Saturday, February 8, 2014

महन्थ विवादको चुरो कुरा


जनकपुरमा अहिले महन्थ विवादको चर्चा चुलिएको देखिन्छ । कसैले परम्पराको दुहाई दिईरहेका छन भने कसैले कानुनी प्रक्रियाको । जसले जेको दुहाई दिए पनि मुख्य गरी यो विवाद दुई माफियाको माफियागिरीको विवादको हो ।

चर्चा र निशानामा छन जानकी मन्दिरका महन्थ रामतपेश्वर दास भने दाउ मार्ने तरखरमा छन यसका अर्को मुख्य खेलाडी महन्थ बैकुण्ड दास । बैकुण्ठ दास हत्या अपराधमा आरोपित महन्थ हुन । अहिले मुख्य गरी जानकी मन्दिरको महन्थ फेर्नु पर्यो भनेर गुठी संस्थान तातेको खबर आयो । र यसले कानुनी हावाला दिदै राम तपेश्वर दासलाई हटाई नयां महन्थ नियुक्त गर्ने निर्णय गर्यो । गुठीको नियम अनुसार महन्थको नियुक्त ५ बर्षको लागी थियो । तर राम तपेश्वरदास विगत १२ बर्ष भन्द्या वढी समय देखि जानकी मन्दिरको महन्थको रुपमा काम गर्दै आएका छन । प्रश्न आउछ, ५ बर्ष वितेपछि गुठीले किन रामतपेश्वरलाइ हटाएर अर्को महन्थ नियुक्त गरेनन ?

पछिल्लो समयमा अचानक यो मुद्धा कसरी सतहमा ल्याइयो । त्यसका प्रमुख पात्र हुन बैकुण दास । बैकुण्ठ दास पछिल्लो समयमा जनकपुरीया माफिया एक नेताको सहायक भएर काम गर्ने गरेको कसैवाट लुकेको छैन । राम तपेश्वर दास आफुलाई जनकपुरको अघोषीत राजा नै ठान्ने गर्छन ।
 
बैकुण्ठ दास माफियागिरीको साहारामा केही पत्रकार देखि गुठी संस्थानलाई पैसा मार्फत प्रयोग गरे भने, रामतपेश्वर दास राजनितीक संरक्षणका कारण टसमस हुने अवस्थामा छैन । मिडियामा आएको जनकपुरको महन्थहरुको वारेमा समाचार आफैमा एउटा त्यसको कडी थिए । काठमाडौका लालबुझक्कड सम्पादकहरु सबै क्षेत्रका ज्ञाता भएका कारण त्यसको वारेमा टिप्पणी गर्नु ओहियात हुने छ । कतिपय ठाउमा पत्रकारहरु चाही नबुझी नबुझी प्रयोग भईरहेका हुन्छन । बैकुण्ठ दासको चगंलमा अरु जनकपुर स्थित गुठीका कार्यलय प्रमुख फसे । यसमा पैसाको चेलखेल नभएको कुरामा रति पनि दम छैन । जनकपुरका वर्तमान गुठी प्रमुखलाई यो पंक्तिकारले ५ बर्ष देखि चिन्दै आएका छन । त्यो पनि समाचार संकलनकै क्रममा चिनजान भएका हुन उनीसंग । गुठीको समाचार म आफै पनि लेख्ने भएकाले त्याहाको वारेमा थोरबहुत जानकारी राख्ने मध्ये मै म आफुलाइ ठान्ने गर्छु ।
 
जानकी मन्दिरका महन्थ त्यस क्षेत्रका राजनिती गर्नेहरुको एउटा आर्थिक अखडाहरु मध्ये पर्ने गर्छन । पछिल्लो चुनावमै त्याहावाट सबै भन्दा वढी लाभ काग्रेसीहरु लिए । पछिल्लो समयमा मधेशमा उदाएका नया नयां माफियाहरुले त्याहावाट चाहे जस्तो सहयोग नपाएपछि बैकुण्ठ दास जो रत्न सागर मठमा महन्थ हुन, उनलाई समानान्तर रुपमा शक्तिशाली उभ्याउन लागी परे र सफल पनि भए । नयां शक्ति पाएपछि बैकुण्ठले मानिस हत्या गर्ने देखि अपहरण सम्ममा संग्लन भएको खबरहरु आउन थाले ।
 
प्रशासनको केरकारमा आफना नया मधेशी नेताहरुको माफियागिरीका कारण उन्मुक्ति पाउन थालेपछि बैकुण्ठ जानकी मन्दिरमा निशाना मात्रै लगाएका हुन । न कि यो कुनै कानुनी लडाइ वा जनकपुरको हितमा गरिएको कुनै प्रयोग हो । जसले एक साथ धेरै ठाउमा हान्न खोजेको देखिन्छ ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete