Saturday, February 15, 2014

रामेश्वर राय माथी कारबाहीको तयारी


दोस्रो संविधानसभामा पहिलो मधेशी पार्टी भएको फोरम लोकतान्त्रिकका वरिष्ठ उपाध्यक्ष रामेश्वर राय माथी पार्टीले कारवाहीको तयारीमा जुटेको ती पार्टीका नेताहरुले बताएका छन । फोरम लोकतान्त्रिक भित्र समानुपातिकको नामावली बुझाउने वेलामा रायको अगुवाईमा विरोध भएको थियो । तीनै विरोधको वलमा महासचिव जितेन्द्र देव सभासद बन्ने मौका पाए । तर सभासद भएपछि देव गच्छदारको पक्षमा लागेर राय माथी नै कारवाही गर्ने तयारीमा जुटेका छन । 

फोरम लोकतान्त्रिकले शुरुमा निर्वाचन आयोगमा बुझाएको सभासदको नामावली प्रति रायको अगुवाई विरोध भएको थियो, जसमा देव लगायतका महत्वपुर्ण नेताहरु सहभागी थिए । यती सम्मकी सभासदको नामावली नसच्चाएको भए पार्टी नै फुटने लगभग पक्कापक्की जस्तै देखिन्थ्यो । त्यसकै त्रासले अध्यक्ष गच्छदार सभासदको नामावली सच्चाएर विरोधी समुहवाट पार्टी महासचिव जितेन्द्र देवको नाम सिफरिस गरेका थिए । त्यसपछि विरोध मथ्थर भयो । तर नेताहरुका अनुसार देवलाई सभासद बनाएपछि गच्छदारले देव मार्फत नै विरोधको सबै पाटोवारे जानकारी लिए र विरोधका अगुवाई गर्ने रायमाथी कारवाहीको तयारीमा जुटेका छन ।
 
राय केही दिन यता पार्टी कार्यलय जान समेत छाडीसकेको छ, भने आफना निकटस्तहरु माझ देवका कारण आफु समस्यामा परेको बताउन थालेका छन । उनी निकटस्त स्रोतका अनुसार, पार्टी कारवाहीको औपचारिक निर्णय आएपछि मात्रै रायले आफनो प्रतिक्रिया जनाउने र अहिले केही बोल्न चाहेका छैनन ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete