Tuesday, February 18, 2014

एकिकरणप्रति नेतृत्व स्वार्थ

आ आफनै दल सानो भए पनि त्यसकै अध्यक्ष भएर रमाउने परम्परा मधेश राजनितीमा नौलो नभए पनि पछिल्लो समय प्रमुख तीन मधेशी पार्टी विच हुन लागीएको एकिकरण प्रति चौतर्फी चासो देखिन्छन । हुनत अहिले सम्म स्वयंम यीनै तीन मधेशी पार्टीका शिर्ष नेताहरु नै एकिकरण प्रति ढुक्क देखिन्न । तर वाहिर आईरहेको विचारहरु र गृहकार्यको हिसाव भन्दा आज यी तीनै पार्टी एकिकरण उन्मुख नै देखिन्छ । आखिर आफनो अध्यक्षको विरासत छाडेर किन महन्थ ठाकुर, उपेन्द्र यादव र राजेन्द्र महतो एकिकरण प्रति एकमत देखिन्छ ।

महन्थ ठाकुर -  तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष ठाकुर मधेश राजनितीमा होमिनु भन्दा पहिला पुराना र एक सशक्क्त काग्रेसीको रुपमा परिचित थिए । पहिलो मधेश विद्रोह सवै तप्काको मधेशीको विचार र व्यहारमा परिर्वतन ल्याए र त्यसैकै फलस्वरुप ठाकुर मधेश राजनिती तिर सोझिए । अरु पनि धेरै कारणहरु नभएको चाही होईन तर मुख्य कारण चाही मधेश विद्रोहले ल्याएको मानिसिक क्रान्तिकै उपज ठाकुर आज मधेशी नेताको रुपमा स्थापित छ ।

व्यक्तिगत रुपमा अत्यन्तै सोझा र ईमान्दार व्यक्तित्व भएका ठाकुर उमेर र स्वास्थ्यवस्थाका कारण अब धेरै बर्ष सक्रिय रहने अवस्थामा चाही छैन । त्यसैले उनले शुरु गरेको तमलोपा रुपी मधेशी पार्टी लाई मधेशको संस्थागत राजनिती मान्यता मिलोस र त्यसको नायक आफु बनेर मधेशमा सधैका लागी सम्झीने उदेश्यका साथ एकिकरणका लागी लागी परेको देखिन्छ । जुन कति सफल हुने हो त्यो अहिले नै भन्न गाहे देखिन्छ ।
उपेन्द्र यादव - आजको मितीमा जसले जे भने पनि उपेन्द्र यादव मधेश राजनितीका पछिल्लो कालखण्डका एउटा खम्बा नै हुन । भलही उनका अनेकन कमजोरीका कारण आज उनी धरायसी भएका हुन । र यी खम्बालाई उभ्याउन जयप्रकाश गुप्ता देखि अनेकन नेताहरु महत्वपुर्ण भुमिका लाई पनि नकार्न मिल्दैनन । पहिलो मधेश विद्रोहवाट अचानक राष्टिय राजनितीमा मजवुत देखिएका यादव ५ बर्षमा विगत भन्द्या एकदमै कमजोर र उरालोको बाटोमा देखिन्छ । उनी एकिकरणवाट आफुलाई थप मजबुत र ठाकुरको अन्तराष्टिय महत्वलाई आफनो काधमा उतार्न मात्रै एकिकरणकम लागी तयार देखिन्छ । बाहिर उनले जे जस्तो भाषण गरेपनि उनी ठाकुर पछि अन्तराष्टिय स्तरको महत्व मधेशवाट आफुले पाउने पर्ने दिर्घकालिन रणनितीका साथ एकिकरण तिर मोडिएको देखिन्छ । जुन कति सफल होला त्यो भन्न सकिन्न ।
राजेन्द्र महतो - पछिल्लो कालखण्डमा राजेन्द्र महतो सदभावना प्रतिनिधित्व गर्दै आएका छन । उनी एकिकरण वाट तमलोपा संग टासिएका एउटा ठुलो बौद्धिक तप्काको नेता बन्न रुचाउछन । जुन उनी विगत अनेकन प्रयास गर्दा पनि सफल हुन सकेका थिएन । एकिकरण पछि पार्टीमा आफनो लोकप्रियता वढाएर सशक्क्त सगठनको नेता हुन उनी अभिलाषी देखिन्छ ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete