ज्ञापन पत्र बुझाएका छन । साह सदभावना पार्टीका वरिष्ट उपाध्यक्ष हुन । आज साझ प्रधानमन्त्री कोईरालालाई ज्ञापनपत्र बुझाउदै सदभावना अध्यक्ष राजेन्द्र महतोले जनकपुर बम काण्डको स्वतन्त्र तथा न्यायीक छानबिन गर्ने माग गरेको छ । महतोले प्रधानमन्त्री कोईरालालाई बुझाएको ज्ञापन पत्रमा साह निर्दोष भएको उल्लेख गर्दै निक्ष्पक्ष छानविन गर्न भनेको छ । प्रहरीले विभिन्न प्रमाणको आधारमा उक्त बम काण्डको मुख्य योजनाकार साह भएको भन्दै पक्राउ पुर्जी जारी गरिसकेको छ । प्रहरीले साहलाई पक्रन खाजीरहेको भएपनि केही दिन यता उनी भुमिगत भएका छन ।

यस्तो छ सदभावना पार्टीले आज प्रधानमन्त्री कोईरालालाई बुझाएको ज्ञापनपत्र
                                                                        
                                                                                                 मिति - २०७० चैत्र ६ गते

सम्माननीय प्रधानमन्त्री ज्यू ,
मन्त्री परिषदको कार्यालय
सिंहदरवार, काठमाण्डौ ।

                                  विषय - ज्ञापन–पत्र ।
माननीय संजय कुमार साह धनुषा क्षेत्र नं- ४ वाट निर्वाचित सभासद हुनु हुन्छ । हाल ३–४ दिन देखि उहाँको वारेमा केही संचार माध्यमले अपुष्ट समाचार प्रकाशन गरी अपराधिक घटनामा मुच्छिन खोजेकोले पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ ।
मिथिला राज्यको माँग गरी जनकपुरको रामानन्द चौकमा धर्नामा बसेको अवस्थामा मिति २०६९÷१÷१८ का दिन १० बजे सो चौकमा वम विष्फोट हुदा सो विष्फोटबाट ५ जनाको ज्यान जानुको साथै दर्जनौ व्यक्ति घाईते भएको थियो । सो घटनाको सम्बन्धमा सोही दिन वारदात स्थलबाट जयप्रकाश चौधरी भन्ने व्यक्तिलाई स्थानीय व्यक्तिहरुले पक्राउ गरी प्रहरीको जिम्मा लगाएको थियो । जयप्रकाश चौधरीको मोवाईल कल डीटेल र अनुसंधान बाट अपराधी देखीएका अन्य चार जनालाई प्रहरीले पक्राउ गरी सो घटनाको सम्बन्धमा पक्राउ परेका ५ जना र अन्य अभियुक्तहरु माथी धनुषा जिल्ला अदालतमा मुद्दा दायर गरी सकेको छ ।
प्रहरी प्रतिवेदन अनुसार सो घटनाको जिम्मेवारी राजन मुक्ती अर्थात जनतान्त्रीक मुक्ति मोर्चाका अध्यक्षले लिएका थिए र घटनाको अनुसंधानमा उक्त मोर्चाका विद्यार्थी फ्रन्टका अध्यक्ष अर्जुन सिंह भन्ने मुकेश चौधरी र राजन मुक्ति भन्ने रंजित झा समेतको योजनाले वम विष्फोट भएको र चन्दा आतंक मचाउन सो घटना गराईएको सोही प्रहरी प्रतिवेदनमा पुष्टी गरिएको छ ।
सो घटनाको २ महिना पछि नै उक्त घटनामा मृत्यु भएका महन्थ विमल शरण दासका छोरा राम शरण दासले वुवाको हत्या मन्दीरको स्वामित्वको विवादलाई लिई गरिएको र घटनामा वुवालाई मोवाईलबाट फोन गरी सो घटना स्थलमा वोलाई हत्या गराएको मानी जाहेरी धनुषा जिल्ला प्रहरी

कार्यालयमा दिदा प्रहरीले जाहेरी दर्ता नगर्दा उहाँले पुनरावेदन अदालत धनुषामा जाहेरी सम्बन्धमा परमादेशको रिट दिदा जिल्ला प्रहरी कार्यालय धनुषाले घटना सम्बन्धमा तहकिकात भई अपराधी उपर
मुद्दा दर्ता भई सकेको भनी प्रतिवाद गरिएको थियो भन्ने कुरा बुझनमा आएको छ । तसर्थ प्रहरीवाट गरिएको सो मुद्दा र अनुसंधान समेतबाट कहि कतै मा। संजय कुमार साहको उक्त घटनामा संलग्नता नभएको प्रष्ट देखिन आएको छ ।
घटना वारदात भएको करीब दुई वर्ष पछि सो मुद्दाका रंजित झा, मुकेश चौधरी लगायतका व्यक्तिहरु पक्राउ भई सकेका छन् । दुई वर्ष अघि दायर भएको मुद्दामा अभियुक्त नरहेको ओम प्रकाश यादवबाट मा।संजय कुमार साहको नाम पोल्न लगाई षडयन्त्र गरेको बुझिन आएको छ ।
‘कुनै पनि निर्दोष व्यक्तिलाई फसाउन र दोषि लाई मुक्ति दिनु हुदैन,’ पार्टीको प्रष्ट मान्यता छ । तसर्थ उक्त घटना सम्बन्धमा निष्पक्ष न्यायिक छानविन आयोगको गठन गरी वास्तविक दोषी माथी कारवाही गर्न, र कुनै पनि परिस्थितीमा निर्दोषीलाई न–फसाउन पार्टीले यस ज्ञापन–पत्र मार्फत सरकार संग मांग गर्दछ ।

..............
राजेन्द्र महतो
राष्ट्रिय अध्यक्ष



1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete