Saturday, March 1, 2014

केदार नन्दन चौधरी कसरी सभासद भए ?


पछिल्लो केही साता नेपाली छापा र अनलाईलनमा तराई मधेश लोकतान्त्रिक पार्टीका दुई जना सभासदहरुको वारेमा समाचारहरु आए । जसले आम मधेशीलाई लज्जीत त तुल्याएको छदै छ, अर्को तर्फ तमलोपाको नेतृत्व माथी पनि त्यतीकै गम्भिर प्रश्न तेर्सादिएका छन । यद्यपी अहिले यी नेतृत्व मुख खोलेका छैनन ? कतिपयले त चुनावमा त्यत्रो क्षती व्योहोर्दा त समान्य आफनो समिकक्षा सार्वजनिक नगर्ने नेतृत्व जाबो मिडियामा आएको कुरालाई के जवाफ देला भनेर टिकाटिप्पणी पनि गर्ने गरेको पाईन्छ । तर उक्त समाचार आएपछि दलानले यसो खाजी गर्दै जादा केदार नन्दन चौधरी तमलोपाका महामन्त्री सवेन्द्रनाथ शुक्लालाई ५० लाख र उपाध्यक्ष हृदेश त्रिपाठी हालै पत्नीको उपचारको क्रममा १ महिना दिल्ली रहदाको सम्पर्ण खर्च व्योहोरेपछि सभासद हुन योग्य भएको तथ्य फेला परेको छ । 

यस्ता तथ्यको कुनै ठोस प्रमाण त फेला पर्दैन तर तमलोपाका भित्रियाहरुले यसको वारेमा भनेका केही कुराहरु जुन यो संवाददातालाई सत्य अनुभुती भएकाले याहा उल्लेख गर्न खाजेका हौ ।

केदार नन्दन चौधरी तमलोपाका अध्यक्ष महन्थ ठाकुर निर्वाचनमा लडको सर्लाही क्षेत्र नम्बर ६ का हुन । सर्लाही अजलगढका चौधरी व्यापारी हुन । भारतको गाजियावादमा उनको व्यापार व्यसाय छन । त्यही निर घरजम गरेका चौधरीको पत्नी मिना चौधरी भारतीय नागरिक नै हुन । मिना गाजियावाद नगरपालिकाको नगर पार्षदको रुपमा निर्वाचीत छिन । चौधरी आफै त्याहा दुई ओटा ठुला कम्पनीहरु चलाएर बस्ने गर्छन । सर्लाहीको अजलगढमा पनि राम्रो हैसियत भएकाले उनको याहाको राजनितीमा पकड हुनु समान्यो हो । नेपाली काग्रेसका नेता अमरेश नारायण सिंहका रिश्तेदारमा उनी भाई पर्ने भएकाले उनलाई झन केही सजिलो हुनु स्वभाविकै भयो । पहिलो संविधानसभाको निर्वाचनमा चौधरी सिंहको प्रचार प्रसारमा खटेको सर्लाहीकै कतिपय नेताहरु बताउछन ।
 
हालै सम्पन्न दोस्रो संविधानसभाको निर्वाचनमा उनी तमलोपाको समानुपातिक उम्मेदवार भएदेखि नै तमलोपा भित्रै सबै छक्क थिए । तर कुरो को चुरो के रैछ भन्ने तमलोपाका अध्यक्ष महन्थ ठाकुर, उपाध्यक्ष हृदेश त्रिपाठी देखि महामन्त्री सवेन्द्रनाथ शुक्ला सम्मको दिल्ली यात्राको दरवार चौधरीकै गाजियावाद स्थित निवास रहेको छ । त्यसैले होला दोस्रो संविधानसभाको क्रममा तमलोपा अध्यक्ष ठाकुर संगै प्राय चौधरी सर्लाही क्षेत्र नम्बर ६ मा देखिन्थे । तर निर्वाचनमा पहिलो संविधानसभा भन्द्या पनि थोरै मत ठाकुरले ल्याएपछि चौधरी माथी तमलोपाको एउटा खेमा खनिएका थिए । र उक्त कुरावाट स्वयंम तमलोपा अध्यक्ष ठाकुर पनि खिन्न देखिएका थिए ।
 
तर चौधरीले ठाकुरको कमजोरी थाहा पाएपछि सुक्लालाई समात्न पुगे । सुक्लाले आफु चुनावमा खर्च गरेको ५० लाख मिलाइ दिए पछि आफु ठाकुरलाई जसरी पनि गराउन सक्ने वचन दिए चौधरीलाइ । चौधरी सुक्लालाई ५० लाख दिए र त्यही विचमा पत्नीलाइ उपचार गराउन दिल्ली जान लागेका हृदेश त्रिपाठीलाई भेटेर आफु सबै खर्च व्योहोरि दिने भन्दै लबिगं गरिदिन आग्रह गरे ।
 
५० लाख पाएपछि तमलोपा अध्यक्ष ठाकुरमाथी अत्यन्तै अस्वभाविक हावी भएका शुक्लाले आफुले सक्दो कन्भीन्स गर्नुको साथै अरु कयौन शक्ति केन्द्रहरुवाट पनि ठाकुरलाइ दबाब दिलाउन पछाडी परेनन । उता दिल्लीमा पत्नी उपचार गराई रहेका त्रिपाठी पनि त्याहा ठाकुरलाई फोन गरेर चौधरीको सिफरिसमा तल्लीन थिए । यता चौधरी काठमाडौमा तमलोपाका हरेक निकायका नेताहरुलाई पार्टीभोज देखि आर्थिक साहायाता शुरु गरे । तमलोपाका एक भित्रियाका अनुसार चौधरीको कमबेस पैसा खानेमा तमलोपाका प्रायजसो सबै नेताहरु पर्छन । नत्र तमलोपा अध्यक्ष ठाकुरलाई पहिला भन्दा कम मत आएपनि त्याही क्षेत्रका समानुपातिक उम्मेदवार किन छनौटमा पर्थे । 
 
यसरी सभासद भएका चौधरीलाई समान्य नेपाली लेखपढ पनि गर्न आउदैनन । नत्र उ मधेश राजनितीको वारेमा कुनै ज्ञान राख्नेमा पर्छन । तर पनि सभासद हुन सफल भएका चौधरी विरुद्ध अहिले तमलोपा भित्रै खैलाबैला मच्चेको देखिन्छ ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete