Tuesday, March 11, 2014

केदारनन्दन चौधरी विरुद्ध अख्तीयारमा उजुरी



समानुपातिकमा तमलोपावाट सभासद भएका केदारनन्दन चौधरी विरुद्ध अख्तीयार दुरुपयोग अनुसन्धान आयोगमा उजुरीमा परेको छ । पछिल्लो केही समय यता मिडियामा चौधरी भारतमा समेत चुनाव लडेर हारेको व्यक्ति भएको भन्दै दोहरी नागरिकताको छानविन हुनु पर्ने माग उठिरहेको छ । चौधरीको वारेमा संसदमा समेत आवाज उठन थालेपछि गत शनिवार तमलोपाका प्रवक्ता सवेन्द्रनाथ शुक्लाले एक विज्ञप्ति जारी गर्दै चौधरीको बचाउ गरेका थिए । अख्तीयार स्रोतका अनुसार दोहरो नागरिकताको छानविन हुनु पर्ने माग सहित १३ फागुनमा चौधरी विरुद्ध उजुरी परिसकेको छ । उजुरीकर्तामा तमलोपाका सदस्यगणहरु उल्लेख गरिएको उक्त उजुरीको दर्ता नम्बर २८१४६ भएको अख्तीयार स्रोतले दलानलाई जानकारी दिएका छन ।

चैधरीको वारेमा केही हप्ता पहिले नयां पत्रिकाले समाचार छापेपछि चौधरीको बारेमा तमलोपा भित्र र बाहिर अनेकन कुराहरु उठन थालेका छन । यद्यपी तमलोपाका प्रवक्त शुक्लाले निकालेको विज्ञप्तिमा त्यस वारेमा केही उल्लेख गरिएको छैन । विज्ञप्तिमा खाली चौधरी नेपालको सर्लाही जिल्लाको निवासी भएको उल्लेख गर्नुको साथै उनी माओवादी जनयुद्धताका नेपाल छाडेर भारतमा शरणर्थी भएर गएको उल्लेख गरिएको छ । जुन आफैमा गलत भएको देखिन्छ ।

नेपालमा माओवादी जनयुद्ध ०५२ मा मात्रै शुरु भएको छ तर चौधरी ०४५ साल तिरै भारत पसेको उनी निकटवर्तीहरुको दाबी छ । गाजियावादमा बसेर चौधरी व्यापारको साथै राजनितीमा संग्लन भएको देखिन्छ । चौधरीको नाममा अmझै त्याहा दुई ओटा उद्योगहरु दर्ता रहेको गाजियावादको उद्योग विभागको वेभसाइटमा उल्लेख छ । त्यसको साथै चौधरी सन २००३ मा उत्तर प्रदेशको राज्यसभाको चुनावमा आफै चुनाव लडेका थिए । तर उनी जित्न सकेन । त्यसपछि सन २००४ को स्थानिय चुनावमा उनले आफना पत्नी मिना चौधरी चुनाव लडाए । उनी जितेका पनि थिए । मिना २००४ देखि २००८ सम्म गाजियावादको जिल्ला पार्षद थिए ।
तमलोपाका प्रवक्ता सवेन्द्रनाथ शुक्लाले निकाले विज्ञप्ति यस्तो थियो ः

प्रेस–विज्ञप्ति
तराई–मधेश लोकतान्त्रिक पार्टीको तर्पmवाट संविधानसभा सदस्य जिल्ला सर्लाही अचलगढ गा.वि.स. १ निवासी मा. केदारनन्दन चौधरीको सम्बन्धमा विभिन्न पत्रपत्रिकामा प्रकाशित समाचार प्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ ।
        प्रकाशित समाचार कपोलकल्पित, भ्रामक र निराधार हुनुको साथै सुनियोजित रुपले चरित्रहत्या गर्ने र पार्टीलाई बदनाम गराउने नियतले प्रकाशित गराईएको हो भनि पार्टीको मान्यता हो । पार्टीले यसको जोडदार खण्डनगर्दै यसप्रकारको समाचार प्रति घोर असहमति व्यक्त गर्दछ ।
        मा. केदार नन्दन चौधरी सर्लाहीका रैथानी वासिन्दा हुन् । जनयुद्धको दौरान तराई–मधेशका हजारौं नागरिकझै जिविकोपार्जनको सिलसिलामा भारतको विभिन्न ठाँउमा शरणार्थीको रुपमा रही छोटो समयावधिको लागी व्यवसाय गरेर वस्नुभएको हो र शान्ति स्थापना हुना साथ आफ्नो मूलघर सर्लाहीमा बस्दै आउनुभएको हो ।
१६ वर्ष उमेर पूरा गरेपछि २०३९ सालमा नै सर्लाही जिल्लावाट वहाँले वंशजको नागरिकता प्राप्त गर्नु भएको व्यहोरा पार्टी अभिलेखमा उल्लेख छ । नेपालको अंतरिम संविधान र विद्यमान ऐन अनुसार सभासदको लागी चाहिने योग्यता पूरा गर्नु भएका केदारनन्दन चौधरीको नाम पार्टीले समानुपातिकको उम्मेदवारको बन्द सूचीमा पठाएकोमा निर्वाचन पश्चात नियमानुसार निजलाई चयन गरी निर्वाचन आयोगमा पठाईएको वहाँ संविधान सभा सदस्य निर्वाचित हुनुभएको व्यहोरा सम्बन्धित सवैलाई यस विज्ञप्ति मार्पmत अनुरोध छ ।


                                         ..........................
                                          सर्वेन्द्र नाथ शुक्ल
                                         महामन्त्री एवं प्रवक्ता
       


1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete