Wednesday, February 12, 2014

एकिकरण अन्तिम चरणमा


प्रमुख तीन मधेशी पार्टीहरु विचको एकिकरण अन्तिम चरणमा पुगीसकेको ती पार्टीहरु सम्बद्ध स्रोतले बताएका छन । मंगलवार दिउसो तमलोपा अध्यक्ष महन्थ ठाकुरको निवासमा भएको शिर्ष नेताहरुको बैठकले एकिकरणको कसरी गर्ने वारे एउटा सहमतीमा पुगेको छ । शिर्ष नेताहरुले भोली विहीवार १ बजे तमलोपाको पार्टी कार्यलयमा कार्यदललाइ वोलाएर त्यसको जानकारी गराउन लागेको छ । संगै कार्यदललाई एकिकरणको दस्तावेज, एकिकृत पार्टीको विद्यान, घोषणा पत्र लगायत लेख्नका लागी जिम्मेवारी पनि दिन लागेको छ ।

स्रोत अनुसार, मंगलवारको शिर्ष नेताहरुको बैठकमा महन्थ ठाकुरलाई अध्यक्ष बनाएर जाने र उपेन्द्र यादव र राजेन्द्र महतोलाई कार्यकारी अध्यक्ष बनाउनेमा सहमती भईसकेको छ । त्यसीगरी एकिकृत पार्टीको कार्यसम्पादन समिती ३१ सदस्यीय बनाउने, ५५ देखि ६५ सम्मको राजनितीक समिती बनाउने सहमती पनि भएको स्रोतको भनाई छ । पार्टीको नाममा लोकतान्त्रिक सदभावना फोरम हुन सक्ने अत्यधिक सम्भावना भएपनि त्यसको टुगो लागी सकेको छैन ।
 
निर्वाचन पुर्व चुनावी तालमेल समेत गर्न नसकेका मधेशी पार्टीहरु निर्वाचनमा पराजय भोगेपछि एकिकरणका लागी तातेका थिए । २ महिना देखिको उक्त छलफल र गृहकार्य अबको एक दुई हप्तामै मुर्त रुप लिन लागेको एक शिर्ष नेताको भनाई छ ।



1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete