Friday, January 31, 2014

एकिकरण प्रति उपेन्द्र यादव असन्तुष्ट


तमलोपा, फोरम नेपाल र सदभावना पार्टी विच जारी एकिकरणको प्रक्रिया प्रति फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव असन्तुष्ट देखिएको छ । गत मंगलवार सदभावना पार्टीको पार्टी कार्यलयमा भएको कार्यदल र अध्यक्षहरुको संयुक्त बैठकपछि यादव अर्को बैठकका लागी समय दिन ईन्कार गरिरहेको स्रोतको भनाई छ ।

मंगलवारको बैठकमा तीनै अध्यक्षले बनाएको कार्यदलले एकिकरणको खाका प्रस्तुत गरेका थिए । एकिकरण खाका प्रस्तुत भएलगत्तै यादवले कार्यदललाई धन्यवाद दिदै अब आफुहरु तीन जना अध्यक्षहरु छुटै बैठक गर्ने भन्दै त्याहावाट वाहिरिएका थिए । तर त्यसपछि यादवले तीन ओटै अध्यक्षहरुको बैठकका लागी समय नदिईरहेको एक नेताले दलानलाई बताए । हिजो शुक्रवार ठाकुरजी र महतोजीले बैठकका लागी पटक पटक समय माग्दा यादवले पछि गरौला भन्दै पन्छिएको ती नेताले बताए ।
 
एकिकरण प्रक्रियामा सुरु देखि संग्लन एक नेताका अनुसार यादव एकिकरण पछि बन्ने एकिकृत पार्टीमा ठाकुरलाई सर्वमान्य नेता र आफुलाई अध्यक्ष र महतोलाई सहअध्यक्ष बनाउने प्रस्तावमा सहमती नभए एकिकरणमा नजाने मनसाय बनाएको छ ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete