Wednesday, February 26, 2014

‘राजर्षिजनक विश्वविद्यालय बन्ने निश्चित’


जनकपुरधाम -  नेपाली का“ग्रेसका पूर्ब महामन्त्री एवं नेता बिमलेन्द्र निधि कोइराला सरकारमा शिक्षा मन्त्री नभएपनि १७ वर्षदेखि प्रस्तावित राजर्षिजनक विश्वविद्यालय स्थापना गर्ने प्रतिबद्धता जनाएकाछन । पहिलो पटक बिस्तारित कोइराला मन्त्रीमण्डलमा निधी भौतिक,योजना तथा निर्माण मन्त्रालय पाएकाछन ।  तर उनले संसदबाट विश्वविद्यालय स्थापना सम्बन्धी बिधेयक पारित गराउने जनाएका छन ।

मन्त्री निधिकै सकृयतामा २०५३ सालमा राजर्षिजनक विश्वविद्यालय स्थापना सहयोग समिति गठन गरिएको थियो । उक्त सहयोग समितिका उनी अध्यक्ष हुन । ‘विश्वविद्यालय स्थापना र सडक निर्माण पहिलो प्राथमिकता हुनेछ’ मंगलबार जनकपुर टुडेसित कुरागर्दै मन्त्री निधिले भने–जनकपुरमा विश्वविद्यालय स्थापना हुने र सडकको काममा बढी जोड दिइनेछ ।

धनुषा–३का निर्वाचित सभासद समेत रहेका मन्त्री निधिले विकास निर्माणको काममा सबैलाई सहयोग गर्न आग्रहगर्दै जनकपुरको समग्र विकासका लागि विश्वविद्यालयका साथै सडक लगायतको पूर्बाधारहरु निर्माण आवश्यक रहेको बताए । सडक डिभिजन र ग्रामिण विकास प्रशिक्षण केन्द्रको परिसरमा विश्वविद्यालयको केन्द्रिय कार्यालय रहने प्रस्ताव गरिएकोछ ।विश्वविद्यालयको स्थापनास“गै मुजेलिया सहितको क्षेत्रमा आर्थिक क्रान्ति आउनेछ ।

सडक बिभाग निधिकै मन्त्रालय अन्तरगत रहेको र शिक्षा मन्त्री उनकै सहयोगी नेपाली का“ग्रेसकी कोषाध्यक्ष चित्रलेखा यादव रहेकोले विश्वविद्यालय स्थापनाको काम अत्यन्त सहज रुपमा अगाडी बढनेछ । विश्वविद्यालय स्थापनास“गै सयौं व्यक्तिले प्रत्यक्ष रोजगारी पाउनेछन ।
जनकपुर टुडे

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete