Saturday, February 22, 2014

एकिकरणमा उपेन्द्र यादवको अपेक्षा


एकिकरणवाट पछि हटेको हल्लाहरु आईरहदा फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर विच शुक्रवार बैठक भयो । पछिल्लो कार्यदलको बैठकमा अचानक यादव अनुपस्थित भएपछि सबै तिर शंका वढेको पाईन्थ्यो । यती सम्म फोरम नेपालकै कयौन नेताहरु आफना अध्यक्ष पछि हटदै गएको भन्दै दुख मनाउ गर्थे । तर हिजोको बैठकले एक चोटी फेरी नयां आशा जगाई दिएका छन । यसरी किन यादव एकिकरणप्रति साकारात्मक हुदा हुदै अरु शिर्ष नेताहरु भन्द्या भिन्न देखिएका छन । एकिकरणमा सक्रिय केही भित्रियाहरुको बुझाई यादवको एकिकरणवाट आफनै खालको अपेक्षा छ, जसलाई धेरै हद सम्म नाजायज पनि भन्न मिल्दैन ।

यादवले यसअघि नै तमलोपा अध्यक्ष ठाकुरसंग पहिला तमलोपा र फोरम नेपाल विचमा एउटा सहमती खाका बन्नु पर्ने प्रस्ताव गरेका थिए । तर विभिन्न कारणवस ठाकुरले तीनै पक्षलाई एकै चोटी राख्न पुगे । त्यसलाई यादवले पुरै अस्विकार त गरेनन तर त्यसमाथी उनले साईलेन्ट भई दिए कि उसो भए पहिला तमलोपा र सदभावना एउटा खाकामा पुगोस त्यस पछि हामी आफनो कुरा राखौला भनेर ।

केही उच्च स्रोतका अनुसार फोरम नेपालका अध्यक्ष यादव तमलोपाका अध्यक्ष ठाकुरलाई आफु भन्दा माथी पनि स्विकार गर्न तयार छन तर सदभावना अध्यक्ष राजेन्द्र महतोलाई आफु सरह वा एउटै खालको पद दिन चाहन्न । यादवले भए ठाकुरलाई सर्वमान्य नेता नभए अन्तमा अध्यक्ष ठाकुरलाई बनाएर आफु कार्यकारी अध्यक्ष र महतोलाई सहअध्यक्ष बनाउनु पर्ने दाउमा छन । स्रोत भन्छन, यादवले यो कुरा तमलोपा अध्यक्ष ठाकुर समकक्ष राखिसकेका छन । ठाकुरलेले सबै पक्षलाई समेटिनु पर्ने भएकाले सुझबुझका साथ एउठा ठोस खाकामा पुग्न चाहन्छन । त्यसैले हालै तमलोपाको पार्टी कार्यलयमा कार्यदल र अध्यक्षहरुको भएको बैठक जसमा यादव अनुस्थित भए, उक्त बैठकमा ठाकुरले कार्यदललाइ तपाई एकिकृत पार्टीको नेतृत्व पाहेक अरु कुरा थप गृहकार्य गर्नु भनेर निर्देशन पनि दिए । ठाकुरले उक्त बैठकमा नेतृत्वको आफुहरु मात्रै काम गर्नुको संकेत लाई कतिपयले त्यसको रुपमा अर्थाउने गर्छन ।
यसरी यादवले मिडियामा आएको ठाकुर अध्यक्ष र यादव र महतो कार्यकारी उपाध्यक्ष भएको कुराप्रति तीव्र असहमती जनाउदै आएका छन । उनले जसरी भएपनि महतोलाई आफु सरहको स्टाटसमा राखेर एकिकरण गर्ने पक्षमा नरहेको जानकारहरु बताउछन । त्यसो भए के महतो त्यो मान्न तयार हुन्छ त ? भित्रियाहरुका अनुसार अदसश्यको शक्तिको स्वार्थमा महतो त्यसलाई ईन्कार गर्न सक्दैन्न । त्यसैले यादव ठाकुर संग मिलेर उक्त अध्यासमा लागेको जानकारहरु बताउछन । कतिपय नेताहरुले त्यसलाई अस्वभाविक मान्दैनन । उनीहरु भन्छन, यादवमा जेजती कमजोरी भएपनि मधेश आन्दोलनको अगुवाई गरेको दाबी गर्दै आएका यादवको अपेक्षालार्ई मलजल गरिरहेका छन ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete