Sunday, February 9, 2014

१५ दिन भित्र एकिकरणको घोषणा शुरु हुने


एकिकरण प्रक्रियाको छलफलमा रहेका प्रमुख तीन मधेशी पाटीहरु विच १५ दिन भित्र एकिकरणको घोषणा हुन लागेको एक शिर्ष नेताले दलानलाई बताएका छन । तीन पार्टी विचको छलफल लगभग मुर्त रुप लिन लागेको र अब चाडै घोषणाको प्रक्रियामा जाने उनले बताए । आज तोकिएको शिर्ष नेताहरुको बैठक तमलोपा अध्यक्ष महन्थ ठाकुर काठमाडौ वाहिर रहेका कारण हुन नसकेको हो । भोली या पर्सी हामी बैठक गर्दै छौ, ती शिर्ष नेताले भने त्यसपछि हामी घोषणाको प्रक्रियामा जानेछौ ।

ती नेताका अनुसार महन्थ ठाकुर अध्यक्ष र उपेन्द्र यादव, राजेन्द्र महतो कार्यकारी अध्यक्ष रहने गरी शिर्ष नेताहरु विच सहमती भईसकेको छ । पार्टीको साईज अनुसार तीनै जनाको मर्यादाक्रम तोकिदै छ । हाल तमलोपा सबै भन्द्या ठुलो र त्यसपछि फोरम नेपाल र सदभावना पार्टीको हैसियत छ । त्यसकै आधारमा अध्यक्षमा ठाकुर र कार्यकारी अध्यक्षको पहिलो नम्बरमा यादव र दोस्रो नम्बरमा महतो रहने सहमती शिर्ष नेताहरुविच भईसकेको विश्वस्त स्रोतको दाबी छ । तर तीनै अध्यक्षले सामुहिक रुपमा काम गर्ने प्रावधान पनि राखिन लागेको छ ।
 
पार्टी संचालनका लागी १५ सदस्यीय कार्यसम्पादन समिती ६५ सदस्यीय राजनितीक समिती हुनेछ र हाल तीनै पार्टीहरुको केन्द्रिय सदस्यीय रहने गरी राष्टिय केन्द्रिय कार्यसमिती रहने गरी एकिकृत पार्टीको घोषणा हुन लगेको हो । नाम देखि झण्डा लगायतका सबै बिषयमा सहमती भईसकेको स्रोतको दाबी छ ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete