Monday, February 10, 2014

सुशील कोईरालाको मधेश चुनौती


नेपालको ३७ औ प्रधानमन्त्रीको रुपमा सोमवार नेपाली काग्रेसका सभापति सुशिल कोईराला निर्वाचित भएका छन । राजनिती रुपमा स्वच्छ छवि भएका कोईराला दोस्रो संविधानसभामा कागे्रस पहिलो पार्टीको रुपमा शक्ति पाए पछि प्रधानमन्त्री भएको हो । उनलाई हाल एमाले लगायतका दलहरुले समर्थन गरेका छन  भने माओवादी र मधेशवादी दलहरु लगायत केहीले समर्थन गरेका छैन । मधेशी पार्टीहरुको तर्फवाट विजय गच्छदार, शरदसिंह भण्डारी र महेन्द्र यादव उनलाई समर्थन गर्न खुटा नै उचालेका थिए तर अन्तिम समयमा उनीहरु पछि हटे । महन्थ ठाकुर, उपेन्द्र यादव र राजेन्द्र महतो शुरु देखि नै यो खेल वाहिर बसेका थिए ।

गच्छदार, भण्डारी र महेन्द्र यादवको इच्छा हुदा हुदै पनि सरकारमा सामेल नहुने अवस्था सिर्जना हुनु र महन्थ ठाकुर, उपेन्द्र यादव र राजेन्द्र महतो एकिकृत पार्टी बनाएर आन्द्योलनमा जाने बताईरहेका बेला नयां प्रधानमन्त्री कोईराला मधेशलाई कसरी लिने त्यसमा नै उनको सफलता र असफलता निर्भर हुन सक्छ ।
 
हालै सम्पन्न दोस्रो संविधानसभाको निर्वाचनमा काग्रेसले सबै भन्द्या वढी मत मधेशवाटै ल्याएका थिए र त्यसलाई उचित सम्मान दिनु नै कोईरालाको लागी सबै भन्दा ठुलो चुनौती हुने आकंलन गर्न थालिएको छ । 
हालै निर्वाचनको क्रममा मधेशका जिल्लाहरुमा कागं्रेसीहरुले संघीयता संहितको संविधान र स्थानिय निकायको निर्वाचन मार्फत विकासको ठोस वाटो पहल्याउन आफुहरुलाई मत दिन आब्हान गरेका थिए । विगत ५ बर्षमा माओवादी र मधेशी नेताहरुको क्रियाकलापवाट असन्तुष्ट रहेका मधेशीहरु त्यही आक्रोशमा आफनो पुरानो पार्टी काग्रेसलाइ पत्याए । तर के यो काग्रेस नेतृत्व सरकार मधेशको उक्त मनोभावनालाई सम्बोधन गर्न तर्फ अघि वढला, त्यो नै प्रधानमन्त्री सुशिल कोईरालाको मुख्य चुनौती हुनेछ ।
 
नयां प्रधानमन्त्री कोईरालाको हरेक क्रियाकलापमा मधेश र मधेशीको मनोविज्ञान झल्कनु पर्छ । किनकी उनी स्वयंक मधेश आन्दोलनको एउटा केन्द्र रहेको बाके जिल्लाका मधेशी नागरिकहरुको मतवाट आजको स्थानमा पुगेको छ ।
 
यो कोईराला र कागे्रसका लागी मौका पनि हो । हिजोका दिनमा माओवादी र मधेशी पार्टी सम्मलीत सरकारले पास गराउन नसकेका समावेशी विद्ययेक कोईराला नेतृत्वको सरकारले ल्याएर आम मधेशीको मन जित्न सक्छ । त्यसैगरी संविधान निर्माणको क्रममा हाल कमजोर देखिएका मधेशी पार्टीको विश्वासमा संघीयता ठोस रुपमा लागु गरेर कोईराला ईतिहास पुरुष बन्न सक्छ ? तर, यदी कोईराला उक्त कुराहरु पछि पर्दै सरकारमा विगतकै परिदृश्यहरुमै रमाउन थाले उनी अरु भन्दा चाडै असफलको श्रेणीमा पनि पुग्न सक्छ । किनकी निर्वाचन मार्फत हाल कमजोर देखिएका मधेशी पार्टीहरु हाथमा दही जमाएर त पक्कै बस्दैन्न होला ?
 
हाल कागे्रसको एजेन्डामा मधेशी पार्टीहरु वाहेक अरु सबै लगभग एक नै देखिन्छन । त्यसैलै कोईरालाले अहिले देखि नै मधेशमा प्राथमिकतामा राखेर विश्वास जित्न सकेन भने उनको असफलताको मुख्य कारक मधेश नै देखिन सक्छ । जुन स्वयंम कोईराला देखि सिंगो काग्रेस पार्टीका लागी हानिकारक सावित हुनेछ ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete