Friday, February 28, 2014

८ बुदेंको ६ बर्षे यात्रा


संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र तत्कालिन सरकार विच भएको बहुचर्चीत ८ बुदे सहमतीको आज ६ बर्ष पुगेको छ । मधेशी जनअधिकार फोरम नेपाल, तराई मधेश लोकतान्त्रिक पार्टी र सदभावना पार्टी सम्मलीत मोर्चाको आब्हानमा भएको १६ दिने दोस्रो मधेश आन्दोलनको क्रममा तत्कालिन सरकार प्रमुखको हैसियतले उक्त सम्झौतामा प्रधानमन्त्री गिरिजाप्रसाद कोईराला र मोर्चाको तर्फवाट महन्थ ठाकुर, उपेन्द्र यादव र राजेन्द्र महताले हस्ताक्षर गरेका थिए ।

Wednesday, February 26, 2014

‘राजर्षिजनक विश्वविद्यालय बन्ने निश्चित’


जनकपुरधाम -  नेपाली का“ग्रेसका पूर्ब महामन्त्री एवं नेता बिमलेन्द्र निधि कोइराला सरकारमा शिक्षा मन्त्री नभएपनि १७ वर्षदेखि प्रस्तावित राजर्षिजनक विश्वविद्यालय स्थापना गर्ने प्रतिबद्धता जनाएकाछन । पहिलो पटक बिस्तारित कोइराला मन्त्रीमण्डलमा निधी भौतिक,योजना तथा निर्माण मन्त्रालय पाएकाछन ।  तर उनले संसदबाट विश्वविद्यालय स्थापना सम्बन्धी बिधेयक पारित गराउने जनाएका छन ।

मन्त्री निधिकै सकृयतामा २०५३ सालमा राजर्षिजनक विश्वविद्यालय स्थापना सहयोग समिति गठन गरिएको थियो । उक्त सहयोग समितिका उनी अध्यक्ष हुन । ‘विश्वविद्यालय स्थापना र सडक निर्माण पहिलो प्राथमिकता हुनेछ’ मंगलबार जनकपुर टुडेसित कुरागर्दै मन्त्री निधिले भने–जनकपुरमा विश्वविद्यालय स्थापना हुने र सडकको काममा बढी जोड दिइनेछ ।

धनुषा–३का निर्वाचित सभासद समेत रहेका मन्त्री निधिले विकास निर्माणको काममा सबैलाई सहयोग गर्न आग्रहगर्दै जनकपुरको समग्र विकासका लागि विश्वविद्यालयका साथै सडक लगायतको पूर्बाधारहरु निर्माण आवश्यक रहेको बताए । सडक डिभिजन र ग्रामिण विकास प्रशिक्षण केन्द्रको परिसरमा विश्वविद्यालयको केन्द्रिय कार्यालय रहने प्रस्ताव गरिएकोछ ।विश्वविद्यालयको स्थापनास“गै मुजेलिया सहितको क्षेत्रमा आर्थिक क्रान्ति आउनेछ ।

सडक बिभाग निधिकै मन्त्रालय अन्तरगत रहेको र शिक्षा मन्त्री उनकै सहयोगी नेपाली का“ग्रेसकी कोषाध्यक्ष चित्रलेखा यादव रहेकोले विश्वविद्यालय स्थापनाको काम अत्यन्त सहज रुपमा अगाडी बढनेछ । विश्वविद्यालय स्थापनास“गै सयौं व्यक्तिले प्रत्यक्ष रोजगारी पाउनेछन ।
जनकपुर टुडे

Monday, February 24, 2014

मधेश केन्द्रित दलहरू सशस्त्र समूहहरूसँग अन्याय गरे - जयकृष्ण गोइत


                                          जयकृष्ण गोइत
                                          संयोजक
                                          अखिल तराई मुक्ति मोर्चा

० संविधानसभाको दोस्रो निर्वाचनपछिको मधेश राजनीतिलाई कसरी विश्लेषण गर्नुहुन्छ ?
— मधेश केन्द्रित राजनीतिको जरा फस्टाउन सकेको छैन । मधेशीमा नेपाली (पहाडे) राजनीति चिन्तनले अझै पनि मधेशका धेरै क्षेत्रमा गडबडी मच्याइरहेका छन् । दोस्रो संविधानसभाको निर्वाचनमा चुन्नका लागि मुख्य रूपमा मधेशी मतदातासमक्ष दुईवटा विषय–वस्तु थिए । त्यो गैरमधेशी (पहाडी) बनाम मधेशी या गैरवामपन्थी बनाम वामपन्थी होइन । त्यो दुई दृष्टि–बोध हो, (१) मधेश नेपालको उपनिवेश हो (२) मधेश नेपालको आन्तरिक उपनिवेश हो । मधेशलाई नेपाली औपनिवेशिक शासनबाट मुक्तिका लागि नेपाली संविधानसभाको पहिलो निर्वाचन बहिष्कार गर्न मधेशीहरूमा अपिल हुँदा, मधेशका जिल्लाहरूमा संगठन भएको ठाउँहरूमा बहिष्कार मात्रै भएन, सप्तरीको त्रिकौल गाउँको मतदान केन्द्रमा राखेको मतपेटिकामा कुनै पनि मतदाताले आफ्नो मत हाल्न गएनन् । संविधानसभाको दोस्रो निर्वाचनमा नेपाली औपनिवेशिक कारणको वहिष्कार कमजोर हुन गए । पहिलो निर्वाचनमा मधेशका अधिकांश मधेशीहरूको मत पाएर मधेशी दलहरू उल्लेखनीय संख्यामा संविधानसभामा उपस्थिति भए । तर, दोस्रो निर्वाचनमा मधेशमा जनविश्वासको धरातल कमजोर हुँन पुगेकोले मधेशकेन्द्रित दलहरू न्यून संख्यामा विजय भए । त्यसैले, दोस्रो संविधानसभाको निर्वाचनपछिको मधेश राजनीतिमा नयाँ समस्या र चुनौती थपिएका छन् । २०६३ को मधेश महाविद्रोहबाट प्राप्त उपलब्धिहरू गुमिएको तथ्यलाई दुवैले स्वीकार्नु पर्दछ । विश्वका कतिपय मुलुकका पछिल्ला घटनाहरूले के देखाएका छन् भने आन्दोलनकारी शक्तिहरूले वुद्धि पु¥याएनन् भने प्राप्त उपलब्धिहरू गुमिने र पहिलेको अवस्था पुनस्र्थापित हुँदा रहेछन् । त्यसैले कतिपय देशमा आन्दोलन, जनविद्रोह, क्रान्ति वा स्वतन्त्रता संग्राम कैयौं पटक गर्नु पर्दो रहेछ । फ्रान्स, रुस आदि मुलुकमा मात्र होइन कि भारतमा नै १८५७ ई.मा प्रथम महाविद्रोह भयो, १९४२ ई.मा भारत छोडो आन्दोलन र १९४७ ई.मा स्वतन्त्रता संग्राम भयो । चीनमा १९११ ई.मा क्रान्ति भयो । तर, १९१६ ई. मै उल्टियो, फेरि १९४९ ई. मा जनवादी क्रान्ति भयो । नेपालकै सन्दर्भमा २००७ सालमा क्रान्ति भयो, २०१७ सालमा प्रतिक्रान्ति भयो र २०४६ सालमा फेरि क्रान्ति भयो । २०५९÷६१ मा प्रतिक्रान्ति भयो र फेरि २०६२÷२०६३ सालमा क्रान्ति भयो । परिणामस्वरूप नेपालमा गणतन्त्र आयो ।
हामीले मधेश राजनीतिलाई अहिलेको ठोस परिस्थितिको ठोस विश्लेषणसहित नेपाली औपनिवेशिक उत्पीडनलाई नै मुख्य अन्तरविरोधको रूपमा किटान गरिएका छौं । जबसम्म मधेशको स्वतन्त्रता संस्थागत हुँदैन, तबसम्म असफलताहरूबाट पाठ सिक्दै निरन्तर योजनाबद्ध क्रान्ति गरी रहनु क्रान्तिकारी मधेशीहरूको नैतिक दायित्व छ । मधेश महाविद्रोहका अभियन्ता मधेशी आफैं हुँदा ‘मधेशको मुक्ति’ अवश्यम्भावी छ ।

Saturday, February 22, 2014

एकिकरणमा उपेन्द्र यादवको अपेक्षा


एकिकरणवाट पछि हटेको हल्लाहरु आईरहदा फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर विच शुक्रवार बैठक भयो । पछिल्लो कार्यदलको बैठकमा अचानक यादव अनुपस्थित भएपछि सबै तिर शंका वढेको पाईन्थ्यो । यती सम्म फोरम नेपालकै कयौन नेताहरु आफना अध्यक्ष पछि हटदै गएको भन्दै दुख मनाउ गर्थे । तर हिजोको बैठकले एक चोटी फेरी नयां आशा जगाई दिएका छन । यसरी किन यादव एकिकरणप्रति साकारात्मक हुदा हुदै अरु शिर्ष नेताहरु भन्द्या भिन्न देखिएका छन । एकिकरणमा सक्रिय केही भित्रियाहरुको बुझाई यादवको एकिकरणवाट आफनै खालको अपेक्षा छ, जसलाई धेरै हद सम्म नाजायज पनि भन्न मिल्दैन ।

Friday, February 21, 2014

महन्थ ठाकुर र उपेन्द्र यादव विच भेटवार्ता


एकिकरणको प्रक्रियामा रहेका प्रमुख तीन पार्टी मध्ये दुई जना अध्यक्ष विच आज भेटवार्ता भएको छ । आज शुक्रवार दिउसो ४ बजे तमलोपा अध्यक्ष ठाकुरको निवासमा ठाकुर र फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव विच भेटवार्ता भएको हो । फोरम अध्यक्ष यादवले दलानसंग कुरा गर्दै भने, वाहिर आए जस्तो केही छैन, म आजै एकिकरणको वारेमा तमलोपा अध्यक्ष ठाकुरसंग भेटवार्ता गरेका छौ ।

Thursday, February 20, 2014

काहा-काहा छन मधेश विद्रोह गर्ने नेताहरु ?


देश विदेशको हरेक निकायलाई चकित पार्ने गरी भएको पहिलो मधेश विद्रोह तत्कालिन मधेशी जनअधिकार फोरम नेपालको ब्यानरमा शुरुवात भएको थियो । तत्कालिन अन्तरिम संविधानमा संघीय व्यवस्थाको वारेमा केही उल्लेख नगरिएपछि काठमाडौमा फोरमका अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा उक्त संविधान जलाए पछि मधेशभरीको आन्द्योलनले विद्रोहको स्वरुप ग्रहण गरेको थियो । उक्त विद्रोहको वेला यादवको अध्यक्षतामा फोरम २१ सदस्यीय थियो । यादव संगै नेताहरु जेपी गुप्ता, भाग्यनाथ गुप्ता, किशोर विश्वास, रामकुमार शर्मा, जितेन्द्र सोनल, उपेन्द्र झा, विपी यादव, अमर यादव, रवीन्द्र ठाकुर, कैलास महतो, आरसी यादव, रामसहाय यादव, रामबाबु यादव, रवीन्द्र यादव,कृष्ण बहादुर यादव, चन्देश्वर यादव, परमानन्द मेहता, भुपेन्द्र चौधरी, भीम राजवंशी र रामप्रवेश साह फोरमका केन्द्रिय नेताहरु थिए । तर आज उपेन्द्र यादवसंग यी मध्ये तीन जना बाहेक अरु कोई पनि छैन । यादवसंग हाल रामसहाय यादव, रामबाबु यादव र चन्देश्वर यादव मात्रै छन भने बाकी १७ जना यादवलाई छाडीसकेका छन ।

Wednesday, February 19, 2014

किन असम्भव देखिन थाले एकिकरण ?


प्रमुख तीन मधेशी पार्टी विचको एकिकरण फेरी एक चोटी असम्भव देखिन थालेका छन । यस अघि आफैले तय गरेको बैठकमा अनुपस्थित भएर उपेन्द्र यादव त्यसको जनाउ दिईसकेका छन । यद्यपी नेताहरुले यादव काम बिशेषका कारण विराटनगर गएको भन्दै फर्केपछि अर्को बैठक हुने बताएका थिए । तर उपेन्द्र यादव निकटस्तहरुका अनुसार यादव पछिल्लो केही हप्तायता एकिकरण प्रक्रियावाट टाढिन थालेका छन । तर वाहिर सार्वजनिक रुपमा उनले अहिले सम्म मुख भने खोलेका छैनन । स्रोतका अनुसार पछिल्लो तीनै शिर्ष नेताहरुको बैठकमा सदभावनाका अध्यक्ष राजेन्द्र महतोले ठाकुरको अध्यक्षतामा एकिकरण घोषणा गरौ भने प्रस्ताव राखेका थिए । त्यसप्रति यादवले हो वा होईन भन्ने जवाफ दिएन वरु आफु पछि विचार गरेर भन्ने बताए । तर महतो र ठाकुरले यो प्रक्रियालाई  लम्ब्याउनु हुदैन भनेर कार्यदलसहितको बैठक प्रस्ताव गरेपछि यादवले हुन्छ भनेर त्याहावाट बाहिरिएका थिए ।

Tuesday, February 18, 2014

एकिकरणप्रति नेतृत्व स्वार्थ

आ आफनै दल सानो भए पनि त्यसकै अध्यक्ष भएर रमाउने परम्परा मधेश राजनितीमा नौलो नभए पनि पछिल्लो समय प्रमुख तीन मधेशी पार्टी विच हुन लागीएको एकिकरण प्रति चौतर्फी चासो देखिन्छन । हुनत अहिले सम्म स्वयंम यीनै तीन मधेशी पार्टीका शिर्ष नेताहरु नै एकिकरण प्रति ढुक्क देखिन्न । तर वाहिर आईरहेको विचारहरु र गृहकार्यको हिसाव भन्दा आज यी तीनै पार्टी एकिकरण उन्मुख नै देखिन्छ । आखिर आफनो अध्यक्षको विरासत छाडेर किन महन्थ ठाकुर, उपेन्द्र यादव र राजेन्द्र महतो एकिकरण प्रति एकमत देखिन्छ ।

महन्थ ठाकुर -  तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष ठाकुर मधेश राजनितीमा होमिनु भन्दा पहिला पुराना र एक सशक्क्त काग्रेसीको रुपमा परिचित थिए । पहिलो मधेश विद्रोह सवै तप्काको मधेशीको विचार र व्यहारमा परिर्वतन ल्याए र त्यसैकै फलस्वरुप ठाकुर मधेश राजनिती तिर सोझिए । अरु पनि धेरै कारणहरु नभएको चाही होईन तर मुख्य कारण चाही मधेश विद्रोहले ल्याएको मानिसिक क्रान्तिकै उपज ठाकुर आज मधेशी नेताको रुपमा स्थापित छ ।

Saturday, February 15, 2014

रामेश्वर राय माथी कारबाहीको तयारी


दोस्रो संविधानसभामा पहिलो मधेशी पार्टी भएको फोरम लोकतान्त्रिकका वरिष्ठ उपाध्यक्ष रामेश्वर राय माथी पार्टीले कारवाहीको तयारीमा जुटेको ती पार्टीका नेताहरुले बताएका छन । फोरम लोकतान्त्रिक भित्र समानुपातिकको नामावली बुझाउने वेलामा रायको अगुवाईमा विरोध भएको थियो । तीनै विरोधको वलमा महासचिव जितेन्द्र देव सभासद बन्ने मौका पाए । तर सभासद भएपछि देव गच्छदारको पक्षमा लागेर राय माथी नै कारवाही गर्ने तयारीमा जुटेका छन । 

Thursday, February 13, 2014

एकिकरण बैठकमा उपेन्द्र यादव अनुपस्थित


एकिकरणको प्रक्रियामा रहेका तीन मधेशी पार्टीहरुका अध्यक्षहरुको पुर्व निर्धारित कार्यदलसंगको बैठकमा फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव उपस्थित भएन । मंगलवार तमलोपा अध्यक्ष महन्थ ठाकुरको निवासमा तीनै जना अध्यक्षहरुकै बैठकले आजको लागी कार्यदलहरुसंगको बैठक तोकेका थिए । यादवले आज अचानक आफु काम विशेषले विराटनगर पुगेको भन्दै बैठकमा सहभागी भएन । यद्यपी उनको पार्टी फोरम नेपालको तर्फवाट कार्यदलमा सहभागी नेताहरु बैठकमा आएका थिए ।

Wednesday, February 12, 2014

एकिकरण अन्तिम चरणमा


प्रमुख तीन मधेशी पार्टीहरु विचको एकिकरण अन्तिम चरणमा पुगीसकेको ती पार्टीहरु सम्बद्ध स्रोतले बताएका छन । मंगलवार दिउसो तमलोपा अध्यक्ष महन्थ ठाकुरको निवासमा भएको शिर्ष नेताहरुको बैठकले एकिकरणको कसरी गर्ने वारे एउटा सहमतीमा पुगेको छ । शिर्ष नेताहरुले भोली विहीवार १ बजे तमलोपाको पार्टी कार्यलयमा कार्यदललाइ वोलाएर त्यसको जानकारी गराउन लागेको छ । संगै कार्यदललाई एकिकरणको दस्तावेज, एकिकृत पार्टीको विद्यान, घोषणा पत्र लगायत लेख्नका लागी जिम्मेवारी पनि दिन लागेको छ ।

Tuesday, February 11, 2014

शुक्लाको चुरीफुरी


सरकारमा नजाने वारे तमलोपा अध्यक्ष महन्थ ठाकुर, फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र सदभावना अध्यक्ष राजेन्द्र महतो एकमत देखिए पछि तमलोपाका नेता सर्वेन्द्रनाथ शुक्लाको चुरीफरी रमाईलो देखिन्छ ।

दोस्रो संविधानसभाको निर्वाचनमा शुक्ला प्रत्यक्ष तर्फ जितेका थिए । तमलोपावाट शुक्ला सहित चार जना मात्र प्रत्यक्षमा जितेका थिए । त्यो पनि उनकै जिल्ला रुपन्देहीवाट दुई जना । र एक जना समानुपातिकमा पनि त्यही जिल्लावाट सभासदमा छानिएका थिए । त्यसो त सबै समानुपातिकमा अध्यक्ष ठाकुरलाई शक्तिकेन्द्रहरुवाट भनसुन गराएर शुक्लाले प्राय जसो आफना निकटका लाई सभासद बनाउन सफल भएको भन्दै तमलोपा भित्रै तीव्र असन्तुष्टि पनि छ । त्यसपछि उनले पार्टी नेतृत्वलाई कुनै जानकारी नै नदिई सरकारमा सामेल हुने अभ्यास तिर लागे । तर उनको उक्त अभ्यास मुर्त रुप नलिदै उनलाई ठेस लाग्न पुग्यो । जती वेला उनी दोस्रो संविधानसभाको पहिलो बैठकमा नेपालीमा सम्बोधन गर्न पुगे  ।

Monday, February 10, 2014

सुशील कोईरालाको मधेश चुनौती


नेपालको ३७ औ प्रधानमन्त्रीको रुपमा सोमवार नेपाली काग्रेसका सभापति सुशिल कोईराला निर्वाचित भएका छन । राजनिती रुपमा स्वच्छ छवि भएका कोईराला दोस्रो संविधानसभामा कागे्रस पहिलो पार्टीको रुपमा शक्ति पाए पछि प्रधानमन्त्री भएको हो । उनलाई हाल एमाले लगायतका दलहरुले समर्थन गरेका छन  भने माओवादी र मधेशवादी दलहरु लगायत केहीले समर्थन गरेका छैन । मधेशी पार्टीहरुको तर्फवाट विजय गच्छदार, शरदसिंह भण्डारी र महेन्द्र यादव उनलाई समर्थन गर्न खुटा नै उचालेका थिए तर अन्तिम समयमा उनीहरु पछि हटे । महन्थ ठाकुर, उपेन्द्र यादव र राजेन्द्र महतो शुरु देखि नै यो खेल वाहिर बसेका थिए ।

Sunday, February 9, 2014

१५ दिन भित्र एकिकरणको घोषणा शुरु हुने


एकिकरण प्रक्रियाको छलफलमा रहेका प्रमुख तीन मधेशी पाटीहरु विच १५ दिन भित्र एकिकरणको घोषणा हुन लागेको एक शिर्ष नेताले दलानलाई बताएका छन । तीन पार्टी विचको छलफल लगभग मुर्त रुप लिन लागेको र अब चाडै घोषणाको प्रक्रियामा जाने उनले बताए । आज तोकिएको शिर्ष नेताहरुको बैठक तमलोपा अध्यक्ष महन्थ ठाकुर काठमाडौ वाहिर रहेका कारण हुन नसकेको हो । भोली या पर्सी हामी बैठक गर्दै छौ, ती शिर्ष नेताले भने त्यसपछि हामी घोषणाको प्रक्रियामा जानेछौ ।

Saturday, February 8, 2014

महन्थ विवादको चुरो कुरा


जनकपुरमा अहिले महन्थ विवादको चर्चा चुलिएको देखिन्छ । कसैले परम्पराको दुहाई दिईरहेका छन भने कसैले कानुनी प्रक्रियाको । जसले जेको दुहाई दिए पनि मुख्य गरी यो विवाद दुई माफियाको माफियागिरीको विवादको हो ।

Thursday, February 6, 2014

पैसाले थिचिएका उपेन्द्र यादव


मधेश विद्रोहवाट एक्कासी राजनिती उचाई पाएको मधेशी जनअधिकार फोरम र त्यसका अध्यक्ष उपेन्द्र यादव दुवै पतनको चरणको पुगीसकेको उनको राजनितीलाई नजिकवाट नियाल्नेहरु बताउछन । कति सम्म यदी एकिकरणको प्रक्रिया अवरुद्ध भए फोरम नेपाल विघटन हुने लगभग निश्चित रहेको उनीहरु बताउछन । पहिलो संविधानसभाको चुनावमा ५२ सिट जितेको फोरम दोस्रो संविधानसभामा प्रत्यक्ष तर्फ जम्मा २ र समानुपातिक तिर ८ गरी १० ओटा सिट हाथ पारेका छन । आखिर किन यसरी उपेन्द्र यादवले पाएको राजनितीक उचाई समाप्त हुन पुग्यो ?

Tuesday, February 4, 2014

तीनै अध्यक्षहरुको बैठक सम्पन्न


एकिकरणको प्रक्रियामा रहेका प्रमुख तीन मधेशी पार्टीहरुका अध्यक्षहरुको बैठक सोमवार भएको छ । कार्यदलले एकिकरणको खाका बुझाएपछि तीन ओटै अध्यक्षहरुको यो पहिलो संयुक्त बैठक थिए । तमलोपा अध्यक्ष महन्थ ठाकुरको सानोठिमी स्थित निवासमा सोमवार दिउसो ४ बजे देखि बेलुकी ७ बजे सम्म बैठक बसेको थियो ।

Sunday, February 2, 2014

तीनै अध्यक्षहरुको बैठक भोली बस्दै


एकिकरणको प्रक्रियामा रहेका तीन प्रमुख मधेशी पार्टीहरुको अध्यक्षको बैठक भोली बस्दै छन । केही दिन यता फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव एकिकरण प्रति असन्तुष्ट रहेको समाचार आईरहेको थियो । मधेशी पार्टीका एक शिर्ष नेताका अनुसार तमलोपा अध्यक्ष महन्थ ठाकुर हिजो शनिवार उपेन्द्र यादव संग एक्लै बैठक गरेका छन भने आज सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोसंग ठाकुरको एक्लै बैठक भईरहेको छ ।