Sunday, March 9, 2014

भरतविमल र मात्रिका यादव छुटै कसरतमा



फोरम नेपाल परित्या गर्ने मनस्थित बनाईसकेका भरतविमल यादव र नेकपा माओवादीका नेता मात्रिका यादव छुटै मधेश केन्द्रित दल वा मोर्चा बनाउने कसरतमा रहेको यी दुई नेता सम्बद्ध स्रोतको दाबी छ ।
पछिल्लो समयमा जनकपुर बस्दै आएका मात्रिका यादव अघिल्लो साताको शुरुमा काठमाडौ आएर त्यसका लागी भरतविमल यादव संग छलफल गरेका हुन । अघिल्लो सोमबार यी दुई नेता विच लामो भलाकुसारी भएका थिए । भरतविमल यादव संग छलफल गरी मात्रिका यादव आज फेरी जनकपुर तीर लागेका छन । होली पछि फेरी उनी काठमाडौ आउने र फेरी उक्त छलफललाई निरन्तरता दिने यी छलफलमा सहभागी एक नेताले बताए ।

पछिल्लो समयमा फोरम नेपालमा असन्तुष्ट रहेका भरतविमल यादव पार्टीको कुनै गतिविधीमा संग्लन छैन । उनीसंगै फोरमका अन्य कयौन महत्वपुर्ण नेताहरु पार्टीको गतिविधीमा पछिल्लो समय सहभागी हुन छाडेका छन ।
यी दुई नेताहरु विच एउटै पार्टी बनाउने कि छुटाछुटै पार्टी बनाएर मोर्चा बनाउने बिषयमा अहिले छलफल भईरहेको छ । मात्रिकाजी कम्युनिष्टको सिद्धान्त छोडने मुडमा हुनु हुन्न, भरतविमलजी सधै लोकतान्त्रिक धारको राजनिती गर्ने मान्छे, एक नेता भन्छन, कसरी अघि वढने भन्ने विषयमा हामी केन्द्रित छौ । यद्यपी यी दुवै नेता धेरै चाडो मधेशका लाईकमान्डेड फेसहरुलाई एकिकत्रित गरेर संयुक्त रुपमा अघि वढने सहमती गरेको ती नेताको भनाई छ ।
प्रचण्ड नेतृत्वको माओवादीवाट विद्रोह गरेका मात्रिका यादवको मधेशमा आफनै खालको प्रभाव रहेको मानिन्छ भने भरतविमल पनि सिद्धान्त र नैतिकताको राजनितिज्ञ मानिन्छ । यी दुई नेताले गर्न लागेको गठजोडले मधेशमा कस्तो तरड ल्याउला भन्ने जिज्ञासा सवत्रै हुन सक्छ ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete