Monday, March 31, 2014

अपराधलाई राजनितकिरण गर्दै सदभावना

जनकपुरमा ज्ञापनपत्र बुझाउन जादा निकालिएको जुलुस- फोटो/मधेशन्युजडटकम

जनकपुरमा बम काण्डमा मुछिएका सभासद संजय साहलाई बचाउनका लागी विभिन्न प्रपन्च रच्दै राजेन्द्र महतो नेतृत्वको सदभावना पार्टीले आज विभिन्न जिल्लामा नाराजुलुस सहित ज्ञापन पत्र बुझाएका छन । साह सदभावना पार्टीका वरिष्ठ उपाध्यक्ष पनि हुन । उक्त बमकाण्डका नाइके मुकेश चौधरी प्रहरी फन्दामा परेपछि चौधरीले संजय साहको समेत संग्लनतावारे मुख खोलेपछि साह मुछिएका हुन । आज सदभावना पार्टीले मधेशका सबै जिल्लामा प्रमुख जिल्लाअधिकारी मार्फत प्रधानमन्त्रीलाइ ज्ञापनपत्र बुझाएका हुन । यसअघि पार्टीका अध्यक्ष राजेन्द्र महतोले  समेत प्रधानमन्त्री सुशिल कोईरालालाई भेटी ज्ञापन पत्र बुझाएका थिए । सदभावना पार्टीले ज्ञापनपत्र मार्फत घटनाको न्यायीक छानबिनको माग गरेको छ । जुन आफैमा हास्यास्पद छ । किनकी कुनै पनि घटनाको न्यायीक छानबिनको माग उक्त घटनामा परी घाइते वा आफना कोही गुमाएको व्यक्तिहरुले मात्रै गर्न पाउछ ।
 
राजनितीको आडमा मौलाउदै गएको अपराधको प्रत्यक्ष नमुनाको रुपमा सदभावना पार्टी र तीनका अध्यक्ष राजेन्द्र  महतोले आफुलाई प्रस्तुत गर्न लागेको देखिन्छ । जसले महतो र सम्पुर्ण सदभावनालाइ काहा पुयाउछ त्यसको कुनै ठेगान छैन । यदी उक्त पार्टीका वरिष्ठ उपाध्यक्ष संजय साह निर्दोष छन भने, उनी आफै स्वयंम अगाडी आएर त्यसको सामना गर्नुपर्छ । नकि राजनिती रुपमा कुनै घटनालाई प्रभावित पार्ने काम गर्नु पर्छ । संजय साह निर्दोष छ भने उनी स्वयंम अगाडी आएर आफनो कुरा राख्नु पर्छ, र घटनाको छानविनको क्रममा उठेको कुराहरुको उनले सामना गर्नुपर्छ र आफुलाई निर्दोष सावित गर्नुपर्छ । तर उनी भुमिगत भएर आफनो राजनिती शक्तिको प्रयोग गर्नु पार्टी र यो मिशनमा लाग्ने दुबैका लागी हानिकारक हुन्छ ।

Sunday, March 30, 2014

एकिकरण बैठक - सैद्धान्तिक मस्यौदामा सहमती, विद्यानको जिम्मा कार्यदललाइ


 
एकिकरणको प्रक्रियामा रहेका तमलोपा, फोरम नेपाल र सदभावना पार्टीले नयां एकिकृत पार्टीको सैद्धान्तिक मस्यौदामा सहमती गरेका छन । सदभावना पार्टी कार्यलयमा आज भएको तीन दलको बैठकले सैद्धान्तिक मस्यौदामा सहमती गर्दै विद्यान माथी छलफल गरेर पेश गर्ने जिम्मा कार्यदललाइ दिएको छ । गत साता फोरम नेपालका अध्यक्ष एकिकृत नयां पार्टीको सैद्धान्तिक मस्यौदा पेश गरेका थिए । उक्त मस्यौदामा तमलोपा र सदभावनाले समान्य केही बुदाहरु थप्न यादवलाई सुझाव दिएका थिए ।

Saturday, March 29, 2014

तेह्रौ राष्ट्रिय हिन्दी सम्मेलन शुरु


नवलपरासी/ तेहौ राष्ट्रिय हिन्दी सम्मेनल परासीको बालमन्दिरमा शुरु भएको छ । सम्मेलनको पहिलो दिन पुर्वनिर्धारित कार्यक्रम अनुसार विभिन्न विधाका साहित्यकारलाई सम्मान गरिनुका साथै सांस्कृतिक कार्यक्रम र विभिन्न संघसस्था र राजनीतिक दलका प्रतिनिधिहरुले हिन्दी भाषाको महत्व र आवश्यकताबारे प्रकास पारेका हुन् ।
 
नेपाल हिन्दी प्रतिष्ठानका राष्ट्रिय अध्यक्ष बरिष्ठ पत्रकार राजेश्वर नेपालीको अध्यक्षता शुरु भएको सम्मेलनमा परासी स्थित पाल्ही क्याम्पसका सह प्रध्यापक कैलाश महतो,धनुषाका अखिलेस झा,नेपालगंजका श्यामानन्द सिंह,हिन्दी गजलकार मोहम्मद मुस्तफा,कवि सरेन्द्र गुप्ता,कपिलबस्तु जिल्ला तौलिहवाका राघवेन्द्र श्रीवास्तव,बरिष्ठ संगितकार प्राध्यापक धन बहादुर नेपाल,पण्डित होमनाथ उपाध्याय,प्राध्यापक विष्णु अर्याल,राष्ट्रिय तबला वादक संगित मण्डल,भारतिय साहित्यकार डा.मोहन चन्द्र बहुगुणा र काठमाडौंका बरिष्ठ पत्रकार रामाशिषलाई सम्मान गरिएको थियो ।

सोही कार्यक्रममा राजार्षि जनक प्रतिभा पुरस्कार(पुरस्कार रासी रु. २५ हजार २५) नवलपरासीका हिन्दी साहित्यकार नन्दलाल मिश्रलाई प्रादन गरिएको थियो । यता पार्वती स्मृति पुरस्कार डा.आशा सिन्हालाई प्रादन गरिएको आयोजकले जनाएको छ । मिश्राका बन्दि स्वर कविता संग्रह,समय सरिता लगायतका कृतिहरु रहेका छन् । दुई दिन सम्म चल्ने सो सम्मेलनमा आईतवार विहान साढे ८ बजे देखी गणतन्त्र नेपाल र हिन्दी विषयक विचार गोष्ठि चल्नेछ । मध्यानः संगठनात्मक विचार विमर्स र दिउंसो २ बजे कवि सम्मेलन सहित साझ ५ बजे घोषणा जारी गरि सम्मेलन सकिने आयोजक समिति सदस्य डा.कौशलेन्द्र बहादुर श्रीवास्तवले जनाए । सम्मेलनमा देश भरिबाट करिब एक सय प्रतिनिधि रहेका छन् । भने भारतबाट समेत पर्यवेक्षकको रुपमा साहित्यकारहरु सहभागि रहेका छन् ।

प्रचण्डले मात्रिका यादवलाई फकाउदै


 
दोस्रो संविधानसभामा पराजय व्योहोरेका एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दहाल, प्रचण्डले मात्रिका यादवलाई फकाउन लागी परेको छ । मोहन वैद्यसंग कार्यगत एकताको घोषणा गरेका प्रचण्डले मात्रिका यादवलाई पार्टी एकिकरणकै प्रस्ताव गरेर वार्ता अघि वढाएको यादव निकटस्तहरुको भनाइ छ । यद्यपी यादवले आफु तत्काल प्रचण्डसंग पार्टी एकिकरण गर्ने पक्षमा नरहेको बताए । यादवले दलानसंग कुरा गर्दै भने, प्रचण्ड संग मेरो पछिल्लो केहीसाता यता तीन चरणको वार्ता भएको छ, तत्काल म कार्यगत एकताको पक्षमा मात्रै छु । स्रोतका अनुसार प्रचण्ड मात्रिका यादवलाई पार्टी मै फकाउन लागी परेको छ ।

 

मात्रिकाको मधेशी पार्टीहरु संग पनि छलफल


प्रचण्डसंग कार्यगत एकताको लागी तयार देखिएका मात्रिका यादव मधेशी पार्टीहरुसंगको छलफल पनि तीव्र रुपमा गरिरहेको छ । पछिल्ला केही सातामा यादवले उपेन्द्र यादवको फोरम नेपाल, महन्थ ठाकुरको तमलोपा, राजेन्द्र महतोको सदभावना, महेन्द्र यादवको पार्टी, फोरमवाट हाल निस्क्रिय रहेका भरतविमल यादव लगायतका नेताहरुसंग छलफल गरेको छ । यादवले आफु मधेशमा पनि एउटा सशक्क्त शक्ति निर्माण होस भन्ने चाहनाको साथमा यी भेटघाट गरेको बताए । म तत्काल कुनै पार्टीमा जाने सोचका साथ यी भेटघाट नगरेको वरु नयां आन्दोलनको आवश्यकता भएको भन्दै सबै पक्षमा केही इमान्दारहरु रहेको र उनीहरु गोलबन्द भएमा एउटा क्रान्तिकारी शक्ति बन्ने आफनो विश्वास रहेको यादवले बताए ।

राज्यको वैद्यानिकता छैन - सिके लाल


 
राजनितीक विश्लेषक सिके लालले नेपाल राष्टको यो राज्य सत्ताले आफनो वैद्यानिकता आफै गुमाईसकेको विचार व्यक्त गरेक छन । तराइमा निरन्तर गैर न्यायीक हत्या रिर्पोट सार्वजनिक गर्दै लालले नेपाली राज्य सत्ताले मधेशीहरु मानवअधिकार वारे कुनै ख्याल नगरेको भन्दै भविष्य दिनप्रति दिन जटील बन्दै गईरहेको बताए । राज्यसत्ता यो वाहाना वा त्यो वाहानामा कुनै न कुनै रुपमा ज्यान लिन उदत्त देखिएको उनको तर्क थियो । रिर्पोट सार्वजनिक कार्यक्रममा अधिवक्ता गोविन्द बन्दीले यो राज्यसत्ताले आफुलाई आतंककारीको रुपमा प्रस्तुत गर्दै आईरहेको बताए । डेनमार्कका लागी पुर्व राजदुत तथा बुद्धजीवी विजयकान्त कर्णले राज्यसत्ताको व्यहवारका कारण मधेशीहरु यो राज्यसत्तालाई मानिरहला जस्तो नलागेको बताए । मधेश आन्दोलन पछि त यो राज्यसत्ताले मधेशी प्रति थप क्रुर बन्दै गएको आभास हुन थालेको कर्णको दाबी थियो । कार्यक्रममा आइसीजेका नेपाल डाइरेक्टर बेन स्चहोल्डले नेपालमा मधेशीहरु माथी मधेशी भएकै कारण राज्यले दमन गरिरहेको तथ्य यो रिर्पोटले बताइरहेको भने । यो रिर्पोट आफैमा एकदमै ठुलो प्रमाण छ, उनले भने, यसले राज्य व्यवस्थाको विश्वसनीयता माथी ठुलो शंका उब्जाइदिएको छ । मधेशका जिल्लाहरुमा पछिल्ला समयमा वढदै गएको गैरन्यायीक हत्याहरुको विस्तृत अध्यनहरु गरी तराई मनव अधिकार रक्षक सन्जाल थर्ड एलायन्सले आज काठमाडौ, जनकपुर, बुटवल र नेपालगंजमा एकैसाथ उक्त रिर्पोट सार्वजनिक गरेको जनाएको छ ।

Friday, March 28, 2014

गैरकानुनी हत्या, हिरासत प्रति संयुक्त राष्टको ध्यानाकर्षण


संयुक्त राष्ट संघीय मानव अधिकार समितीले नेपालको तराई मधेश क्षेत्रमा गैर कानुनी रुपमा हत्या, हिरासत लगायतका अमानवीय कार्य वढदै गईरहेको भन्दै चिन्ता व्यक्त गरेको छ । गएको १२ चैतमा संयुक्त राष्ट संघीय उक्त समितीले आफनो सिफरिस तथा निष्कर्षहरु निकाल्दै नेपालको राज्य पक्षलाई सचेत गराएका छन । नेपालको तराई मधेश क्षेत्रमा हुने मानअधिकार विरुद्धका गतिविधी वारे राष्ट मानवअधिकार आयोगले खासै बोलेको सुनिदैनन । पछिल्लो केही बर्ष यता मधेशका जिल्लाहरुमा सशस्त्र समुहको नियन्त्रणको नाममा राज्यले विशेष सुरक्षा योजना लागु गरेका छन । जसलाई मधेश केन्द्रित अधिकारवादीहरुले आलोचन गर्दै आएका छन ।
 
संयुक्त राष्ट संघीय मानव अधिकार समितीको उक्त रिर्पोट कस्तो छ - 

Concluding observations of the second periodic report of Nepal*
1.         The Committee considered the second periodic report submitted by Nepal (CCPR/C/NPL/2) at its 3050th and 3051st meetings (CCPR/C/SR.3050 and CCPR/C/SR.3051), held on 18 and 19 March 2014. At its 3061st meeting (CCPR/C/SR.3061), held on 26 March 2014, it adopted the following concluding observations.
          
  A.        Introduction

2.         The Committee welcomes the submission of the second periodic report of Nepal, which was due in 1997, and the information presented therein. It expresses appreciation for the opportunity to engage in a constructive dialogue with the State party’s delegation on the measures that the State party has taken since its last review in 1994 to implement the provisions of the Covenant. The Committee is grateful to the State party for its written replies (CCPR/C/NPL/Q/2/Add.1) to the list of issues, which were supplemented by the oral responses provided by the delegation.

Thursday, March 27, 2014

एकिकरण घोषणाको तयारीमा तीन मधेशी पार्टी



 ।

एकिकरणका लागी छलफलमा रहेका प्रमुख तीन मधेशी पार्टीहरु त्यसको घोषणाको तयारीमा जुटेका छन । महन्थ ठाकुर नेतृत्वको तराइ मधेश लोकतान्त्रिक पार्टी, उपेन्द्र यादव नेतृत्वको मधेशी जनअधिकार फोरम नेपाल र राजेन्द्र महतो नेतृत्वको सदभावना पार्टीले एकिकरणको सैद्धान्तिक पक्षमा सहमती गर्दै त्यसको दस्तावेजीकरणमा जुटेका छन । सोसल डेमोक्रेटको मुल सिद्धान्तमा एकिकृत नयां पार्टीको घोषणा हुने नेताहरुले बताएका छन । आज दिउसो तमलोपाको पार्टी कार्यलयमा भएको उक्त तीनै दलको बैठकमा मंगलवार फोरम नेपालका अध्यक्ष यादवले प्रस्तुत गरेको पार्टी मस्यौदा प्रति सहमती जनाउदै केही बुदाहरु थप्न सुझाव दिएका छन । पर्सी शनिवार दिउसो फेरी बैठक बस्ने र उक्त बैठकबाट पार्टीको सैद्धान्तिक मस्यौदालाइ अन्तिम रुप दिने सहमती पनि आज भएको नेताहरुले बताए । शनिवार हुने बैठकले सैद्धान्तिक मस्यौदालाई अन्तिम रुप दिएर नयां पार्टीको विद्यान, घोषणा पत्र लगायतका बिषयमा दस्तावेजीकरण गर्ने जिम्मेवारी पनि तोक्ने कुरामा आज छलफल भएको  थियो ।

Wednesday, March 26, 2014

उपेन्द्र यादवको प्रस्तावमा तमलोपा र सदभावनाले भोली सुझाव दिने

एकिकरणको प्रक्रियामा रहेका प्रमुख तीन मधेशी पार्टीहरुको भोली बस्ने बैठकमा उपेन्द्र यादवले हिजो प्रस्तुत गरेको सैद्धान्तिक प्रस्तावनामा आ आफना सुझावहरु राख्ने तयारी गरेका छन । त्यसका लागी आज तमलोपा र सदभावनाको आन्तरिक बैठक बसेको थियो । सदभावना पार्टीले यादवको प्रस्तावनालाइ अन्त्यै साकारात्मक भन्दै त्यसमा तीन ओटा बुदा थप्ने सुझाव दिने निर्णय आज गरेका छन । सदभावनाले गजेन्द्र नारायण सिंहको इतिहास, मधेशमा भएको सबै आन्दोलनको पृष्टभुमि र शहिदहरुको वलिदानीको वारेमा सुझाव बुदाको रुपमा औल्याएका छन । त्यसैगरी तमलोपाको आज भएको बैठकमा अध्यक्ष महन्थ ठाकुरले पार्टीका नेताहरुलाई केही सुझाव भए लेखेर भोली पेश गर्न भनेका छन । तीन दलको संयुक्त बैठक भोली दिउसो ३ बजे बस्दै छ ।  यादवले प्रस्तुत गरेको ६ पेज लामो प्रस्तावनामा नया पार्टीको नाम समाजवादी लोकतान्त्रिक फोरम, नेपाल उल्लेख गरिएको छ भने पार्टीको उदे्श्य र तत्कालिन मुद्धाहरुको वारेमा बुद्धागत रुपमा उल्लेख गरिएको छ


उपेन्द्र यादवले पेश गरेको पार्टी प्रस्तावनाको प्रारम्भीक मस्यौदामा के के छ ? 

 

 

पार्टीको उदेश्य - 
१, नेपालमा विद्यमान रहेको जातीय, लेगिंक एवं क्षेत्रिय लगायत सवै प्रकारका विभेद, असमानता, शोषण, उत्पीडनको अन्त्य गरी स्वतन्त्रता, समानता, भातृत्व र समाजिक न्यायमा आधारित स्वाधिन एवं आत्मनिर्भर राष्टिय अर्थतन्त्र सहितको समाजवादी लोकतन्त्र एवं समतामुलक समाजको स्थापना गर्न निरन्तर संघर्षशिल रहने ।
२, प्रादेशिक स्वायत्ता सहितको संघीय शासन प्रणली, लोकतान्त्रीक गणतन्त्र, आत्मनिर्णयको अधिकार, समावेशी लोकतन्त्र, धर्म निरपेक्षता, बहुसास्कृतिक र बहुलवाद, राष्टिय स्वाधिनता र भौगोलिक अखण्डता, मानव अधिकार तथा प्रेस स्तन्त्रता, राष्टिय सामुदायीक पहिचानको मान्यता, प्रतिस्पर्धात्मक बहुदलीय राजनितीक प्रणाली, संबैद्यानिक सर्वोच्चता र विधीको शासन, समाजिक लोकतान्त्रीक अर्थ व्यवस्था, समाजीक सुरक्षा, लोककल्याणकारी राज्य, सकारात्मक विभेद सहितको अरक्षण, समानुपातिक र समावेशी प्रतिनिधित्व प्रणाली, आवद्यीक निर्वाचन, स्वतन्त्र तथा निष्पक्ष न्याय प्रणली, समाजीक सुरक्षा, खाद्यसुरक्षा, पर्यावरणीय सुरक्षा र समाजिक न्याय जस्ता सर्वमान्य लोककल्याण्कारी मुल्य र मान्यतालाई राजनिती संवैधाानिक व्यवस्था गराउन संघर्षरत रहने ।
३, रचनात्मक कार्यहरुलाई प्रोत्साहन गर्नुको साथै लोकतान्त्रिक प्रणालीको माध्यम द्धारा सबै प्रकारका समाजिक, आर्थिक, सास्कृतिक, राजनितीक अन्याय एवं शोषणलाई अन्त्य गर्ने ।

Tuesday, March 25, 2014

एकिकरण मुर्त रुप लिदै


बहुचर्चीत प्रमुख तीन मधेशी पार्टी विचको एकिकरण ठोस रुपमा अगाडी बढेको छ । आज बेलुकी तराई मधेश लोकतान्त्रिक पार्टीको कार्यलयमा भएको बैठकमा एकिकृत नयां पार्टीको सैद्धान्तिक अवधारणा समेत प्रस्तुत भएको नेताहरुले बताएका छन । फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले लोकतान्त्रिक समाजवादी सिद्धान्तमा आधारित नया पार्टीले समावेशी, समान न्यायको पक्षमा उभिने जस्ता केही मुख्य बुद्धाहरु समेटेर सशक्क्त पार्टीको अवधारण प्रस्तुत गरिएको बैठक स्रोतले दलानलाई बताएका छन । बैठकमा प्रस्तुत ६ पेज लामो उक्त अवधारणा माथी भोली तीन ओटै पार्टीमा छलफल गराएर पर्सी फेरी संयुक्त बैठक गर्ने सहमती भएको छ ।
निर्वाचनमा अप्रत्यासी हार व्योहोरेका यी मधेशी पार्टीहरु विच गएको तीन महिना देखि एकिकरणका लागी छलफल भईरहेको छ । मुख्यगरी तमलोपाका अध्यक्ष महन्थ ठाकुरको अगुवाईमा शुरु भएको यो अभियान मुर्त रुप लिन लागेको स्रोतको दाबी छ । चाडै एकिकृत पार्टीको घोषणा हुन लागेको स्रोतको दाबी छ । गएको आईतवार तीन अध्यक्षहरुको गोप्य बैठक भएको र एकिकरण वारेमा ठोस सहमती भएको स्रोतको दाबी छ । त्यही बैठक पछि आज तमलोपा पार्टी कार्यलयमा तीनै अध्यक्षहरु सहित कार्यदलका सदस्यहरुको संयुक्त बैठक बसेको थियो ।

Monday, March 24, 2014

कसरी सफल भए ?



हाल चर्चामा रहेको जनकपुर बम काण्डको मुख्य योजनाकारको किटानी प्रहरीले दुई बर्ष पछि गर्न सफल भएको छ यद्यपी प्रहरीले भनेको मुख्य योजनाकार सभासद संजय साहलाई पक्राउ गर्न सकेको छैन । सर्वत्र चासोको बिषय बनेको उक्त प्रकरणवाट अब प्रहरी प्रशासन पछि हटन सक्ने अवस्था छैन । त्यसैले ढिलो चाडो अब मुख्य योजनाकार कानुनको फन्दामा आउने कुनै दुइृ मत छैन । घटना लगत्तै जनमानसमा धेरै कुराको गाइगुई चले पनि प्रहरीलाइ दुई बर्ष लाग्यो । आखिर दुई बर्ष मै भए पनि कसरी प्रहरी घटनाको सार्वजनिक तथ्य यो मोडमा आई पुगे । घटनालाई नजिकवाट नियाल्नेहरु भन्छन, गएको भदौ देखि तराई मधेशमा सक्रिय सशस्त्र समुहका नेताहरु एक पछि अर्को धमाधम समाउनु नै कारक हो । गएको भदौ देखि प्रहरीले १२ जना जती मुख्य सशस्त्र समुहका नेताहरु र ३२ जना जती दोस्रो तेस्रो तहका नेताहरु समातेका छन । एक पछि अर्को समात्दै जानु र उनीहरुसंग बयानको आधारमा थप खाजविन गर्दै जादा प्रहरीले जनकपुर बम काण्ड देखि अरुण सिंघानिया सम्मको घटनाको रहस्य खोतल्न सकेका छन ।राजन मुक्ति भनिने रंजित कुमार झा, अर्जुन सिंह भनिने मुकेश चौधरी, पृथ्वी भनिने श्याम यादव, स्वामीजी भनिने उमेश यादव लगायतका  प्रमुख नेताहरु प्रहरीको फन्दामा छन भने दिपक सिह जस्ता ३२ जना दोस्रो तहका सशस्त्र समुहका खेलाडीहरु पनि प्रहरी फन्दामा छन ।

Sunday, March 23, 2014

गच्छदारको नया जेल जीवन


 
निर्वाचनमा अप्रत्यासीत हार व्योहोरेपछि मधेशी पार्टीहरु भित्र खैलाबैला मचेको अनुभुती हुन्छन अचेल । र त्यसको सिधा तारोमा परेका छन शिर्ष नेतृत्वहरु । त्यही भएर होला बेलाबखत यी शिर्ष नेताहरु याहा बैठकमा छन त कहिले त्याहा बैठक गरेर यो वा त्यो गर्दै छन भनेर खबरहरु आउने गर्छन । तर पछिल्ला एक महिना देखि विजय गच्छदार के गर्दै छन ? कमै लाई थाहा होला कि उनी अचेल उनकै भाषमा भन्ने हो भन्ने जेल जीवन विताई रहेका छन ।
 
गच्छदार किन जेल जीवन विताईरहेको होला ? के उनले विगतमा गरेको भ्रष्टाचार वा अन्य केही अपराधिक कामका लागी ? यदी तपाई यस्तो सोच्नु हुन्छ भन्ने तपाई गलत हुनुहुन्छ । गच्छदारले अहिले जेल जीवन विताउनुको पछाडी विगतमा उनले आफनो स्वास्थ्य संग गरेको खेलवाडको सजाय स्वरुप जेलरुपी जीवन काटीरहेका छन ।

Saturday, March 22, 2014

जुरमुराउदै मधेश केन्द्रित अभियानहरु


दोस्रो संविधानसभाको निर्वाचनमा अप्रत्यासित हार व्योहोरे पछि काठमाडौमा एक थरीले अब बिस्तारै मधेश राजनिती समाप्त हुने अडकलवाजी गर्न थालेको पाईन्छ । कतिपय मधेश केन्द्रित बुद्धजीवीहरु नै समेत उक्त कुरामा सत्यता भएको तर्क कतिपय ठाउमा सुन्ने गरेको पाईन्छ । तर चुनाव अघि नै मधेश राजनितीको एउटा खेमाले वर्तमान नेतृत्ववाट मधेशको राजनिती उभो नलाग्ने बताएका थिए । र भयो पनि त्यस्तै । निर्वाचनमा लज्जाजनक हार व्योहोरेका मेधेशी नेतृत्वहरु निर्वाचन पछि आफुहरु एकिकरण गरेर मधेशमा नया सन्देश दिने बताएका थिए । तर समानुपातिक सभासदको छनौटमा भएको नेतृत्वको व्यापार र नेतृत्व मोहका कारण अन्नतह एकिकरण पनि सम्भव देखिन छाडेका छन । त्यसैले होला मधेशी पार्टीहरुसंग आवद्ध युवाहरुको जमात जो मधेश आन्दोलनवाट राजनितीमा छिरेका थिए, उनीहरु विकल्पको रुपमा कसरी नयां शक्ति बनाउने अभ्यासमा जुटन थालेका छन । पछिल्ला केहि हप्तामा त्यसका केही महत्वपुर्ण कामहरु भएको देखिन्छ । मधेश राजनितीको केही अग्रज पुस्ताहरुले हालै सदभावना परिषद ब्युताउने घोषणा गर्नु, सबै मधेशी पार्टीहरुको युवाहरु मिलेर स्वाभिमान मधेशी नाम अभियान थाल्नु, उता सिके राउत र जेपी गुप्ताको अभियान मधेशको सतहमा एउटा खालको वातावरण बनाउदै जानुले कतै मधेश राजनिती नयां चरणमा त प्रवेश गर्न लागेको होइन भने सकेंत प्रस्ट रुपमा गर्न थालिएको छ ।

Friday, March 21, 2014

एकिकरणको टुगो चाडै लाग्ने


होली पछि एकिकरणको अन्तिम तयारीमा जुटने बताएका प्रमुख तीन मधेशी पार्टीहरु चाडै त्यसको टुगों लगाउने तयारीमा जुटेको बताएका छन । आउदो साता हुन लागेको तीनै पार्टीहरुको शिर्ष नेताहरुको बैठकले एकिकरणको वारेमा ठोस धारणा तय गर्न लागेको एक शिर्ष नेताले बताए । एकिकरण गर्ने भए कसरी जाने वा नगर्ने भए किन नगर्ने र को को संग त्यसपछि एकिकरण गर्न सकिन्छ त्यो सबै को वारेमा हामी निर्णयक ढंगले छलफल शुरु गर्न लागेको ती शिर्ष नेताको दाबी छ ।

Thursday, March 20, 2014

संजय साहको बचाउ गर्दै सदभावना पार्टी



जनकपुर बम काण्डमा प्रत्यक्ष मुछिएका सभासद तथा पुर्व राज्यमन्त्री संजय साहलाई उनको पार्टी सदभावनाले बचाउ गर्दै प्रधानमन्त्री सुशिल कोइरालालाई आज ज्ञापन पत्र बुझाएका छन । साह सदभावना पार्टीका वरिष्ट उपाध्यक्ष हुन । आज साझ प्रधानमन्त्री कोईरालालाई ज्ञापनपत्र बुझाउदै सदभावना अध्यक्ष राजेन्द्र महतोले जनकपुर बम काण्डको स्वतन्त्र तथा न्यायीक छानबिन गर्ने माग गरेको छ । महतोले प्रधानमन्त्री कोईरालालाई बुझाएको ज्ञापन पत्रमा साह निर्दोष भएको उल्लेख गर्दै निक्ष्पक्ष छानविन गर्न भनेको छ । प्रहरीले विभिन्न प्रमाणको आधारमा उक्त बम काण्डको मुख्य योजनाकार साह भएको भन्दै पक्राउ पुर्जी जारी गरिसकेको छ । प्रहरीले साहलाई पक्रन खाजीरहेको भएपनि केही दिन यता उनी भुमिगत भएका छन ।

Wednesday, March 19, 2014

सक्दै सशस्त्र समुह

अजय अनुरागी / जनकपुरधाम
द ईक्सक्लुसिभ साप्ताहिक



सशस्त्र समुहका नाइकेहरु नै एक पछि अर्को गर्दै धमाधम प्रहरीको गिरफ्तमा फस्न थालेपछि मधेसमा प्रभाव जमाएका सशस्त्र समुह अब सक्किँदै गएको सन्देश जान थालेको छ । खास गरी धनुषा महोत्तरीमा प्रभाव बनाउन सफल भएका राजन भनिने रंजित कुमार झा, अर्जुन सिंह भनिने मुकेश चौधरी, पृथ्वी भनिने श्याम यादव, स्वामीजी भनिने उमेश यादव लगायतका नाइकेहरु र तिनका कार्यकर्ताहरु समेत धनुषा प्रहरीको फन्दामा फसे पछि जनकपुरमा अब सशस्त्र समुहको प्रभाव लगभग निस्तेज पारिसकिएको धनुषा प्रहरीको दाबी छ ।
धनुषा प्रहरीका प्रमुख उत्तम राज सुवेदी भन्छन,“सशस्त्र समुहका नाइकेहरुनै पक्राउ गर्न सफल भएपछि तिनीहरुको नेटवर्क पुर्णतः धवस्त भइसकेका छन् । उनीहरु मध्ये अधिकांश पक्राउ परिसकेका छन् । बाँकी रहेकाहरुमा अब संगठित भएर कुनै आपराधिक समुह संचालन गर्ने ल्याकत र क्षमता पनि छैन । यदि तिनीहरुले दुस्साहास गरिहाले भने पनि तिनीहरुको लागि दुर्भाग्य पुर्ण हुनेछ ।”

Friday, March 14, 2014

एकिकरण बैठक - उपेन्द्र यादवले भने, मलाई केही समय दिनुस


 
एकिकरणका लागी हिजो भनिएको महत्वपुर्ण बैठक पनि त्यतीकै सकिएको नेताहरुले बताएका छन । हिजो बिहीवार बेलुकी तमलोपा अध्यक्ष महन्थ ठाकुरको निवासमा भएको बैठकमा खासै केही कुरा नभएको र अर्को बैठक होली पछि बस्ने नेताहरुले बताएका छन । तर स्रोतका अनुसार हिजो बिहीवार दिउसो नै तीन शिर्ष नेताहरुको एउटा छुटै गोप्य बैठक समेत भएको छ । जुन बैठकमा केही बहिरियाहरु समेत उपस्थित थिए ।

स्रोतले ती बहिरियाहरु के को भएको नाम त खुलाएनन बरु भने, उपेन्द्र यादवले उक्त बैठकमा आफनो पार्टीमा आन्तरिक समस्या जटील बन्दै भएको भन्दै केही समय पर्खन आग्रह गरेका थिए । फोरम नेपालमा पछिल्लो समयमा एकिकरणको विरोधमा तीव्र आवाज उठन थालेपछि यादव अप्ठयारोमा परेको देखिन्छ ।

स्रोतका अनुसार तमलोपा अध्यक्ष ठाकुरको निवासमा तीन शिर्ष नेताहरु र केही कार्यदलका नेताहरु बैठकमा बसेर वाहिर सन्देश मात्रै दिन खोजेका थिए । बैठक त दिउसो बसेको थियो, स्रोत भन्छन, जसमा केही महत्वपुर्ण कुराकानीहरु समेत भएको सुनिन्छ । यद्यपी ती गोप्य भनिएको बैठकमा के के भयो त्यो अहिले सम्म खुल्न सकेको छैन । उपेन्द्र यादवले आफु चाडै पार्टीको मतभेद मिलाउन लागेको बताएका थिए । साथै यादवले एकिकरणको बारेमा धेरै मिडियावाजी नगर्न पनि सदभावना र तमलोपाका शिर्ष नेताहरुलाई आग्रह गरेका थिए ।

Wednesday, March 12, 2014

जनकपुर बमकाण्ड - १, त्यो को हो ?

                     
 नवीन झा/खोज पत्रकारिता केन्द्र

 
धनुषा प्रहरीले मिथिला विष्फोटका महत्वपूर्ण कडीहरु मानिएका मध्येका राजन मुक्ति उर्फ रञ्जित झा र मुकेश चौधरी उर्फ अर्जुन सिंह भनिने प्रकाश विद्यार्थीलाई कानूनको घेरा भित्र पारिसकेको छ । घटनामा प्रत्यक्ष संग्लन रहेको भन्दै प्रहरीले सप्तरीका जयप्रकाश चौधरी, धनुषाका सुरेशकुमार कर्ण, महोतरीका रिपेन्द्र झा र धनुषाका मुकेशकुमार कर्णलाई जलेश्वर कारागारमा राखेको छ । रिपेन्द्र झा केही वर्ष अघिसम्म जनकपुर—काठमाडौ चल्ने रात्री बस सारस टाभल्समा काम गर्थे । उनी जनकपुरको रामानन्द चौकमा उक्त गाडीको टिकट काउन्टरमा बस्ने गर्थे ।

मिथिला विष्फोटको सन्दर्भमा यति धेरै मानिस दायरामा आई सके पनि मिथिलावासीले खोजेको खास “त्यो मान्छे” फेला पर्न सकेको छैन । “त्यो मान्छे”को सन्दर्भमा “जनकपुर टुडेको मार्च ९को अनलाईन संस्करणमा अनुसन्धान गर भन्ने शिर्षकमा सम्पादकीय लेखेर भनेको छ— (मुकेश) चौधरी योजनाकारका सहयोगी भएर घटना गर्ने आपराधिक पात्र हुन् । .......नेपाल प्रहरीले अभियुक्त पक्राउ गरिसकेपछि, अब बयान लिएर वास्तविक अपराधीसम्म पुगेर उनीहरुलाई समेत कानूनी दायरामा ल्याउन सक्नु पर्दछ ।”

एनेकपा माओवादीले पहिलो संविधानसभामा संघीय राज्यबारे प्रस्ताव प्रस्तुत गर्दा मिथिला राज्यको नाम उल्लेख नगरिदिएपछि जनकपुरमा सकृय रहेको मिथिला राज्य संघर्ष समितिले चरणवद्ध आन्दोलन शुरु गरेको थियो । आन्दोलनले लोकप्रियता बढ्दै गएकोे अवस्थामा ०६९ बैशाख १८ गते सोमवार विहान १०ः३० तिर मुख्य धर्नास्थल रामानन्द चौकमा एकाएक शक्तिशाली बम विष्फोट भएको थियो । घटनामा मिथिलाकी लोकप्रिय रङ्गकर्मी रञ्जु झा सहित झगरु दास, विमल शरण, सुरेश उपाध्याय र दीपेन्द्र दास समेत ५ जनाको ज्यान गएको थियो भने ३२ जना सख्त घाईते भएका थिए ।

मिथिला राज्यको माग गर्दै संघर्ष गरिरहेका अगुवाहरुको मिथिलाको राजधानीमै हत्या हुँदा देशभरिका नागरिकहरु मर्माहत भएका थिए ।  

Tuesday, March 11, 2014

केदारनन्दन चौधरी विरुद्ध अख्तीयारमा उजुरी



समानुपातिकमा तमलोपावाट सभासद भएका केदारनन्दन चौधरी विरुद्ध अख्तीयार दुरुपयोग अनुसन्धान आयोगमा उजुरीमा परेको छ । पछिल्लो केही समय यता मिडियामा चौधरी भारतमा समेत चुनाव लडेर हारेको व्यक्ति भएको भन्दै दोहरी नागरिकताको छानविन हुनु पर्ने माग उठिरहेको छ । चौधरीको वारेमा संसदमा समेत आवाज उठन थालेपछि गत शनिवार तमलोपाका प्रवक्ता सवेन्द्रनाथ शुक्लाले एक विज्ञप्ति जारी गर्दै चौधरीको बचाउ गरेका थिए । अख्तीयार स्रोतका अनुसार दोहरो नागरिकताको छानविन हुनु पर्ने माग सहित १३ फागुनमा चौधरी विरुद्ध उजुरी परिसकेको छ । उजुरीकर्तामा तमलोपाका सदस्यगणहरु उल्लेख गरिएको उक्त उजुरीको दर्ता नम्बर २८१४६ भएको अख्तीयार स्रोतले दलानलाई जानकारी दिएका छन ।

Monday, March 10, 2014

मिथिलामा होलीको रौनक

                                        तस्वीर -  फेसबुक/ धनश्याम मिश्रा


महोत्तरी जिल्लाको कञ्चनवनमा आठौँ दिनको रात्रि विश्रामका लागि पुगेका मिथिला माध्यमिकी परिक्रमाका यात्रीले मिथिला विहारी र किशोरीजी -रामसीता,को डोला डोलीमा रङ्ग, अबिर चढाउँदै आपसमा रङ्ग, अबिर छ्यापाछ्याप गरेपछि मिथिलामा होली - फागु- पर्व विधिवत् सुरु भएको छ।

त्रेतायुगमा विवाहपछि वनविहारमा निस्केका रामसीताले आफ्नो यात्राको आठौँ दिन कञ्चनवनमा पुगेर रङ्ग, अबिर खेलेको जनश्रुतिका आधारमा आज १५ दिने माध्यमिकी परिक्रमाका यात्रीले रङ्ग, अबिर छर्दै रमाइलो गरेपछि मिथिलामा फागु पर्व विधिवत् सुरु भएको हो।

           ‘‘खेलैय होरी।।।हो।।।खेलैय होरी।।।।।, कञ्चनवन में१
            रामजीके हातमे कनक पिचकारी।।।।,
             सीयाजीुक हातमे अबिर झोरी।।।
                  हो।।। खेलैय होरी।।।।  यात्रीहरुले गाएका होली गीतका यी हरफसँगै एकआपसमा रङ्ग, अबिरको छ्यापाछ्यापले कञ्चनवन परिवेश नै राताम्य भएको छ। डम्फुको तालमा होलीगीत गाउँदै यात्रीहरुले रङ्ग, अबिर खेलेको रमाइलो हेरेर बाटो हिँड्ने बटुवासमेत मन थाम्न नसकी होलीमा सरिक भइरहेका कञ्चनवन हरिहरपुरहरिनमरी गाविसकै हरिनमरी बस्तीका ८५ वर्षीय वृद्ध जितन यादवले बताए ।

Sunday, March 9, 2014

भरतविमल र मात्रिका यादव छुटै कसरतमा



फोरम नेपाल परित्या गर्ने मनस्थित बनाईसकेका भरतविमल यादव र नेकपा माओवादीका नेता मात्रिका यादव छुटै मधेश केन्द्रित दल वा मोर्चा बनाउने कसरतमा रहेको यी दुई नेता सम्बद्ध स्रोतको दाबी छ ।
पछिल्लो समयमा जनकपुर बस्दै आएका मात्रिका यादव अघिल्लो साताको शुरुमा काठमाडौ आएर त्यसका लागी भरतविमल यादव संग छलफल गरेका हुन । अघिल्लो सोमबार यी दुई नेता विच लामो भलाकुसारी भएका थिए । भरतविमल यादव संग छलफल गरी मात्रिका यादव आज फेरी जनकपुर तीर लागेका छन । होली पछि फेरी उनी काठमाडौ आउने र फेरी उक्त छलफललाई निरन्तरता दिने यी छलफलमा सहभागी एक नेताले बताए ।

चौधरी वारे तमलोपाले मुख खोले


 
केही दिन यता भारतमा चुनाव हारेको व्यक्ति तराई मधेश लोकतान्त्रिक पार्टी वाट संविभानसभामा सभासदको रुपमा पठाएको भन्दै आएको समाचारप्रति तमलोपाले आफनो ध्यानाकर्षण भएको जनाएको छ ।
 
तमलोपाका प्रवक्ता सर्वेन्द्र नाथ शुक्लाले एक विज्ञप्ती जारी गर्दै आफनो सभासद केदारनन्दन चौधरीको बचाउ गरेका छन । शुक्लाले विज्ञप्ती निकाल्दै भनेका छन, चौधरी सर्लाहीका मुल निवासी हुन, माओवादी जनयुद्धकाल उनी शरनार्थीको रुपमा भारत पसेका थिए । देशमा शान्ति बहाली भएपछि, उनी नेपाल फर्केर आफनो घर सर्लाहीमा बस्दै आएका छन ।
 
केही दिन यता काठमाडौवाट प्रकाशित हुने नाया पत्रिका दैनिकले चौधरीको वारेमा समाचार लेख्दै आएका थिए । उक्त पत्रिकाले चौधरी नेपाल र भारतको दोहरी नागरिकता लिएको भन्द्यै छानविनको माग गर्दै आएका छन । उक्त पत्रिकाले समाचार प्रकाशित गरेपछि संसदमा समेत यो बिषयमा आवाज उठन थालेका छन ।

Friday, March 7, 2014

युक्रेन र मधेश


 
युक्रेनमा जारी राजनिती घटनाक्रमको चर्चा नेपालमा पनि कम छैन । नेपालमा हाल मधेशी समुदायको समाजीक धरातललाई जोडेर युक्रेनको घटनासंग विश्लेषणहरु धमाधम आईरहेको देखिन्छ । यता मधेश भित्र यसको चर्चा वडो आश्चर्यजनक ढंगले पनि भईरहेको  देखिन्छ । फेसबुक मार्फत कयौन मधेशका बुद्धजीवीहरु त्यसलाई प्राथमिकताका साथ राखेको देखिन्छ । तर के युक्रेनमा हालै भईरहेको राजनितीक घटनाक्रम साच्चिकै मधेशसंग तुलना गर्न योग्य छ त ? या यसलाई मधेशमा त्यसरी नै ब्याख्या गरेर एउटा छुटै राजनितीक वातावरण बनाउनु कतिको उचित होला ?

Tuesday, March 4, 2014

सदभावनामा सत्ताको खेल


 
निर्वाचनमा प्रत्यक्ष तर्फ एक मात्र सिट हाथ पारेको राजेन्द्र महतो नेतृत्वको सदभावना पार्टी भित्र सता जाने लविंगमा त्यसका नेताहरु सक्रिय हुन थालेको सम्बद्ध स्रोतहरुको दाबी छ । स्रोतका अनुसार सरकारमा मन्त्री पडकाउने दाउमा रहेका फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारसंग मिलेर सदभावनाका केही सभासदहरु त्यस लविगंमा लागेको फोरम लोकतान्त्रिका एक नेताको दाबी छ । ती नेताले दलानसंग नाम उल्लेख नगर्ने शर्तमा भने, हाम्रो अध्यक्ष र सदभावनाका केही सभासदहरु विच पछिल्लो केही दिन यता लागातार कुराकानी भईरहेको छ ।

Sunday, March 2, 2014

फोरम नेपाल फेरी फुट तिर


दोस्रो संविधानसभामा अनपेक्षित हार व्योहोरेको उपेन्द्र यादव नेतृत्वको मधेश जनअधिकार फोरम नेपाल फेरी एकचोटी फुट तिर लम्किसकेको फोरम नेपालका भित्रियाहरु बताउछन । यस अघि पटक पटक फुटको मार खेपीसकेका फोरम फेरी फुट तिर लम्कनुको मुख्य कारण चाही समानुपातिकमा अध्यक्ष यादवको सभासद छान्दा गरेको व्यापार रहेको नेताहरु बताउछन । हाल अध्यक्ष यादव तमलोपा र सदभावनासंग पार्टी एकिकरणको सबालमा छलफलरत छन । तर नेताहरु भन्छन, यादव एकिकरणमा गए पनि वा नगए पनि फोरमको फुट सुनिश्चित भईसकेको छ ।

Saturday, March 1, 2014

केदार नन्दन चौधरी कसरी सभासद भए ?


पछिल्लो केही साता नेपाली छापा र अनलाईलनमा तराई मधेश लोकतान्त्रिक पार्टीका दुई जना सभासदहरुको वारेमा समाचारहरु आए । जसले आम मधेशीलाई लज्जीत त तुल्याएको छदै छ, अर्को तर्फ तमलोपाको नेतृत्व माथी पनि त्यतीकै गम्भिर प्रश्न तेर्सादिएका छन । यद्यपी अहिले यी नेतृत्व मुख खोलेका छैनन ? कतिपयले त चुनावमा त्यत्रो क्षती व्योहोर्दा त समान्य आफनो समिकक्षा सार्वजनिक नगर्ने नेतृत्व जाबो मिडियामा आएको कुरालाई के जवाफ देला भनेर टिकाटिप्पणी पनि गर्ने गरेको पाईन्छ । तर उक्त समाचार आएपछि दलानले यसो खाजी गर्दै जादा केदार नन्दन चौधरी तमलोपाका महामन्त्री सवेन्द्रनाथ शुक्लालाई ५० लाख र उपाध्यक्ष हृदेश त्रिपाठी हालै पत्नीको उपचारको क्रममा १ महिना दिल्ली रहदाको सम्पर्ण खर्च व्योहोरेपछि सभासद हुन योग्य भएको तथ्य फेला परेको छ ।