Sunday, March 2, 2014

फोरम नेपाल फेरी फुट तिर


दोस्रो संविधानसभामा अनपेक्षित हार व्योहोरेको उपेन्द्र यादव नेतृत्वको मधेश जनअधिकार फोरम नेपाल फेरी एकचोटी फुट तिर लम्किसकेको फोरम नेपालका भित्रियाहरु बताउछन । यस अघि पटक पटक फुटको मार खेपीसकेका फोरम फेरी फुट तिर लम्कनुको मुख्य कारण चाही समानुपातिकमा अध्यक्ष यादवको सभासद छान्दा गरेको व्यापार रहेको नेताहरु बताउछन । हाल अध्यक्ष यादव तमलोपा र सदभावनासंग पार्टी एकिकरणको सबालमा छलफलरत छन । तर नेताहरु भन्छन, यादव एकिकरणमा गए पनि वा नगए पनि फोरमको फुट सुनिश्चित भईसकेको छ ।

भित्रियाहरु भन्छन, एक त फोरम भित्र एउटा जमात एकिकरणको विपक्षमै देखिएका छन भने अर्को उपेन्द्र यादव प्रति आक्रोशित । गएको वैशाखमा मात्रै फोरम पसेका वरिष्ट नेता भरतविमल यादव गएको दुई महिना फोरम अध्यक्ष उपेन्द्र यादवसंग कुनै सम्पर्कमा छैन भने पार्टी कार्यलय समेत जान छाडीसकेका छन । उता वरिष्ट नेता संगै अन्य कयौन महत्वपुर्ण फोरमका नेताहरु अध्यक्ष र पार्टी कार्यलयको सम्पर्क वाहिर रहेको नेताहरुको भनाई छ ।

यता यादव पार्टी भित्र तीव्र मतभेद देखेकै कारण एकिकरण प्रति अली लचिलो हुदै गएका हुन । तर फोरमका एक नेता भन्छन, एकिकरणका लागी केन्द्रिय कार्यसमितीको बैठक डाकदा यादवलाई तेह् बजाउने दाउमा हामी छौं । यदी हाल चर्चामा रहेको एकिकरण भएमा तीनै पार्टीको सम्पुर्ण केन्द्रिय कार्यसमिती सदस्यहरुको हस्ताक्षर निर्वाचन आयोगमा बुझाउनु पर्ने कानुनी प्रावधान छ ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete