Thursday, February 6, 2014

पैसाले थिचिएका उपेन्द्र यादव


मधेश विद्रोहवाट एक्कासी राजनिती उचाई पाएको मधेशी जनअधिकार फोरम र त्यसका अध्यक्ष उपेन्द्र यादव दुवै पतनको चरणको पुगीसकेको उनको राजनितीलाई नजिकवाट नियाल्नेहरु बताउछन । कति सम्म यदी एकिकरणको प्रक्रिया अवरुद्ध भए फोरम नेपाल विघटन हुने लगभग निश्चित रहेको उनीहरु बताउछन । पहिलो संविधानसभाको चुनावमा ५२ सिट जितेको फोरम दोस्रो संविधानसभामा प्रत्यक्ष तर्फ जम्मा २ र समानुपातिक तिर ८ गरी १० ओटा सिट हाथ पारेका छन । आखिर किन यसरी उपेन्द्र यादवले पाएको राजनितीक उचाई समाप्त हुन पुग्यो ?

फोरममा सुरु देखि लागेकाहरु र उपेन्द्रको झोला बोक्ने देखि कोठा सफा गरिदिने सम्म कुरा गर्दा के भन्न सकिन्छ भने पैसाको मोहले उनलाई समाप्त पार्यो । पैसाको लेनदेनको कहानी वडो रमाइलो छ ।
पहिलो मधेश आन्दोलनताका सदभावनामा सक्रिय एक जना वरिष्ट नेताका अनुसार यादव  पहिला दरवार, पछि केशी विदेशी शक्ति केन्द्रहरु र पछि सभासदको विक्रिवटटा यसरी गरे कि उनी पतन उन्मुख भए । दरवारवाट पैसा लिएको कहानी फोरममा वडो प्रसिद्ध नै छ र दरवारलाई धोका दिएको प्रसंग । दोस्रो जनआन्दोलन पश्चात दरवार जसरी भएपनि संविधानसभा नहोस भन्ने चाहन्थे र त्यही विच मधेश वल्न थाल्यो । त्यसलाई दरवारले राम्ररी उपयोग गर्नुपर्छ भनेर लागे । र सम्पर्क गरे उपेन्द्र यादवसंग । सम्पर्क माध्यमका रुपमा प्रयोग भए रामेश्वर राय यादव । रामेश्वर राय मार्फत दरवारले १ करोड रुपैया यादवलाई दिने सम्झौता गरे । उपेन्द्र यादवले त्यस मध्ये रामेश्वर रायलाई चुनाव लडनका लागी ५० लाख दिने वाचा गरे । सुरुमा रामेश्वर राय कै उपस्थितमा उपेन्द्र यादवलाई ५० लाख दिईयो र बाकी ५० लाख पछि दिने भनियो । उपेन्द्र यादवले उक्त ५० लाख मध्ये २५ लाखको तत्कालै एउटा गाडी किने र २५ लाख पार्टी चलाउनका लागी राखे । किनेको गाडी उपेन्द्र यादव आफनो नाममा नराखेर रामेश्वरका छोराको नाममा दर्ता गराए । रामेश्वर रायलाई दरवारमा बाकी ५० लाख दिने भनियो । रामेश्वर राय चुनावी तयारीका लागी आफनो जिल्ला तिर लागेकै मौका पारेर उपेन्द्र यादव वाकी ५० लाख पनि दरवारवाट असुल गरे । उता निर्वाचन क्षेत्रमा रहेका रामेश्वर रायलाई ५ लाख रुपैया पठाईदिए । अरु पैसा उनले जती भने पनि पाएन्न । निर्वाचन पश्चात क्रुद्ध भएका रामेश्वर राय काठमाडौ आए लगत्तै उपेन्द्रसंग सल्लाह गरेरै दुई दिनका लागी गाडी लगे । गाडी लिएर सर्लाही पुगेपछि उनले गाडी चालकलाई त्याहावाट विना गाडी फर्कादिए । पछि उपेन्द्र यादवकी पत्नीले गाडी किन नपठाएको भन्दै फोन गर्दा कुन गाडी, त्यो गाडी मेरो हो भनेर थर्काए । त्यसपछि रामेश्वर राय उक्त गाडी लिएर ५० लाखको वाचा माथी चित बुझाएको कथा फोरम नेपालका नेताहरु माझ खुवै रमाईलो प्रसंगहरुमा चर्चा हुन थाले ।
र पहिलो संविधानसभाको केही महिना मै यादवले अरु व्यक्तिहरुसंग राखेको पैसाले पनि वेलावखत यादव परेशान हुन्थे भने अरु नेताहरु त्यसका लागी पन्चायत गर्नु पर्ने अवस्था आयो । दोस्रो संविधानसभाको चुनावको समानुपातिक सभासद समेत भएका व्यापारी श्रवण अग्रवालसंगको कथा पनि त्यस्तै छ । पहिलो संविधानसभा लगत्तै अग्रवाललाई उपेन्द्र यादव ४ करोड रुपैया राख्न दिएका थिए । पछि अग्रवालले बतिसपुतलीमा अग्रवालले यादवकै लागी २ करोडको जग्गा किनी दिए  र बाकी २ करोड आफनो व्यापारमा लगाईदिए । उक्त अग्रवालकै कुनै आफन्तको नाउमा छ । बाकी २ करोड पछि यादवले असुल्न खोज्दा कतिपटक त पन्चायत नै गर्नुपरेको थियो ।  यसरी चलखेलमा राम्ररी फस्दै गएका यादवको पैसा अहिले अग्रवालको ६ ओटा व्यापारमा लागीरहेको छ ।
द्योस्रो संविधानसभाको पुर्वसन्धयामा निर्वाचन क्षेत्र वढाउनुे पर्ने माग र समानुपातिकको मुद्धामा रहेको असहमतीमा पनि यादवले पैसाको चलखेलमा पार्टी भित्र कसैसंग कुनै परामर्श नगरी सहमती गरेको उनका भित्रियाहरु बताउछन । ढेड करोड रुपैया हाथमा परेपछि बेलुकी तत्कालिन उच्च स्तरीय राजनितीक समितीमा असहमती जनाएका उनी भोली पल्ट भैरहवामा पुगेर प्रचण्डलाइ वोलाएर सही छाप हाने । 
दोस्रो समानुपातिकको नामावली त लिएको रकमले फोरम नेपाललाई विघटनकै संघारमा पुयाईदिएको छ । सभासद छनौट श्रवण अग्रवालसंग डेढ करोड, विरेन्द्र महतोसंग डेढ करोड, शिवजी यादवसंग १ करोड १५ लाख र लालबाबु राउतसंग ८० लाख , छाया शर्मासंग ६० लाख, उषा यादवसंग ५२ लाख र जन्नतुन निशा संग पनि १ करोड लिएको फोरम नेपालकै वरिष्ट नेताहरु बताउछन ।
कति सम्म भने समानुपातिकको सभासद छनौटका लागी फोरम नेपालका नेता अमरेश नारायण झाको घरमा बसेको फोरम नेपालको केही वरिष्ट नेताहरुको बैठकमै उपेन्द्र यादवले लालबाबु राउतले हिजो सम्म म संग पैसा नै छैन भन्थे र आज चाही म पनि पैसा दिन तयार रहेको बताउन थालेको बोलेका थिए । यसरी मधेशी समुदायको उत्थानको हितमा राजनिती गर्ने उपेन्द्र यादव पैसामा यस्ता कति दृश्य र कति अदृश्य गरी पैसाको चलखेलमा सामेल हुन थालेपछि उनी नराम्ररी आफनैहरु माझ अलोकप्रिय मात्रै होइन कि अविश्वासको पात्र बनेका छन आज । र फोरम नेपालका एक जना वरिष्ट नेता केही दिन अघि यो पंक्तिकारसंग भनेका थिए, यादव पैसाको चलखेलले यसरी थिचिएका छन कि अब राजनितीक रुपमा उनी उकालो लाग्छ भन्नेमा म अब विश्वस्त हुन सक्दिन ।


4 comments:

  1. Madesh ko neta haru chor bhay pachi kasko ke lag 6 ab madesh ma imandar neta janmaunu par 6.....hamile....

    ReplyDelete
  2. फोरम नेपालका नेता अमरेश नारायण झा भन्छन - मेरो घरमा त्यस्तो कुनै बैठक नै भएको छैन । जसमा लेनदेनको कुराकानी भएको थियो ।

    तर स्रोतका अनुसार १० पुषमा झाको घरमा भएको बैठकमा यादवले उक्त कुरा बोलेका थिए । जुन बैठकमा यादव संगै, फोरम नेताहरु रामसहाय यादव, रेणू यादव, अभिषेक प्रताप साह, मृत्युन्जय झा, रत्नेश्वर गोइत, श्रवण अग्रवाल, शिवजी यादव लगायतका नेताहरु सहभागी थिए । सभासदको लेनदेनका बारेमा अग्रवाल र रेणू यादवको घरमा पनि बैठकहरु भएका थिए ।

    ReplyDelete
  3. नविन झा को लेखहरु प्राय पढीरहन्छु, तर यस लेखमा सच्चाई लागेन, उपेन्द्र यादव माथि लागेको आरोपलाई पुष्टी गर्न प्रष्ट रुपले थप प्रमाणहरु देखाउनु पर्छ । अन्यथा जथाभावी लान्छना लगाउन बन्द गर्नु पर्यो ।

    ReplyDelete
  4. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete