Friday, February 21, 2014

महन्थ ठाकुर र उपेन्द्र यादव विच भेटवार्ता


एकिकरणको प्रक्रियामा रहेका प्रमुख तीन पार्टी मध्ये दुई जना अध्यक्ष विच आज भेटवार्ता भएको छ । आज शुक्रवार दिउसो ४ बजे तमलोपा अध्यक्ष ठाकुरको निवासमा ठाकुर र फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव विच भेटवार्ता भएको हो । फोरम अध्यक्ष यादवले दलानसंग कुरा गर्दै भने, वाहिर आए जस्तो केही छैन, म आजै एकिकरणको वारेमा तमलोपा अध्यक्ष ठाकुरसंग भेटवार्ता गरेका छौ ।

केही दिन यता फोरम नेपालका अध्यक्ष यादव एकिकरण प्रक्रियावाट टाढिएको भन्ने समाचारहरु आईरहेका थिए । यादवले त्यसलाई पितपत्रकारिताको संज्ञा दिदै भने, नेपाली मिडियाले एकिकरणको वारेमा वढाईचढाइ गरेर प्रायोजित रुपमा समाचारहरु प्रकाशन प्रसारण गरिरहेका छन । एकिकरण हुन्छ, तपाई ढुक्क हुनुस, यादवले भने हामी प्रक्रियामै छौ, त्यसैले केही समय लाग्ला तर एकिकरण हुन्छ ।

आज दिउसो रिर्पोर्टस क्लबमा यादवले बोलेको भन्दै केही समाचारहरु आएका थिए जसमा यादवले तत्काल एकिकरणको सम्भावाना नरहेको उल्लेख गरिएको थियो ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete