Thursday, February 13, 2014

एकिकरण बैठकमा उपेन्द्र यादव अनुपस्थित


एकिकरणको प्रक्रियामा रहेका तीन मधेशी पार्टीहरुका अध्यक्षहरुको पुर्व निर्धारित कार्यदलसंगको बैठकमा फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव उपस्थित भएन । मंगलवार तमलोपा अध्यक्ष महन्थ ठाकुरको निवासमा तीनै जना अध्यक्षहरुकै बैठकले आजको लागी कार्यदलहरुसंगको बैठक तोकेका थिए । यादवले आज अचानक आफु काम विशेषले विराटनगर पुगेको भन्दै बैठकमा सहभागी भएन । यद्यपी उनको पार्टी फोरम नेपालको तर्फवाट कार्यदलमा सहभागी नेताहरु बैठकमा आएका थिए ।

ऋाज दिउसो तमलोपा पार्टी कार्यलयमा कार्यदललाई तीनै पार्टीका अध्यक्षहरुले एकिकृत पार्टी वारेमा शिर्ष तहमा भएको सहमतीवारे जानकारी गराउने कार्यक्रम थियो । साथै त्यही बैठकवाट एकिकृत पार्टीको विद्याँन, घोषणापत्र र सिद्धान्तको दस्तावेजीकरणका लागी छुटाछुटै कार्यदल बनाएर जिम्मा दिने योजना थियो । यादव अनुपस्थित भएपछि र सोमवार मात्रै काठमाडौ आउने भएपछि बैठकले उक्त कार्यदलहरु बनाउन सकेन ।
 
ऋाजको बैठकमा तमलोपा अध्यक्ष ठाकुर र सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले शिर्ष नेताहरु विच भएको छलफलको वारेमा कार्यदललाई जानकारी गराएका थिए । अर्को बैठक यादव काठमाडौ आएपछि सोमवार या मंगलवार बस्ने नेताहरुले बताएका छन ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete