Tuesday, February 11, 2014

शुक्लाको चुरीफुरी


सरकारमा नजाने वारे तमलोपा अध्यक्ष महन्थ ठाकुर, फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र सदभावना अध्यक्ष राजेन्द्र महतो एकमत देखिए पछि तमलोपाका नेता सर्वेन्द्रनाथ शुक्लाको चुरीफरी रमाईलो देखिन्छ ।

दोस्रो संविधानसभाको निर्वाचनमा शुक्ला प्रत्यक्ष तर्फ जितेका थिए । तमलोपावाट शुक्ला सहित चार जना मात्र प्रत्यक्षमा जितेका थिए । त्यो पनि उनकै जिल्ला रुपन्देहीवाट दुई जना । र एक जना समानुपातिकमा पनि त्यही जिल्लावाट सभासदमा छानिएका थिए । त्यसो त सबै समानुपातिकमा अध्यक्ष ठाकुरलाई शक्तिकेन्द्रहरुवाट भनसुन गराएर शुक्लाले प्राय जसो आफना निकटका लाई सभासद बनाउन सफल भएको भन्दै तमलोपा भित्रै तीव्र असन्तुष्टि पनि छ । त्यसपछि उनले पार्टी नेतृत्वलाई कुनै जानकारी नै नदिई सरकारमा सामेल हुने अभ्यास तिर लागे । तर उनको उक्त अभ्यास मुर्त रुप नलिदै उनलाई ठेस लाग्न पुग्यो । जती वेला उनी दोस्रो संविधानसभाको पहिलो बैठकमा नेपालीमा सम्बोधन गर्न पुगे  ।


दास्रो संविधानसभामा प्राय जसो मधेशी पार्टीहरुका सभासदहरु हिन्दी भाषामा सपथ लिएका थिए । तर शुक्ला पहिलो बैठकमा जादा नेपालीमा सम्बोधन गरे पछि तमलोपा भित्रै र मधेशको एउटा तप्कामा त्यसको व्यापक विरोध भयो । कतिपय जानकारहरुको बुझाईमा शुक्लाले सरकारमा जाने अभ्यासका लागी आफना पुर्व नेता सुर्यबहादुर थापा र केही शक्ति केन्द्रहरुवाट कुराकानीलाई अगाडी वढाउन खाज्दै थिए र एउटा ठोस वातावरण बनेपछि तमलोपाका अध्यक्ष ठाकुरलाई शक्तिकेन्द्रहरुवाट भनसुन गराएर मन्त्री बन्ने दाउमा थिए उनी । यती सम्मकी निर्वाचनमा विजय भएपछि काठमाडौ फर्केर र पार्टी कार्यलय आउदा उनले आफना निकटका केही युवाहरुलाई निर्वाचनमा पार्टीको यत्रो खर्च भएको छ, त्यसका लागी पनि सरकारमा जानु पर्ने र त्यसका लागी वातावरण बनाउन आग्रह गरेका थिए ।
तर नेपालीमा सम्बोधन गरेपछि चौतर्फी विरोध हुन थालेपछि तमलोपा अध्यक्ष ठाकुरले शुक्लालाई बोलाएर सचेत गराएका थिए । विभिन्न शक्तिकेन्द्रहरुको प्रभावमा ठाकुर माथी अत्यधिक हावी भएका शुक्लाको वारेमा पार्टी भित्रै त्यसपछि विभिन्न कुराहरु उठन थाले । त्यही सेरोफेरोमा तमलोपा अध्यक्ष ठाकुर आफै नभिकन अरुवाट अप्रत्यक्ष रुपमा आफुहरु सरकारमा जादै नजाने र यदी त्यस्तो वातावरण कसैले बनाएमा पनि शुक्लालाई मन्त्री नबाउने खालेको सन्देश प्रवाह गरे । ठाकुरले पहिलो संविधानसभामा शुक्ला पराजित भएपनि उनलाई पार्टीले मन्त्री बनाएको प्रसंग उल्लेख गरेर पहिला अवसर पाईसकेकाहरु भन्दा नयाहरुलाई आफुले प्राथमिकतामा राख्ने सन्देश प्रवाह गराए । अघिल्लो संविधानसभाको कालमा शुक्ला परिाजित भए पनि शिक्षामन्त्री भएका थिए ।  त्यसपछि शुक्ला उक्त अभ्यासवाट व्याक भएका थिए । र वाहिर आफुहरु सरकारमा जाने वारे कुनै सोच नै नबनाएको भन्दै सुचना प्रवाह गराउन थाले । पार्टी नेतृत्वको तर्फवाट आफुले ग्रिन सिंग्नल नपाएपछि शुक्लाले कतै आफनो हालत राम कुमार शर्मा कै होला कि भनेर ठाकुरकै लाईनमा सदाचारिताका साथ तल्लीन हुन पुगे ।
राम कुमार शर्मा तमलोपामा हुदा तत्कालिन माधव नेपालको सरकार बन्द्या यसरी नै अभ्यास गरेर डयाक खाएका थिए । पार्टी सरकारमा जानु पर्छ भनेर लबिंग गर्दै वातावरण बनाएर तमलोपाका अध्यक्ष ठाकुरलाई दबाब सिर्जना गरिदिएका थिए  र वाहिर आफु मन्त्री बन्ने निश्चित भईसकेको भन्दै हिडे । शक्तिकेन्द्रहरुमा पनि आफनो पक्षमा साकारात्मक वातावरण बनाएका थिए र ठाकुरमाथी दबाब सिर्जना गराए । अन्तिम समयमा ठाकुरले शक्तिकेन्द्रहरुको दबाब सहन नसकेपछि, उनले ठिक छ आफुहरु सरकारमा जान्छौ तर, तिमीहरुले भनेका मध्ये शर्मालाई कुनै पनि हालत म मन्त्रीका लागी सिफरिस गर्दिन्न भनेर भने । अन्तिम समयमा शक्तिकेन्द्रहरुपनि सबै कुरा ठिकठाक छ भनेर शर्माका लागी धेरै अध्यासमा लागेन र शर्माको मिसन उनकै लागी असफल सावित भयो ।
त्यही त्रासले शुक्लाले ठाकुरको मनस्थिती छामिसकेपछि धेरै अदृश्य चुरीफुरी गर्न चाहेनन वरु सरकारमा हामी जान्नौ भनेर चोखो देखीने प्रयासमा जुटे । तर कतिपय भित्रियाहरुका अनुसार उनी मन्त्री बन्ने अदृश्य चुरीफुरीमा अझै संग्लन नै छ ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete