Friday, February 28, 2014

८ बुदेंको ६ बर्षे यात्रा


संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र तत्कालिन सरकार विच भएको बहुचर्चीत ८ बुदे सहमतीको आज ६ बर्ष पुगेको छ । मधेशी जनअधिकार फोरम नेपाल, तराई मधेश लोकतान्त्रिक पार्टी र सदभावना पार्टी सम्मलीत मोर्चाको आब्हानमा भएको १६ दिने दोस्रो मधेश आन्दोलनको क्रममा तत्कालिन सरकार प्रमुखको हैसियतले उक्त सम्झौतामा प्रधानमन्त्री गिरिजाप्रसाद कोईराला र मोर्चाको तर्फवाट महन्थ ठाकुर, उपेन्द्र यादव र राजेन्द्र महताले हस्ताक्षर गरेका थिए ।

०६४ साल फागुन १ गते देखि शुरु भएको दोस्रो मधेश आन्द्योलन १६ फागुनमा ८ बुदें सम्झौताको आधारमा सम्पन्न भएका थियो । जुन आठ बुदेकै कारण ०६४ चैतमा भएको पहिलो संविधानसभाको निर्वाचनमा निर्वाचन क्षेत्रको मधेशमा वढोत्तरी भएको थियो भने सम्झौताले नेपाली सेनामा मधेशीहरुको सामुहिक प्रवेश सहित स्वायत्त मधेश प्रदेशको ग्यारेन्टी गरेका थिए । उक्त सम्झौताको आठ नम्बरमा बुदामा उक्त सबै कुरा नेपाल सरकारको जिम्मेवारी अन्र्तगत पर्ने उल्लेख छ ।

त्यही सम्झौता पछि तत्कालिन अवस्थामा सबै मधेशी पार्टीहरु चुनावमा भाग लिएका थिए । दुई दुई ओटा आन्द्योलनको रापले होला निर्वाचनमा मधेशी पार्टीहरु राम्रो हैसियतमा आए र संविधानसभाको चौथौ, पाचै र छैठौ शक्तिको रुपमा स्थापित भए । र त्यसपछि गएको पांच बर्ष सम्म यी मधेशी पार्टीहरु र ८ बुदेका हस्ताक्षरकर्ताहरु नेपाल सरकारको अगंको रुपमा महत्वपुर्णस्थानमा आफै बसे । प्रश्न उठछ, के नेपाल सरकारको हिस्सेदार भएपछि आफैले नेपालको कार्यसुचिमा राखेको कुराहरु कती कार्यन्वयन भए त ? या भएनन भने किन ?
 
ऋाजको मितीमा भर्खरै दोस्रो संविधानसभाको नतिजाले मधेशी पार्टीहरुको हैसियतमा ठुलो परिवर्तन ल्याईदिएका छन । पराजीत भएका यी दलहरु एकिकरण गरेर फेरी आन्द्योलनमा होमिने वताई रहेका छन ? के जनताले यीनीको आश्वासनलाई सजिलै पत्याउला ? अहिले सम्म आफनो ५ बर्षको ठोस समिकक्षा गर्न नसक्ने यी नेतृत्वहरु के भविष्यमा मधेशीहरु सडकमा आउदै त्यसलाई सही व्यवस्थापन गर्न सक्लान ? चौतर्फी आशंका देखिन्छ । आज मात्रै काठमाडौमा अन्तर पार्टी मधेशी युवा सन्जालले आयोजना गरेको कार्यक्रममा यीनै पार्टीहरुका युवा नेताहरु आफनो नेतृत्वप्रति सशंकित देखिन्थे । उनीहरु वर्तमान नेतृत्व एकिकृत र परिमार्जीत भएन भने त्यसको खुल्ला विकल्पका लागी आफुहरु अब धेरै हिच्कीचाहटमा नबस्ने जस्ता कुरामा जोड दिदै थिए । कतिपयले त मधेश राजनितीको वर्तमान दिशा नै गलत भएको भन्दै जयकृष्ण गोइतको वाटोलाई समेत सही भन्न पछि परेको देखिएनन । तर कुरा यतीमा मात्रै सिमित छैन । एउटा कुरा त आजको मितीमा के निश्चित छ भने यदी ८ बुदेका यी हस्ताक्षकर्ताहरु आफुलाई एकिकृत सहित परिमार्जीत गर्न सकेन भने यीनै आठ बुदे मधेशको नारामै नया शक्ति मधेशमा जन्मिने छ । जुन महन्थ ठाकुर, उपेन्द्र यादव र राजेन्द्र महतोका लागी कति प्रत्युपादक होला भन्ने कुरा कसैवाट लुकेको छैन ?

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete