Tuesday, March 4, 2014

सदभावनामा सत्ताको खेल


 
निर्वाचनमा प्रत्यक्ष तर्फ एक मात्र सिट हाथ पारेको राजेन्द्र महतो नेतृत्वको सदभावना पार्टी भित्र सता जाने लविंगमा त्यसका नेताहरु सक्रिय हुन थालेको सम्बद्ध स्रोतहरुको दाबी छ । स्रोतका अनुसार सरकारमा मन्त्री पडकाउने दाउमा रहेका फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारसंग मिलेर सदभावनाका केही सभासदहरु त्यस लविगंमा लागेको फोरम लोकतान्त्रिका एक नेताको दाबी छ । ती नेताले दलानसंग नाम उल्लेख नगर्ने शर्तमा भने, हाम्रो अध्यक्ष र सदभावनाका केही सभासदहरु विच पछिल्लो केही दिन यता लागातार कुराकानी भईरहेको छ ।

पार्टी अध्यक्ष राजेन्द्र महतो आफै निर्वाचनमा पराजीत भएपछि सदभावना सरकारमा जाने सम्भावना तत्काल नरहेको कतिपयले बताउदै आएका छन । तर कतिपय स्रोतका अनुसार २६ जनाको कोटामा महतो आफै परेको खण्डमा सदभावना सरकारमा जाने सम्भावना फेरी ब्युतन सक्छ । तर पछिल्लो केही दिन यता २६ मा महतो नपर्ने कुरा आउन थालेपछि सदभावना केही सभासदहरु गच्छदारसंग मिलेर मन्त्री खाने दाउमा लागी परेको छ ।

फोरम लोकतान्त्रिक स्रोतका अनुसार त्यसतै परेको खण्डमा सदभावनाका आधा सभासदहरु पार्टी फोरेर पनि सरकारमा सहभागी हुन सक्ने सम्भावना रहेको दलानलाई बताए । यद्यपी यी खेलमा सदभावनाका कुन कुन सभासदहरु सहभागी छन भने कुरा उनले खुलाएनन । ती नेता भन्छन, तपाईहरु चाडै हेरिहाल्नु हुन्छ, सदभावना भित्र के हुदै छ भन्ने कुरा ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete