Tuesday, February 4, 2014

तीनै अध्यक्षहरुको बैठक सम्पन्न


एकिकरणको प्रक्रियामा रहेका प्रमुख तीन मधेशी पार्टीहरुका अध्यक्षहरुको बैठक सोमवार भएको छ । कार्यदलले एकिकरणको खाका बुझाएपछि तीन ओटै अध्यक्षहरुको यो पहिलो संयुक्त बैठक थिए । तमलोपा अध्यक्ष महन्थ ठाकुरको सानोठिमी स्थित निवासमा सोमवार दिउसो ४ बजे देखि बेलुकी ७ बजे सम्म बैठक बसेको थियो ।

सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोका अनुसार बैठकमा कार्यदलले बुझाएको एकिकरणको खाका लगायत सम्रगमा एकिकरणको प्रक्रिया कसरी लैजाने वारेमा कुराकानी भएको थियो । केही दिन यता फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव असन्तुष्ट रहेको समाचारहरु आउने गरेका थिए । महतोले बैठकको क्रममा मैलै कसैको केही असन्तुष्को अनुभुति नगरेको बताए । महतोका अनुसार तीनै अध्यक्षहरुको अर्को बैठक आउदो आईतवार बस्दै छ ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete